हेर्ने खबर काठमाण्डौ । रोल्पा लुङ्ग्री गाउपालिका ६ उपल्लो गुम्चालमा रहेको नेपाल टेलिकमको टावरमा समस्या आएपछि सेवाग्राहीहरु प्रभावित भएका छन । बिगत पाँच दिन देखि टावरमा समस्या हुँदापनि संबन्धित निकायले उदासीनता देखाउदा स्थानीय बासिन्दाहरु आक्रोसित भएका छन ।
नेपाल टेलिकमको कार्यालय रोल्पामा बारम्बार सम्पर्क गर्दा फोन नउठेको स्थानिय लोकेन्द्र बुढाथोकीले बताए । यसरि नेपाल टेलिकमको केन्द्रिय कार्यालय काठमाण्डौमा संपर्क गर्दा पनि समस्या समाधान नभएको बुढाथोकीले जनाएका छन ।
स्थानिय बासी संचारबाट पूर्णरुपमा बञ्चित हुँदा वडा कार्यालय समेत गैरजिम्मेवार बनेको भन्दै स्थानीयले तिब्र असन्तुष्टि पोख्न थालेका छन। नेपाल टेलिकम जस्तो जिम्मेवार संस्थाले यस्तो हर्कत देखाउदा स्थानीयतहले कानमा तेलहालेर बसेको भन्दै स्थानीय सरकार प्रति आलोचना बढेको छ ।
गुम्चाल गाउको भिडियो हेर्नुस् ।