२०८३ मङ्सिर ४ गते बिहिवार
  • राजनीति
  • समाज
  • विचार
  • खोज खबर
  • अर्थ वाणीज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • थप अरु
    अन्तर्वार्ताशिक्षास्वास्थ्यकृषिसूचना-प्रविधिपत्रपत्रिकारोचक

रोल्पाको त्रिबेणी गाउँपालिकामा अनियमितता भएको सोही पालिका वडाध्यक्षको गम्भीर खुलासा।

डिबी बुढाथोकी

हेर्ने खबर/रोल्पा रोल्पा त्रिवेणी गाउँपालिकामा योजना कार्यन्वयन बिषयलाई लिएर जनप्रतिनिधिहरु बिचमा बिबाद सिर्जना भएको छ। वडा नं. ७ का वडाध्यक्ष भान बहादुर घर्ति मगरले गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठामगर र प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराईले पुर्बाग्राही साँधेर ७ नम्बर वडाका योजना कार्यान्वयनमा प्रभाबित भएको आरोप लगाएका छन।

नेकपा एमालेको प्रतिनिधिबाट वडाध्यक्षमा बिजय भएका घर्ति मगरले आफ्नो फेसबुक वालमा लेख्छन, कामै नगरी तलब भत्ता खान पाउनुपर्छ, भनसुनले खाएको जागिर जोगाईराख्नु पर्छ, भन्ने मानसिकताले ७ न. वडालाई वेवास्ता गरेको गम्भीर आरोप लगाएका छन।

वडाध्यक्षले प्राविधिकहरु प्रति ध्यानाकर्षण भएको जनाउदै भनेका छन् ‘प्राविधिकले जनताको काममा भन्दा सेवा सुबिधाको बार्गनिङ गर्दै राजिनामा नाटक गरेको भन्ने सुन्नमा आयो तर हिजोको मिटिङमा मैले कुरो राख्दासम्म अध्यक्ष बोलेनन हाकिम बोलेनन। मिटिङ पछाडि प्राबिधिकको टोलि अध्यक्षको कार्यक्षमा गएर मेरो विरुद्धमा गलत आरोप लगाएको भन्ने कुराले मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

भनसुनले खाएको करारको जागिर जाला भन्ने डरले हतार हतार राजिनामा फिर्ता ल्याएर अब ७ न. बाहेकको काम गर्छौ भन्नू कति निच सोच छ, उनले थप आरोप लगाएका छन्।

करारको जागिर खाने अनि करारको प्राबिधिक भन्न नपाइने ड्राइभरको जागिर खाने ड्राइभर भन्न नपाइने कस्तो बिडम्बना हो यो? उनले प्रश्न गरेका छन।

वडाध्यक्ष घर्तिको कारण पालिकामा हुने अनियमितता गर्न नपाएको भन्ने लजास्पद भएको उनको दावी रहेको छ। यसरी उनको भनाईलाई हेर्दा पालिकामा सेटिंग मै अनियमितता हुनेगरेको बुझिएको छ।

पालिकामा हुनेगरेको अनियमितताको प्रमाण आफुसंग भएको समेत वडाध्यक्ष घर्तिले दावी गर्दै आग्रह-पुर्बाहग्रहद्वारा योजना कार्यन्वयन नहुने हो भने अब ७ नम्बर बासि जनताले त्यसको जबाफ दिने चेतावनी दिएका छन।

रोल्पाको त्रिबेणी गाउँपालिकामा नेकपा एमालेको प्रतिनिधिबाट अध्यक्ष कर्ण बहादुर बाँठा निर्बाचित भएका थिए। आफ्नै पार्टीबाट निर्बाचित जनप्रतिनिधिहरुको जुहारी चलिरहेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
क्यान्सर पीडित बुद्धलालको उपचारमा कांग्रेसका पालिका उपसभापति बिष्टको सहयोग, अरूलाई पनि मानवीय अपिल।
इनम प्रकरणबारे छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक राख्न विपक्षीको माग।
Hem Thatal
श्रीमतीसँगका भ्लगबाट चिनिएका हेम ठटालले ‘द भ्वाइस अफ नेपाल’ मा मच्चाए धमाका।
ताजा खबर
१
समाजमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाइ ‘गुराँस फाउन्डेसनद्वारा बृहत सम्मान कार्यक्रम–२०८३’।
२
क्यान्सर पीडित बुद्धलालको उपचारमा कांग्रेसका पालिका उपसभापति बिष्टको सहयोग, अरूलाई पनि मानवीय अपिल।
३
इनम प्रकरणबारे छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक राख्न विपक्षीको माग।
४
श्रीमतीसँगका भ्लगबाट चिनिएका हेम ठटालले ‘द भ्वाइस अफ नेपाल’ मा मच्चाए धमाका।
५
राज्यका प्रमुख संरचनामा पुनर्संरचना नगरेसम्म देश अघि बढ्दैन : रवि किरण हमाल
  • हेर्ने खबर मिडिया हाउस प्राली
  • नागार्जुन १0 काठमाडौ, नेपाल
  • +९७७९८४३६९५६१५
  • hernekhabar@gmail.com
  • सूचना विभाग दर्ता नम्बर : ३०३२/०७८-०७९

संचालक : डीबी बुढाथोकी

सम्पादक : अनिता कुमारी घर्ती मगर

  • सम्पूर्ण टिम
  • हाम्रो बारेमा

copyright © hernekhabar.com, All Rights Reserved.

Powered By : TopLine Technology