हेर्ने खबर/काठमाण्डौ ASEZWAO टोखा शाखाद्वारा ९१४६ औं वातावरण सरसफाई अभियान भव्यताका साथ् सम्पन्न गरेको छ।
आज बुधवार बिहान टोखा नगरपालिका वडा नम्बर ३ ढलमल चोकदेखि इन्द्रेणी पुल चोकसम्म ASEZWAO टोखा शाखाले ९१४६ औं वातावरण सरसफाई अभियान, Green Earth कार्यक्रम सम्पन्न गरेको हो। ASEZWAO टोखा शाखाले ढलमल क्षेत्रदेखि इन्द्रेणी पुलसम्म, वरिपरि सबै क्षेत्रहरूमा प्लास्टिक मुक्त बनाएको छ। ASEZWAO टोखा शाखाद्वारा आयोजना गरेको सरसफाई कार्यक्रम देखेर वरपरका छिमेकहरूले प्रशंसा गर्दै, यस्तो अभियान गर्नुभएका ASEZWAO प्रति कृतज्ञता र धन्यवाद व्यक्त गरेका थिए।
टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि टोखा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रमेश डंगोल, ढलमल टोल सुधारका अध्यक्ष विष्णुलाल श्रेष्ठ साथै गोङ्गबु प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक एकराज खड्का लगायत गण्डकी समाजका अध्यक्ष डाक्टर काजीराम पाण्डे, ढलमल टोल सुधारका सदस्य जगत नारायण श्रेष्ठ र अन्य विभिन्न क्षेत्रबाट अतिथिहरू, छिमेकीजन, ASEZWAO टिमका युवाहरू र परमेश्वरको मण्डलीका सदस्यहरू गरेर करिब १०० जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको कार्यक्रम सन्चालन ASEZWAO का सदस्य रबिन श्रेष्ठले गरेका थिए।

कार्यक्रमका संयोजक जय महर्जन ज्यूले ASEWAO को छोटो परिचय दिदै ASEZWAO ले मानवताको निम्ति गरिने अभियान र पृथ्वीको निम्ति गरिने अभियानको विषयमा जानकारी दिनु हुदै ASEZWAO ले स्वयंसेवा गरेबापत, कदर स्वरूप प्राप्त भएका अवार्डहरूको बिषयमा र नेपालमा भएका गतिविधिहरू संक्षिप्तमा जानकारी दिनुभयो।
महर्जनले ASEZWAO ले गरेका गतिविधिहरुमध्ये सडक सरसफाई गतिविधि, खोलानाला किनार सरसफाई गतिविधि, पार्क सरसफाई,आमाको बगैँचा वृक्षारोपण गतिविधि, छिमेकी सहजपुल निर्माण कार्य, जेन्जीद्वारा बिग्रेका संरचनाहरूलाई पुनस्थापन गर्न रङ्गरोधन गतिविधि, प्रहरी निकायहरूमा मेलमिलाप चौतारी निर्माण , वातावरण सचेतना जगाउने गोष्ठी र कन्सर्टहरूको आयोजना भएको विषयमा जानकारी दिनु हुदै ASEZWAO का युवालाई हौसला प्रोत्साहन प्रदान गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि उपमेयर तामाङले आफ्नो मन्तव्यमा, “हामी ASEZWAO लाई पूर्ण समर्थन गर्दछौँ। हजुरको हरेक गतिविधिमा हामी साथ दिनेछौँ। यहाँहरूको कार्य साँच्चै प्रशंसनीय छ भन्दै ASEZWAO लाई साथ सपोर्ट गर्ने बताउनु भएको थियो भने विशिष्ट अतिथि टोखा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रमेश डंगोलले पनि खुसी हुदै सरसफाई कार्यक्रमप्रति कृतज्ञ र धन्यवाद व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा सहभागी भएका सबै युवाहरूलाई वडा नम्बर ३ बाट गर्न सक्ने सबै सहयोग गर्नेछौँ भन्दै प्रतिबद्धता जाहेर गर्नु भएको थियो। विगतको विभिन्न गतिविधिहरू हुँदा उपस्थित हुन नसकेको र समर्थन गर्न सकेको समयहरूप्रति क्षमायाचना व्यक्त गर्नु हुदै आगामी समयदेखि ASEZWAO को हरेक गतिविधिमा पूर्ण सम्मत हुनेछु, आजको यो कार्यक्रम साँच्चै जनचेतनामूलक कार्यक्रम अनि सरसफाई गतिविधि रहेको छ, स्वच्छ टोखा बनाउनको निम्ति यहाँहरुले गर्नुभएको प्रयत्नलाई वडा अध्यक्षको हैसियतले म कृतज्ञता र प्रशंसा गर्दछु” भन्दै साथ र समर्थन दिएका थिए।

