हेर्ने खबर/काठमान्डौ राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले बार्षिक रुपमा आयोजना गर्दै आइरहेको राष्ट्रिय रनिङ्ग शिल्ड खुल्ला दोहोरीगीत प्रतियोगिता यस वर्ष छैठौं संस्करणको रुपमा “टुबोर्ग छैठौ राष्ट्रिय रनिङ्ग शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” यही चैत्र १६ देखि १९ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा आयोजना गरेको छ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीको आयोजनामा हुने यस प्रतियोगीतामा ७० समूह बिच प्रतिस्पर्धा रहने आयोजकले जनाएको छ । पछिल्लो समय कोरोना कहरका कारण रोकिएको यस प्रतियोगीता यस बर्ष भने आयोजना हुने र तयारी अन्तिम चरणमा पुगेको आयोजकको भनाई छ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीका अनुसार बुधबारबाट सुरु हुने दोहोरी गीत प्रतियोगीतामा देशभरबाट ७० समूह सहभागी हुनेछन् । प्रतियोगीतामा विभिन्न राष्ट्रिय कलाकारहरुको पनि सांगितिक प्रस्तुती रहनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु.२ लाख २५ हजार, प्रमाणपत्र, मेडल र शिल्ड, दोश्रो स्थान हासिल गर्नेलाई नगद रु.१ लाख ५० हजार, प्रमाणपत्र, मेडल, तेश्रो स्थान हासिल गर्नेलाई नगद रु. १ लाख नगद, प्रमाणपत्र, मेडल र सान्त्वना स्थान हासिल गर्नेलाई नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र उत्कृष्ट २ पुरुष, २ महिला साथै उत्कृष्ट भेषभूषा र अनुशासित टीमलाई रु १० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।