ओसाका ,जापान ।

नेपाली नयाँ वर्ष २०८० को अवसरमा ‘हाम्रो दृष्टि राम्रो दृष्टि जापान’ को आयोजनामा भोली (शुक्रवार) मिनातो कुमिन सेन्टर, बेन्तेन्चो ओसाकामा आयोजना गर्न लागीएको सांगीतिक कार्यक्रमको तयारी पुरा भएको कार्यक्रम संयोजक बिवेक कंडेलले जानकारी दिनुभयो।

चेपाङ बालबालिकाको सहयोगार्थ ओसाकामा हुने सांगीतिक कार्यक्रममा नेपाल बाट जापान आएका लोक गायक राजु परियार, गायिका शान्तिश्री परियार, गायक बिक्रम परियार र हास्यकलाकार राजाराजेन्द्र पोखरेलको विशेष प्रस्तुति रहने आयोजक संस्थाका सुशिल ज्ञवालीले जानकारी दिनु भएको छ।

नेपाली कला र संस्कृतिको संरक्षण, संवर्द्धन र विकासका लागि उक्त कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
कार्यक्रमबाट संकलित रकम मध्येवाट बचत भएको रकम शिक्षा, स्वास्थ्यको समस्या भोगिरहेका चेपाङका बालबालिकालाई सहयोग गरिने सुशिल ज्ञवालीले बताउनु भयो।
‘सामाजिक रुपान्तरणमा युवा अभियान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा जापानमा रहनुभएका सम्पुर्ण नेपाली कलाप्रेमी समुदायलाई उपस्थित भई दिनका लागि आयोजकले अपिल गरेको जनाएको छ।