१७ जेठ, काठमाडौँ । नेकपा एमालेबाट निकालिएका माधवकुमार नेपालले अझै एमालेमै बस्न पाए हुन्थ्यो भन्ने आशा व्यक्त गर्नुभएको छ ।
आइतबार भर्चुवल माध्यमबाट भएको गुट निकटका अनेरास्ववियूका नेताहरूसँगको छलफलमा नेपालले यस्तो रहर व्यक्त गर्नुभएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार नेपालले आफूलाई एमाले छाड्न मन नलागेको तर आफूसहित विवाद समाधान कार्यदलका आफू निकटका संयोजक डा भीमबहादुर रावललाई कारबाही गरेकाले अफ्ठेरो भएको बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति सम्भावना कम रहेको भन्दै उहाँले पाएसम्म एमालेमै रहन पाए हुन्थ्यो भन्ने आशय व्यक्त गर्नुभएको थियो ।

नेता नेपाललले मदन भण्डारीले समेत फरक मतलाई सम्बोधन गरेर पार्टी बस्न दिएको भन्दै आफूहरूले पनि अझै एमालेमै बस्न पाउँदा राम्रो हुने बताउनुभएको थियो । सो छलफलमा सहभागी तत्कालीन एमालेको मोर्चा संगठनका प्रमुख एवं पूर्व मन्त्री गोकर्ण विष्टलाई ओलीसँग कुरा मिलाउन अनुरोध गर्नुभयो ।

बैठकमा सहभागी ती नेताका अनुसार एमालेमा माधव नेपालहरूले ठाउँ पाउने कि नपाउने भन्नेबारेमा ओलीसँग छलफल गरेर निर्णय गर्ने जिम्मा विष्टले पाउनुभएको छ । नेपालले एमालेमा बस्ने ठाउँ नपाए नयाँ पार्टी गठन गर्ने आशय पनि व्यक्त गरेको ती नेताले बताए ।

पार्टी भित्र बिसेर अनैतिक काम गरेपछि नेपालसहितका ११ नेता साधारण सदस्य समेत नरहनेगरी कारबही परेका थिए । नेपालले एमोलेको आधाकारिक उम्मेदवारलाई चुनाव हराउन, एमालेकै सरकार ढालेर शेरबहदुर देउवालाई प्रधानमन्त्री बनाउने नाममा पार्टीका अन्य सांसदको हस्ताक्षर समेत विक्री गरेपछि कारबाही भएको थियो । दैनिकी डटकमबाट सभार ।