हेर्ने खबर/काठमाण्डौ रोल्पाली सुल्पा ग्रुपमा लाटाको अभिनयमा देखिने घोपाङ नामले चिनिएका, नन्दविर घर्ति मगरलाई धेरैले चिन्छन, जसरि उनि कलाकारको रंगमंचमा देखिन्छन र चिनिन्छन त्यो भन्दा उनको जीवनी भने फरक देखियो,
नन्दविर उर्फ घोपाङ दिनभरि खुला आकाश मुनि पठाओ इनड्राइभ चलाउछन भने, सारा सहर आराम गर्ने रातमा गाउबेसि दोहोरि साझमा गाउदै आफ्नो गुजारा चलाउदै आएका छन्।
सपनाको महल सजाउन रोल्पाको त्रिवेणी-१ करेटिबाट, काठमाण्डौको सहर, आएका उनको लागि, फलामको चिउरा चपाए भन्दा कठिन बनेको छ।
नन्दविरसंग कला गला नभएरै हैन, उनले नेपालकै चर्चित लाइभ दोहोरी गाइने ठाउ इन्द्रेणी, सारंगी संसारसम्म पुगेर, कृष्ण गन्धर्वको रेलको ढोका बन्द, रबिन्द्र सुनारको, चिठ्ठी लेखि लाको माया टेलिफ़ोनले छुट्यो, जस्ता विभिन्न एकल गित, साथै थुप्रै दोहोरि गित गाएर, धेरैको मन जिते, तर आफ्नो लक्षको गन्तव्यमा पुन सकेनन, दिनहु घाम पानि हुरी बतास नभनी उनको दैनिको सडक गल्लीमा बित्छन भने, काठमाण्डौको सहर आराम गर्ने बेला रातमा, घाटि दुखुन्जेल दोहोरि साझमा गाउदै दर्शकहरुको मन रिझाउछन।
काठमाण्डौको अनामनगरमा, पठाओ चलाउदै गर्दा, नन्दविर घर्तिमगर घोपाङलाइ, प्युठानका मनोहर भण्डारीले भेटेका हुन्, इन्द्रेणीमा देखेका घोपाङलाइ भेटेपछि भण्डारीले आफ्नो अफिसमा गएर, एउटा अन्तर्वार्ता गरौ भनेको दृश्य देख्न सकिन्छ, यो दृश्यको संवादमा मनै रुवाउने कुरा देख्न सकिन्छ, क्षमता हुदापनि मान्छेले कतिसम्म मेहनत र संघर्ष गर्नु पर्दोरहेछ भन्ने कुरा ज्वलन्त उदाहरण स्वरुप देख्न सकिन्छ।