देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०२६ जनाको नमूना परीक्षणमा ३ सय ९० जनामा कोरोना संक्रमण देखिएको हो ।

पीसीआर विधिबाट ३७१ र एन्टिजेन विधिबाट १९ जनामा संक्रमण देखिएको छ । सोहि अवधिमा कूल दुई हजार ६०६ जनाको पीसीआर र २ हजार ४२० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

पछील्लो २४ घण्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ भने ४ सय २५ जना संक्रमणमुक्त भएका छन् ।
हाल कोरोना सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय ५४ रहेको छ ।