ASEZ WAO कलंकी शाखाद्वारा सितापाइलामा जुन ५ तारिख शुक्रबार विश्व बातावरण दिवसको दिन वातावरण संरक्षण सम्बन्धि कार्यक्रम भव्यरुपले सम्पन्न गरेको हो।

हरेक बर्ष जुन ५ तारिख मानिने विश्व वातावरण दिवस काठमाण्डौको सितापाइलामा ASEZ WAO ले आयोजना गरेको उक्त कार्यक्रम, पुर्व स्वास्थ तथा जनसंख्या मन्त्रि मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। ASEZ WAO द्वारा आयोजना गरियको उक्त कार्यक्रममा, राजनीतिज्ञ देखि विभिन्न संघ संस्थाबाट वुद्धिजीवी, प्राध्यापक अभिवक्ता साथै विभिन्न अद्योगी व्यावसायी र ASEZ WAO का सदस्य गरि १२० जनाको उपस्थिति रहेको थियो।


ASEZ WAO द्वारा विश्व वातावरण संरक्षण, प्लास्टिक मुक्त संसार, तथा वातावरणिय सचेतना अभिवृद्धि गर्ने उदेश्यले ASEZ WAO वातावरण अभियानको एक सचेतनामुलक कार्यक्रम संचालन गरेको थियो, अत्यन्तै चेतनामुलक उक्त कार्यक्रममा आजभोलि मुख्य चुनौतिको रुपमा रहेको प्लास्टिक प्रदुषण र यसको न्यूनीकरणका उपायबारे अभिमुखीकरण थियो भने बातावरण सम्बन्धि विभिन्न साँगेतिक प्रस्तुति रहेको थियो।

उक्त जनचेतनामुलक वातावरणिय सचेतना अभिवृद्धि गर्ने कार्यक्रमबाट प्रभावित भएका विशिष्ठ अतिथि जयराम लामिछानेले वातावरण सम्बन्धि चेतालामुलक उक्त कार्यक्रम अत्यन्तै उदाहरणिय रहेको र हाम्रो देशमा कार्वन उत्सर्जन प्लास्टिक मुक्त गर्न पर्छ भन्ने चेतना देशव्यापी फैलाउन योगदान पुर्याउने ASEZ WAO का सदस्यहरुलाई शुभकामना दिदै आफ्नो व्यक्तिगत एक्यबध्यता जाहेर सम्म गर्नु भएको थियो भने प्रमुख अतिथि मोहन बहादुर बस्नेतले आफु समाज परिवर्तनको पक्षमा सधै असल उदाहरणिय कार्य गर्ने ASEZ WAO का युवाहरुको साथ दिने कुरा जाहेर गर्दै, ASEZ WAO ले प्लास्टिक मुक्त २०४० च्यालेञ्ज राखेको योजना असम्भव जस्तो देखियता पनि यो हामि सबै एकसाथ कार्वान्यान गरे सम्भव छ, म सधै यहाहरुको सत्कर्मको साथ रहनेछु भन्दै आफ्नो एक्यबद्धता जाहेर गर्नु भएको हो।

को हुन् ASEZWAO स्वयंसेवक सदस्यहरु? कतिसंख्यामा छन् र ASEZWAO को उदेश्य के हो
कार्यक्रमका संयोजक महर्जन भन्छन, ASEZWAO परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवा स्वयंसेवक समूह हो। ASEZ को अर्थ Save The Earth From A to Z हो भने WAO को अर्थ We Are One family हो। अर्थात् हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं भन्ने अर्थ र संकल्प रहेको छ। उनि भन्छन ASEZWAO १७५ वटा देशमा ७५०० क्षेत्रहरूमा सक्रिय भएर आमाको मनद्वारा निस्वार्थ मनद्वारा कार्य गरिरहेको छ। ASEZWAO का गतिविधि र कार्यहरूको कदर स्वरुप अमेरिकाबाट अमेरिकी राष्ट्रपतिय स्वयंसेवा पुरस्कार, पेरुबाट राष्ट्रिय सभाबाट अध्यक्षबाट मान्यता प्रमाणपत्र, पेरुको गभर्नरबाट सम्मान पदक, Green World Award, Green Apple Award गरेर करिब ७०० भन्दा बढी एवार्डहरु ASEZWAO ले हासिल गरिसकेको छ।
नेपालबाट पनि विभिन्न स्वयंसेवा गतिविधि गरे अनुरुप, विभिन्न सरकारी गैरसरकारी निकायहरूद्वारा कदर स्वरूप, प्रशंसापत्रहरू निरन्तर हासिल गरेको छ भने
ASEZWAO जागिरे युवाहरु पृथ्वीलाई बचाउने अभियानमा लागि परेका छन्, नेपालबाट पनि ASEZWAO का गतिविधिहरू एकदम सक्रिय भएर ठाउँठाउँमा पूर्वदेखि पश्चिमसम्म, हिमालदेखि तराईसम्म सबै क्षेत्रहरूमा अगाडि बढ्दैछ। कार्वन उत्सर्जनले निम्त्याएका विभिन्न समस्याहरू, जलवायु परिवर्तन, ओजन तह पातलिदै गएका,महामारी, भोकमरी, बाढि, पहिरो, हिमशृङ्खलाहरू पग्लने, अतिवृष्टि, खडेरी, मौसम परिवर्तन जस्ता विभिन्न प्रकोपहरू पृथ्वीले भोगिरहनु परेको छ। विकास सँगसँगै विनाश नजिक आइरहेको छ। समस्या हामी मानिसबाट नै आएको हो। समाधान पनि हामी मानिसबाट नै खोज्नुपर्छ वातावरण संरक्षणमा, दिलो ज्यान लागिपर्ने ASEZWAO ले कार्बो न्यूनीकरण गर्नको निम्ति थुप्रै अभियानहरू चलाइरहेका छ भन्दै निम्न प्रकारका अभियान जानकारीसमेत गराएका थिए, Green work place, Mothers forest, No more GPGP, Green Earth र Blue Ocean
जस्ता अभियानहरू निरन्तर गर्दै पृथ्वीलाई संरक्षण गर्न योगदान पुर्याएको र भोलि अर्थात २०२६ जनवरी १ तारिखदेखि मार्च ३१ तारिखसम्म Green Workplace अभियान जारी हुने कुरा पनि जानकारी दिएका थिए।