हेर्ने खबर /कान्साइ, जापान
५ दिने जापान भ्रमणकालागि अगस्ट ६ तारिक जापान आइपुगेका पूर्व प्रधानमन्त्री तथा सत्तारूढ दलका नेता पुष्पकमल दाहाल प्रचण्डले जापानबासी नेपालीसँग नजिकबाट साक्षात्कार गर्न पाएकोमा आफुले खुशीको अनुभूति गरिरहेको बताएका छन ।
नेपाल फेष्टिवल फकुओका-२०२२ को उद्घाटन गर्न नारिता अन्तरराष्ट्रिय बिमानस्थलबाट सोझै फुकुओका पुगेका पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालदेखि नारिता र नारिताबाट फुकुओकासम्म लगातर यात्रा गरेर भोकभोकै भएपनि जापानमा रहेका नेपालीको अवस्था नजिकबाट नियाल्न पाउदा निद्रा र भोक पुरै हराएर खाए जस्तो खुशीको महसुश भएको बताए ।
पूर्व प्रधानमन्त्री प्रचण्ड करिब ७ घण्टाको नेपाल जापान हवाई यात्रा गरि नारिता आएर नेपाल फेष्टिवल फकुओका-२०२२ को उद्घाटन गर्न फेरि करिब २ घण्टाको हवाई यात्रामार्फत दिउसो २ बजेर ४० मिनेटमा फुकुओका पुगेका थिए ।
लामों समयसम्म जापान आउने प्रयास गर्दा गर्दै पनि विविध कारणले आउन नपाएको बताएका पूर्व प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक महत्व राख्ने नेपाल र नेपालीको पहिचान गराएर नेपालमा पर्यटन प्रवर्द्धनमा टेवा गर्दै नेपाली र जापानी समुदायस्तरको सम्बन्ध प्रगाढ बनाउन योगदान दिने फेष्टिवलको उद्घाटन गर्न पाउनु उपलब्धिपूर्ण कार्य भएको बताए ।
नेपालको अर्थतन्त्रको विकासमा गैर आवासीय नेपालीहरूले महत्वपूर्ण योगदान छ
पूर्व प्रधानमन्त्री तथा सत्तारूढ दलका नेता पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्रको विकासमा गैर आवासीय नेपालीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन ।
५ दिने जापान भ्रमणको पहिलो दिन नेपाली जनप्रगतिशील मंच कान्साइ क्षेत्रीय समितिको भेटघाट तथा डिनर कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले जापानमा रहेका करिब १ लाख नेपालीहरूले देशको अर्थतन्त्रको सुधारका निम्ति खेलेको भूमिका महत्वपूर्ण छ भन्दै यहाँ सिकेको ज्ञान, सिप र पूँजीलाई देशको विकासमा लगाउन आग्रह गरे ।
“एनआरएनएलाई नागरिकता प्रदान गरि देशभित्र पूँजी भित्र्याउन सहज हुने गरि नागरिकता विधेयकलाई अगाडि बढाइएको छ ।“ अध्यक्ष प्रचण्डले भने- समाजबादको यात्रालाई सहज ढंगले लैजान सकेऔ भने व्यापक रूपमा रोजगारी सृजना गर्न सकिने छ ।
मंसिर ४ मा तोकिएको प्रदेश र संघको निर्वाचनमा विदेशबाट नै भएपनि सक्रियतापूर्वक भूमिका निर्वाह गर्नको लागि प्रचण्डले विदेशमा नेपालीलाई आह्वान गरेका छन ।
सम्विधानको रक्षार्थ र गणतान्त्रिक पद्दतिको जित गराउनका लागि परदेशबाट पनि खट्नु आवश्यक छ
सबिधानको रक्षार्थ र गणतान्त्रिक पद्दतिको जित गराउनका लागि कसको कति सीट आयो भन्ने कुरा मुख्य नभएको र समानुपातिक पद्धतिको कार्यान्वयन हुदा सधै आफ़नो जित भएको महशुस हुने गरेको उनले बताए ।
निर्वाचनका माध्यमबाट स्थायित्व र समृद्धि ल्याउन चाहेकोले नै राष्ट्रिय एकताको लागि निर्वाचन उपयुक्त माध्यम हो माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले भने- हालको गठबन्धन कै नेतृत्वमा स्वच्छ र मर्यादित निर्वाचन बनाएर देश स्थायित्व र समाजबादको यात्रा थालनी गर्छौ ।
वामपन्थी बिचको एकताबाट मुलुकमा स्थायित्व आउछ कि भनेर प्रयोग गरिएपनि त्यो सफल नभएकोले सम्विधान र प्रणालीको रक्षाका लागि वाम-लोकतान्त्रिक गठबन्धन परिस्थितिको उपज रहेको प्रचण्डले बताए ।
विवादका बिचपनि मिल्नसक्ने संस्कृति नेपालीमा रहेकोले संविधान राष्ट्रियता र जनजीविकाका सवालमा देशका सम्पूर्ण शक्ति एक हुनुपर्ने आजको आवश्यकता भएको प्रचण्डको भनाइ रहेको छ ।
५ दिने जापान भ्रमणमा नारिता विमानस्थलमा जापानबासी नेपाली समुदायले गरेको हार्दिककता पूर्वकको स्वागतले आफूलाई उत्साहित बनाएको प्रचण्डले बताएका छन ।
विश्वमा पछिल्ला दिनमा भैरहेका घटना क्रमको प्रसंग उल्लेख गर्दै प्रचण्डले आफ़्नो जापान भ्रमणलाई विश्व समुदायले चासोका साथ हेरेको बताए ।
“जापानमा रहेका करिब १ लाख नेपालीको अवस्था र स्थितिको बारेमा नजिकबाट बुझन र अनुभूत गर्नका लागि उत्साहपूर्वक जापान आएको छु” प्रचण्डले भने- दोस्रो विश्वयुद्दबाट क्षतबिक्षत मुलुक कसरी विश्व कै तेस्रो आर्थिक रूपमा शक्तिशाली देश बन्न पुग्यो सो बारे जानकारी लिनेछु ।
नेपाल जापानको मैत्रीपूर्ण सम्बन्ध र दुई पक्षीय हितका बारेमा राजनैतिक स्तरबाट खेल्ने भूमिकाको दायरा फराकिलो बनाउन यो भ्रमण फलदायी हुने विश्वास लिदै प्रचण्डले भने- नेपालको विकासमा मुख्य सहयोगदाता जापानले अबको नेपाल निर्माण गर्नका लागि थप आर्थिक सहायतालाई बढ़ावा दिने छ ।
जापानले नेपालबाट आएका विद्यार्थीको १२० औ वर्ष प्रवेशको अवसरमा गुणात्मक विकासलाई अझ जोड दिनुपर्ने बताए ।