हेर्ने खबर/काठमाण्डौ रोल्पाको लुङ्ग्री गाउँपालिकामा नेकपा एमाले, नेपाली काग्रेस परित्याग गरी ५४ जना भन्दा बढी नेता कार्यकर्ता नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका छन् ।
पुष २९ गत्ते लुङ्ग्री गाउँपालिका वडा नं १ मा एमाले कांग्रेस परित्याग गरि माओबादी केन्द्रमा समाहित भएको लुङ्ग्री गापा स-सचीव तथा प्रबक्ता अमृत बहादुर बिष्ट आकाशले हेर्ने खबरलाइ जानकारी दिए ।

नेकपा एमालेका रिकमान रोका मगरको नेतृत्वमा ५० जनाले एमाले परित्याग गरेका हुन् भने ४ जनाले कांग्रेस परित्याग गरी ५४ जनाले माओबादी प्रवेश गरेका छन् ।

परिवर्तनको संबाहक भनेको नै माओबादी भएको भन्दै सबै माओबादी हुनु पर्ने नवप्रवेशिहरुले बताएका छन् । एमाले कांग्रेस पश्च्यगामीहरुको मतियार भएको अहिले अग्रगमणको मर्म बिपरित काम गर्दै गइरहेको भन्दै आफुहरु माओबादी रोजेको स्पष्ट पारेका छन् ।

एमाले कांग्रेस गफ मात्र गरेर जनतालाई भ्रमित गरिरहेको भन्दै सबैले बेलैमा ध्यान पुर्यानु पर्ने बताएका छन् । नेकपा माओबादी केन्द्र लुङग्री गाउँपालिका अध्यक्ष नेम बहादुर खड्का रेलको अध्यक्षतामा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा प्रदेश कमिटी सदस्य तुलारम खड्का (जीवन)को प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पार्टीका सचिव अनान, योङ्ग कम्युनिष्ट लिग नेपालका अध्यक्ष नविन, संग्रम, राकेश, जालसिं लगाएतको आतिथ्यता रहेको थियो ।

वडा नं १ अध्यक्ष अभिलासको संचालनमा सम्पन्न भएको कार्यक्रमले तिलक पुनको अध्यक्षतामा १९ सदस्यिय टोल कमिटी पनि गठन गरिएको बिष्टले बताइएका छन ।