हेर्ने खबर/काठमान्डौ ‘वीलभयू’ फाउन्डेसनले काठमाडौंको चन्द्रागिरी नगरपालिकामा हिजो सोमबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो। ‘वीलभयू’ फाउन्डेसनले सोमबार आयोजनामा गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिकारूपमा भूतपूर्व कृषि मन्त्री माननीय केशव पोख्रेल, विशेष अतिथिहरुमा बागमती प्रदेश सांसद माननीय रमा आले मगर, माननीय यमुना श्रेष्ठ, चन्द्रागिरीनगरपालिकाका मेयर घनश्याम गिरी साथै चन्द्रागिरी नगरपालिका वडा नं ६ का अध्यक्ष सञ्जय सिग्देलको उल्लेखनिय सहभागिता रहेको थियो ।
‘वीलभयू’ फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथी माननीय केशव पोख्रेलले विगतको कार्यक्रममा आफू प्रत्यक्षरूपमा सहभागीहुन नपाएको भए पनि राष्ट्रिय सञ्चार माध्यमहरूद्वारा वीलभयूफाउण्डेसनले गर्दै आएको थुप्रै मानव हितकारी कार्यहरूको चर्चा धेरै पटक सुनेको उल्लेख गर्दै फाउन्डेसनले लिएको ‘आमाको प्रेम सारासंसारमा’ भन्ने मूल नारालाई मुक्तकण्ठले सराहना गर्नु भयो। साथै अहिलेको मानव समाज सभ्यता भौतिक विकासको मामलामा निकै फडको मारेको भएपनि सामाजिक विकासमा भने पछि परेको, भीडमा पनि एक्लिएर जीवनबाट खुसी गुमाएको अवस्था विद्यमान हुँदा फाउण्डेसनद्वारा गरिँदै आएको वृक्षारोपण लगायतका यस्ता अन्य कार्यहरू प्रत्यक्षरूपमा जीवनविकासलाई टेवा दिने, प्रकृतिसंग टाढिएको मान्छेलाई जोड्ने र एक्लो निरास जीवनमा आशा दिने कार्यअन्तर्गत पर्ने भएकाले यस खाले गतिविधिको उपादेयता अन्य कुनै कार्यक्रमहरू भन्दा अत्याधिक रहेको कुरामा जोडदिनु भयो। यस्ता सान्दर्भिक र बहुआयामिक गतिविधिहरूद्वारा विश्व मानवसमाज बचाउन सक्रिय भूमिका निर्वाहगर्दै आएको वीलभयूफाउण्डेशनलाई सधैं दत्तचित्तभई तदारुकताकासाथ र सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि गर्नुभयो।
कार्यक्रम मै बोल्दै अर्को अतिथि बागमती प्रदेश सांसद माननीय रमा आले मगरले फाउण्डेशनको कार्य अति नै प्रसंशनीय रहेको बताउँदै आफू पनि यस क्षेत्रमा अविराम लागि परेको र आफ्नो क्षेत्रबाट फाउण्डेशनलाई अनि फाउन्डेशनका आगामी कार्यलाई सदन सम्म पुर्याउने साथै फाउन्डेशनप्रती आफुले गर्नु पर्ने कार्यमा कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नुभएको थियो।
युवाशक्ती पेट पाल्न र समृद्ध भविष्य खोज्न विदेशिएको अनि बौद्धिक पलायन आकाशिएको परिप्रेक्षमा देशमै रहेर दुःखजीलो मात्र गर्ने नभएर छिमेकी, समाज र राष्ट्रको निम्ति समेत निस्वार्थ स्वयंसेवा गर्ने यूवा शक्ति वीलभयू फाउन्डेसन वास्तवमै जीवन्त संगठन रहेको भन्दै चन्द्रागिरी नगपालिकाका नगर प्रमुख घनश्याम गिरिले उच्च प्रसंसा गरेका थिए।
वीलभयूफाउण्डेशनले “वातावरण स्वच्छ भए जीवन स्वस्थ रहन्छ” भन्ने नाराका साथ विभिन्न क्याम्पेनहरू जारी गरेको छ। पृथ्वीलाई बचाउने(Saving the Earth) जीवनबचाउने (Saving Lives) र मानवता बचाउने (Saving Humanity)। क्याम्पेन जारीगरेकोले संस्थाले सधैं वातावारण संरक्षणका अभियन्ताहरू, नागरिक समाज तथा सम्बन्धित सरोकारवालाहरू सबैमा सचेत भइ सहयोग गर्न आव्हानगरेको छ।
वी लभ यू फाउण्डेशनले बिगतमा भुकम्प पिडितलाई ऊदार र राहत बितरण कोभिडको माहामारीमा जोखिम कमगराउन मास्क तथा स्यानिटाइजर बितरण गरोको छ। पिउने पानीको असुविधाले ग्रस्त विद्यालयमा सफा पानी सुविधा प्रदान गरेकोछ किशोरावस्थाका विद्यार्थीहरुमा असल चरित्र र विवेक निर्माण हुन सक्नेगरी थुप्रै विद्यालयहरुमा पुस्तकालयहरुको निर्माण गरेकोछ। त्यसैगरी रक्तआपूर्तिलाइ सहजपार्नसमय-समयमा रक्तदान अभियान सञ्चालन अनि मौसम परिवर्तनको जोखिम न्यूनीकरण गर्न वातावरण संरक्षणगरी, राष्ट्रव्यापीरूपमा सडक,पार्क तथा नदी सरसफाई क्यामपेनहरु पनि गरिरहेको छ।
वृक्षारोपण कार्यक्रममा फाउन्डेसनबाट ३०० जना उपस्थिती थिए भने स्थानिय बासिन्दा १०० जना भन्दा बढी गरी करिब ४०० जना भन्दा बढीको उल्लेखनीय सहभागिता थियो। कार्यक्रम प्रमुखअतिथी माननीय केशव पोख्रेलले विरुवारोपण शुरुगरेसंगै सुरुभएको थियो भने फाउण्डेसनका सबैसदस्यहरुले वातावरण स्वच्छ भए जीवन स्वस्थ रहन्छ” भन्ने मर्मका साथ सप्रेम ससाना विरुवाहरू रोपेर अगाडिबढेको थियो। कार्यक्रमको अन्त्यमा समयदिनुभएर सहभागी हुनुभएका प्रमुखअतिथी, अतिथीहरु प्रहरी,मिडियाकर्मी र स्वास्थ्यकर्मी ,सम्पूर्ण स्वयंमसेवकहरु, स्थानीयबासिन्दा, र स्थान उपलब्ध गराउनुहुने जन उद्धार मा. बि.परिवार सबैलाई वीलभयूफाउण्डेशनको तर्फबाट सल्लाहकार शम्भु श्रेष्ठ ज्यूले धन्यवाद दिँदै पृथ्वीलाई बचाउने(Saving the Earth) जीवनबचाउने(Saving Lives) र मानवता बचाउने (Saving Humanity) भन्ने यो हाम्रो अभियान सार्थक बनाऔं र “आमाको मनद्वारा मानव जातिको खुशीको निम्ति प्रयत्न गर्दैआएको वी लभ यू फाउण्डेशनको आगामी दिनहरुमा पनी विश्वका हरेक देशसंग सहकार्य गर्दै संसार भरिका मानिसहरु खुशी हुन सक्नेगरी आशाको पाइलालाइ निरन्तर अगि बढाउने छौ। “भन्ने उद्घोषका साथ कार्यक्रम समापन भएको थियो।