हेर्ने खबर/कान्साइ, जापान
यही अगस्ट महिनाको २९ तारिक सोमबार जापानमा हरितालिका तिजको अवसर पारेर स्याङ्जा समाज जापान, सिजुओका स्पोर्ट्स क्लब जापान, सिजुओका र गल्कोट समाज जापान, सिजुओकाको संयुक्त आयोजनामा “तिज धमाका २०२२ विशेष सांगीतिक कार्यक्रम” गरिने भएको छ।
कार्यक्रममा नेपाली लोकदोहोरीका लोकप्रिय कलाकारहरू पशुपति शर्मा र शर्मिला गुरुङको उपस्थिति र प्रस्तुतिमा आईसेरु २१ सिजुओकामा गर्न लागिएको सिजुओका स्पोर्ट्स क्लब जापानका अध्यक्ष कृष्ण केसीले जानकारी दिए ।
कोरोना महामारीका कारण विगत केहि वर्षदेखि सार्वजनिक रूप यस्ता सांगीतिक कार्यक्रम नभैरहेको सन्दर्भमा यस वर्षको तिजमा नेपाली विभिन्न समुदाय गर्ने कार्यक्रमले नेपालको संस्कृतिलाई प्रवासमा रहेर पनि उत्तिकै माया र आत्मसात् गर्दछन भन्ने मुख्य सन्देश दिनलाई कार्यक्रमको आयोजना गरिएको अध्यक्ष केसीले बताए ।
नेपाली कला संस्कृतिलाई बचाई राख्न यस्ता खालका कार्यक्रमले सहयोग पुर्याउने भएकोले सम्पुर्ण दिदी-बहिनीहरुलाई नेपालका ख्यातिप्राप्त कलाकारसंग रम्मको लागि उपस्थित भईदिनु हुन अनुरोध समेत गरेका छन ।सो कार्यक्रमको सह-आयोजकको रूपमा सिजुओका गाईज रहेको छ ।