उक्त कार्यक्रममा उपस्थित सबैजनाले दिगो बिकासको लक्ष्य प्राप्तिको निम्ति UN SDGs समर्थन हस्ताक्षरमा खुशी हुदै हस्ताक्षर गर्दै, सहमति जनाएका थिए।

ASEZWAO टोखा शाखाद्वारा आयोजना गरेको सरसफाई कार्यक्रमको उच्च प्रशंसा गर्दै उपमेयरबाट ASEZWAO लाई कदर स्वरूप प्रशंसापत्र पनि प्रदान गरिएको थियो भने वडा अध्यक्षले वडाकै सभामा आमन्त्रण गरेर प्रशंसापत्र दिने प्रतिबद्धता जाहेर गर्नु भएको हो।

को हुन् ASEZWAO स्वयंसेवक सदस्यहरु? कतिसंख्यामा छन् र ASEZWAO को उदेश्य के हो
कार्यक्रमका संयोजक महर्जन भन्छन, ASEZWAO परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवा स्वयंसेवक समूह हो। ASEZ को अर्थ Save The Earth From A to Z हो भने WAO को अर्थ We Are One family हो। अर्थात् हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं भन्ने अर्थ र संकल्प रहेको छ। उनि भन्छन ASEZWAO १७५ वटा देशमा ७५०० क्षेत्रहरूमा सक्रिय भएर आमाको मनद्वारा निस्वार्थ मनद्वारा कार्य गरिरहेको छ। ASEZWAO का गतिविधि र कार्यहरूको कदर स्वरुप अमेरिकाबाट अमेरिकी राष्ट्रपतिय स्वयंसेवा पुरस्कार, पेरुबाट राष्ट्रिय सभाबाट अध्यक्षबाट मान्यता प्रमाणपत्र, पेरुको गभर्नरबाट सम्मान पदक, Green World Award, Green Apple Award गरेर करिब ७०० भन्दा बढी एवार्डहरु ASEZWAO ले हासिल गरिसकेको छ।
नेपालबाट पनि विभिन्न स्वयंसेवा गतिविधि गरे अनुरुप, विभिन्न सरकारी गैरसरकारी निकायहरूद्वारा कदर स्वरूप, प्रशंसापत्रहरू निरन्तर हासिल गरेको छ भने
ASEZWAO जागिरे युवाहरु पृथ्वीलाई बचाउने अभियानमा लागि परेका छन्, नेपालबाट पनि ASEZWAO का गतिविधिहरू एकदम सक्रिय भएर ठाउँठाउँमा पूर्वदेखि पश्चिमसम्म, हिमालदेखि तराईसम्म सबै क्षेत्रहरूमा अगाडि बढ्दैछ। कार्वन उत्सर्जनले निम्त्याएका विभिन्न समस्याहरू, जलवायु परिवर्तन, ओजन तह पातलिदै गएका,महामारी, भोकमरी, बाढि, पहिरो, हिमशृङ्खलाहरू पग्लने, अतिवृष्टि, खडेरी, मौसम परिवर्तन जस्ता विभिन्न प्रकोपहरू पृथ्वीले भोगिरहनु परेको छ। विकास सँगसँगै विनाश नजिक आइरहेको छ। समस्या हामी मानिसबाट नै आएको हो। समाधान पनि हामी मानिसबाट नै खोज्नुपर्छ वातावरण संरक्षणमा, दिलो ज्यान लागिपर्ने ASEZWAO ले कार्बो न्यूनीकरण गर्नको निम्ति थुप्रै अभियानहरू चलाइरहेका छ भन्दै निम्न प्रकारका अभियान जानकारीसमेत गराएका थिए, Green work place, Mothers forest, No more GPGP, Green Earth र Blue Ocean
जस्ता अभियानहरू निरन्तर गर्दै पृथ्वीलाई संरक्षण गर्न योगदान पुर्याएको र भोलि अर्थात २०२६ जनवरी १ तारिखदेखि मार्च ३१ तारिखसम्म Green Workplace अभियान जारी हुने कुरा पनि जानकारी दिएका थिए।