हेर्ने खबर/काठमाडौ सिन्धुलीको गोलञ्जोर गाउपालिका ४ तीनकन्याका १८ बर्षिय डोर बहादुर खपाङ्गी मगर श्री बाल आधारभुत बिध्यालय ढुङ्रे धापचौकीमा कक्षा एकमा अध्यन गर्छन । शारीरिक बिकाश समस्याका कारण उनको उचाई निकै होचो छ ।
जिल्ला हस्पिटल सिन्धुलीको रिपोर्ट अनुसार खपाङ्गीको उचाइ ७१ सेन्टिमिटर मात्रै छ भने तौल १३ केजी रहेको बाल आधारभुत बिद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले हेर्ने खबरलाई जनाए ।
हाल बिश्वका होचा (जिवित) ब्यक्तिको लम्बियाका एडवार्ड निनो हेर्नन्डेजको उचाइ ७२.१ सेन्टिमिटर रहेको छ। यस अर्थमा पनि उनि विश्वका सबै भन्दा होचो मानिसको रुपमा अग्रपंक्तिमा रहन सक्छन । आर्थिक तथा शारिरिक समस्याका कारण पढाईमा ढिला भएको खपाङ्गीका दाई नर बहादुर खपाङ्गीले बताए ।
खपाङ्गीलाई स्कुल आउन जानको लागी कक्षा ५ मा पढ्ने ११ बर्षे आफ्नै भान्जी ओम कुमारी पुलामी मगरले बोकेर सहयोग गर्छिन।
विश्वका होचा व्यक्तिको दाबेदार खपाङ्गीको बारेमा आबस्यक पहलकदमी नहुँदा ओझेलमा परेका छन । यदि उनको नाम गिनिज बुकमा सबै भन्दा होचो मानिसको रुपमा रेकर्ड राख्न सके डोर बहादुर खपाङ्गी मगरले नेपाललाई विश्व माझ चिनाउन अर्को इतिहास रच्ने छन ।
खपाङ्गीसँग गरिएको कुराकानी हेर्नुस् ।