हेर्ने खबर/काठमाण्डौ । आर्थिक अभावका कारण रोल्पाको लुङ्ग्री गाउपालिका ६ निवासी हाल दाङ बस्दै आएकी ब्रेन ट्युमर पीडित बिसु रोका बुढाथोकीलाई देश, बिदेशबाट आफन्तिले दुई लाख एकचालिस हजार पाच सय पैतालिस सहयोग गरेका छन ।

उक्त सहयोग रकम लुङ्ग्री गाउपालिका ६ का डिबी बुढाथोकी र भिम लिम्बुद्वारा पिडितका आफन्तलाई हस्ताण्तरण गरेका छन ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसकेको जानकारी पाएपछि अन्तराष्ट्रिय रोल्पाली सेवा समाज साउदी शाखाका अध्यक्ष नरेन्द्र जिसी, साउदी शाखाकै जुवेल क्षेत्रिय कमिटिका महासचिव रेग बहादुर बुढाथोकी, कतारबाट जलजला सेवा समाजका निवर्तमान अध्यक्ष, बर्तमान सल्लाहकार रोल्पा लुङ्ग्री ६ का शिव बहादुर बुढाथोकी, मलेसियाबाट चोन बहादुर बुढाथोकीको पहलमा सहयोग रकम संकलन भएको थियो । साथै रोल्पा लुङ्ग्री गाउपालिकाका युवाहरुले व्यक्तिगत रुपमा पनि सहयोग पठाएका थिए ।

बिगत चार महिना देखी ब्रेन ट्युमर पीडित अहिले पोखराको फेवा सिटी हस्पिटलमा अप्रेसन भए पनि उपचारको लागि अझै केही रकम लाग्ने पिडितका श्रीमान चुम बहादुर बुढाथोकीले बताए ।