२०८३ भाद्र २१ गते आइतवार
  • राजनीति
  • समाज
  • विचार
  • खोज खबर
  • अर्थ वाणीज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • थप अरु
    अन्तर्वार्ताशिक्षास्वास्थ्यकृषिसूचना-प्रविधिपत्रपत्रिकारोचक

रोल्पाको त्रिबेणी गाउँपालिकामा अनियमितता भएको सोही पालिका वडाध्यक्षको गम्भीर खुलासा।

डिबी बुढाथोकी

हेर्ने खबर/रोल्पा रोल्पा त्रिवेणी गाउँपालिकामा योजना कार्यन्वयन बिषयलाई लिएर जनप्रतिनिधिहरु बिचमा बिबाद सिर्जना भएको छ। वडा नं. ७ का वडाध्यक्ष भान बहादुर घर्ति मगरले गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठामगर र प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराईले पुर्बाग्राही साँधेर ७ नम्बर वडाका योजना कार्यान्वयनमा प्रभाबित भएको आरोप लगाएका छन।

नेकपा एमालेको प्रतिनिधिबाट वडाध्यक्षमा बिजय भएका घर्ति मगरले आफ्नो फेसबुक वालमा लेख्छन, कामै नगरी तलब भत्ता खान पाउनुपर्छ, भनसुनले खाएको जागिर जोगाईराख्नु पर्छ, भन्ने मानसिकताले ७ न. वडालाई वेवास्ता गरेको गम्भीर आरोप लगाएका छन।

वडाध्यक्षले प्राविधिकहरु प्रति ध्यानाकर्षण भएको जनाउदै भनेका छन् ‘प्राविधिकले जनताको काममा भन्दा सेवा सुबिधाको बार्गनिङ गर्दै राजिनामा नाटक गरेको भन्ने सुन्नमा आयो तर हिजोको मिटिङमा मैले कुरो राख्दासम्म अध्यक्ष बोलेनन हाकिम बोलेनन। मिटिङ पछाडि प्राबिधिकको टोलि अध्यक्षको कार्यक्षमा गएर मेरो विरुद्धमा गलत आरोप लगाएको भन्ने कुराले मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

भनसुनले खाएको करारको जागिर जाला भन्ने डरले हतार हतार राजिनामा फिर्ता ल्याएर अब ७ न. बाहेकको काम गर्छौ भन्नू कति निच सोच छ, उनले थप आरोप लगाएका छन्।

करारको जागिर खाने अनि करारको प्राबिधिक भन्न नपाइने ड्राइभरको जागिर खाने ड्राइभर भन्न नपाइने कस्तो बिडम्बना हो यो? उनले प्रश्न गरेका छन।

वडाध्यक्ष घर्तिको कारण पालिकामा हुने अनियमितता गर्न नपाएको भन्ने लजास्पद भएको उनको दावी रहेको छ। यसरी उनको भनाईलाई हेर्दा पालिकामा सेटिंग मै अनियमितता हुनेगरेको बुझिएको छ।

पालिकामा हुनेगरेको अनियमितताको प्रमाण आफुसंग भएको समेत वडाध्यक्ष घर्तिले दावी गर्दै आग्रह-पुर्बाहग्रहद्वारा योजना कार्यन्वयन नहुने हो भने अब ७ नम्बर बासि जनताले त्यसको जबाफ दिने चेतावनी दिएका छन।

रोल्पाको त्रिबेणी गाउँपालिकामा नेकपा एमालेको प्रतिनिधिबाट अध्यक्ष कर्ण बहादुर बाँठा निर्बाचित भएका थिए। आफ्नै पार्टीबाट निर्बाचित जनप्रतिनिधिहरुको जुहारी चलिरहेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हिजो बाटो र होटलसम्म खाली बोतल खोज्दै हिँड्ने बसन्ता आज कसरि बनिन करोडौँको व्यवसायी?
हेटौंडाको बस्तीपुरमा परमेश्वरको मण्डलीद्वारा पच्चिस सय बिरुवाको वृक्षारोपण सम्पन्न।
रोल्पामा नेपाली कम्युनिष्ट पार्टी परित्याग गरि दर्जनौ कार्यकर्ता एमालेमा प्रवेश, गोकुल घर्तीले गरे बृहत स्वागत।
ताजा खबर
१
बाढीपीडितलाई मिनाम लाङ्घाली रेवस् मगर भेजा समाजद्वारा १ लाख सहयोग।
२
विपदको बेला, पिडितको सारथि बन्दै “वीलभयू”ले फेरी गर्यो बृहत रक्तदान।
३
हिजो बाटो र होटलसम्म खाली बोतल खोज्दै हिँड्ने बसन्ता आज कसरि बनिन करोडौँको व्यवसायी?
४
देशमा विपद पर्दा, वी लभ यू फाउन्डेसनका १३५ सदस्यले गरे बृहत रक्तदान।
५
नेपालगन्जमा “वी लभ यू फाउन्डेसन”द्वारा बृहत रक्तदान सम्पन्न।
  • हेर्ने खबर मिडिया हाउस प्राली
  • नागार्जुन १0 काठमाडौ, नेपाल
  • +९७७९८४३६९५६१५
  • hernekhabar@gmail.com
  • सूचना विभाग दर्ता नम्बर : ३०३२/०७८-०७९

संचालक : डीबी बुढाथोकी

सम्पादक : अनिता कुमारी घर्ती मगर

  • सम्पूर्ण टिम
  • हाम्रो बारेमा

copyright © hernekhabar.com, All Rights Reserved.

Powered By : TopLine Technology