कृष्ण जन्माअष्ठमिकै दिनमा तिजलाई लक्षित गर्दै राजेश बिष्टले अत्यन्तै मौलिकता रहेको सन्देशमुलक गीत “झुम्कना” बजारमा ल्याएका छन।
तिजको गीत “झुम्कना” मौलिकता झल्काउनुको साथै समाजलाई निकै सुन्दर म्यासेज दिने ज्वलन्त आवाज रहेको छ।
उक्त गीत नेपाली गीत संगीत क्षेत्रमा लामो समय योगदान दिएर आफ्नो छुट्टै पहिचान बनाएका राजेश बिष्ट र स्मृति गौतमले गाएका छन, जस्मा शब्द संगीत कुमार गन्धर्वको रहेको छ भने यो गीतको एरेन्ज भरत गुरुङले गरेका हुन।
शिशिर बुढाथोकीको निर्देशनमा बनेको यो गीतको भिडियोमा महादेव त्रिपाठी, रिचा थापा र रजनि केसी फिचर्ड छन्।
विशेस गरी हिन्दू नारीहरुको चाड तिजलाई लक्षित गर्दै सार्वजानिक गरेको यो गीताले तिजको मौलिकता झल्काउनुको साथै समाजमा मौलाउदै गरेको बिक्रितीलाई न्युनिकरण गर्ने जवलन्त सन्देश दिएको छ।
बाँकी पुरा गीत हेर्नुस्।