नेकपा (एमाले) रोल्पाका सचिव निमप्रसाद रोकाको हृदयाघातका कारण मृत्यु भएको छ ।

२३ गत्तेदेखी सुरु हुन लागेको पार्टीको अधिवेशन नुवागाउमा तय भएको थियो । अधिवेशन तयारीको प्रमुख भुकिका निर्बाह गरिरहेका रोकाको मृत्युले एमाले रोल्पा भावविह्वल एवं स्तब्ध बनेको छ ।

दिनभर अधिबेशनको तयारी गरि सचिव राेका साथीसँगै घरमा पुगेकाे पारिवारिक स्रोतले जनाएको छ । अधिवेशनको तयारीमा जुटेका रोका बेलुका स्वास्थ्यमा समस्या आएको र  उपचारका लागि नुवागाउँ स्वास्थ्य चाैकी लैजादै गर्दा बाटाेमै मृत्युु भएको हो ।

उनको शव नुवागाउँ स्वास्थ्य चाैकीमा राखिएको छ। परिवारका सदस्यको सल्लाहमा दाहसंस्कार गरिने बताइएको छ।

राेकाको निधनप्रति एमाले राेल्पाले गहिरो दुःख व्यक्त गरेको छ । त्रिबेणि गाउपालिका वडा नम्बर २ निबासी रोका पछिल्लो पुस्ताका एमाले भित्रका एक प्रभावशाली नेता मानिन्थे ।