हेर्ने खबर/काठमाण्डौ गरिव दुखीका नाममा पैसा उठाउने च्याउ सरी उम्रिएका सामाजिक अभियानताहरु आर्थिक रुपले दिनानुदिन नैतीकता नाँगिदै गएको छ । कोरोना महामारीको बेला राहतको चामल लुकाएको आरोप लागेका कथित स्वधोषित सामाजिक अभियानता हेमराज थापाले राउटे बस्तिको सहयोग हिनामिना गरेको भन्दै आलोचना भएको छ ।

अमेरिकामा बस्दै आएका हेम थापाबाट नेपालमा रहेका हेमराज थापाले १ लाख ५६ हजार लिएको तर उक्त पैसाको आजसम्म हिसाव नदिएर आर्थिक हिनामिना गरेको आरोप लागेको हो ।

राउटे बस्तीका लागि अन्य ठाउँबाट पनि धेरै पैसा उठाएको भनी हेर्ने खबरलाइ अमेरिका बस्ने समाजसेवि हेम थापाले जानकारी दिएका छन। त्यसैगरी अर्जुन भुसालले पनि पठाएको सहयोग रकमको हिसाब नदिएको आरोप उनले आरोप लगाएका छन ।

हेम थापाले चर्चित पत्रकार रबी लामिछानेलाई समेत उनको नैतिकता माथि प्रश्न गरेका छन । उनले भनेका छन, ,पर्सा जिल्लाको मौवामा बनेको स्कुलमा पाच लाख सहयोग गरेको थिए, आफुले सहयोग गरेको स्कुलमा विद्यार्थी भाई बहिनि र स्कुलमा गएर भेटघाटको लागि बारम्बार नम्बर माग्दा नम्बर दिएनन’ भन्दै गुनासो आफ्नो फेसबुक वालमा पोखेका छन।

हेम थापाले पोस्ट गरेको पोस्ट हेर्नुस् ।