हेर्ने खबर/काठमान्डौ हरितालिका तिजको पुर्व सन्ध्यामा तिजलाई लक्षित गर्दै दिनहु जस्तो तिजका गीत बाजारमा आइरहेको देखिन्छ। हिजो बिहीवार बिहान “हारेको कर्म” बोलको तीज गीत सार्वजनिक भएको छ। उक्त गीत दुई दशक बढी लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय लोकदोहोरी गायिका दिलु सलामि मगरले बाजारमा ल्याएकी हुन, जस्मा शब्द सिर्जना र स्वर आफ्नै रहेको छ भने गीतको एरेन्ज दिवान किनारले गरेका हुन।
विक्रम चौहान निर्देशित गीतको भिडियोमा दिलु सलामि मगर सुस्मा अधिकारि र धन कुमारी गौचन फिचर्ड छन्।
तिजको मौलिकता हराउदै भड्काउला र उत्ताउला गीत हावी हुँदै गर्दा मौलिकता बोकेको हजारौ चेलीहरुको पिडालाई सम्योजन गरेको यो गीतमा विवाह गरेर पराइ घरमा गएकी छोरीले आफ्नै कर्मलाई दोस दिदै आमासामु पिडा पोख्दै गरेको गीतले धेरै दर्शक श्रोताको मन जित्न सफल बनेको छ।
बाँकी गीत हेर्नुस्।