हेर्ने खबर/काठमान्डौ गत सोमबार बिहान ११ बजे फेब्रुअरी १० तारिखका दिन बागमती प्रदेश भक्तपुरस्थित चाँगुनारायणको दुवाकोटमा रहेको बैंक्वेट पार्टी प्यालेस हलमा एकाएक करीब २५० जना मानिसहरू भेला भएका थिए। ती मानिसहरू विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनको ‘विश्वव्यापी रक्तदान अभियान’मा सहभागी हुन आएका रहेछन। भक्तपुर र काठमाडौं गरी विभिन्न ठाउँबाट आएका वीलभयूका सदस्यहरू, उनीहरूको परिवारहरू र छिमेकीहरू रहेको संस्थाका एक सद्स्यले जानकारी दिए।

वीलभयू संस्था नेपालका अध्यक्षले भने, “अहिलेसम्म जोखिममा परेको जीवन बचाउने सबैभन्दा सुरक्षित तरिका भनेको नै रक्तदान हो। जीवनको कदर गर्दै यो कार्यलाई व्यवहारमा लागू गर्न सदस्यहरू एउटै चित्तका भएर सहभागी भएका छन्। यसले खाँचोमा परेका छिमेकीहरूलाई सहयोग पुऱ्याउनेछ भन्ने आशा गर्दछौं।”

नेपाल रेडक्रस भक्तपुर शाखाले प्राविधिक सहयोग तथा चाँगुनारायण नगर पालिका वडा नं २ ले रक्तदान स्थल र रक्तदाताहरूका लागि खाजाको प्रबन्ध मिलाएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले “रक्त अभाव भइरहेको वर्तमान समयमा वीलभयू संगठनले पुर्याएको कल्याणकारी कामको कदर गर्दै प्रशंसा गर्नुभयो।” रक्तदान कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं २का वडाध्यक्ष सोम प्रसाद प्रधानले पनि रक्तदाताहरूलाई प्रोत्साहन दिनुहुँदै आगामी दिनमा साथ र सहयोगको लागि आह्वान गर्नुभएको थियो।

सहभागीहरू चिकित्सा जाँचदेखि रक्तदानसम्म क्रमबद्ध रूपमा सहभागी भएका थिए। रक्तदान गरेका वीलभयूका सदस्य २५० जनामध्ये ११९जनाले रक्तदान गरेका थिए भने उक्त कार्यक्रमबाट ५६,३०० एमएल रगत संकलन भएको थियो। रक्त अभावका कारण उपचार गर्न कठिनाइ भोगिरहेका अस्पतालहरूलाई ठूलो सहयोग पुऱ्याउछ।

वीलभयूको रक्तदान कार्यक्रम यसको दुई दिनपछि फेरी फेब्रुअरी १२ तारिखमा काठमाडौंको बूढानीलकण्ठ र मधेश प्रदेशस्थित जितपुरसिमरामा पनि आयोजना गरिएको छ। यसअघि जनवरी ३० तारिखमा लुम्बिनी प्रदेशस्थित नेपाल नेपालगञ्जमा र यही महिनाको ५ तारिख ललितपुरमा पनि आयोजना गरिएको थियो। आजपर्यन्त वीलभयूले काठमाडौँ, बुटवल, पोखरा जस्ता विभिन्न ठाउँहरूमा रक्तदान अभियान आयोजना गरेर अमूल्य जीवन बाँड्ने कार्यमा योगदान पुऱ्याउदै आएकोछ। सन् २००४ मा कोरियाबाट सुरु भएको रक्तदान अभियानको यो २२ औँ वर्ष हो। अहिलेसम्म ६४ वटा देशहरूबाट ५२,२०० जनाभन्दा बढीले रक्तदान गरिसकेका छन्।

यस संस्थाले रक्तदान गर्नुको साथै विभिन्न तरिकाले मानव कल्याणका गतिविधिहरू गर्दैआएको जानकार बताउछन। नेपालको हकमा सन् २०१५ को महाभूकम्प पीडितका निम्ति राहत कार्य, लुम्बिनीमा भारी वर्षाबाट क्षतिग्रस्त घर नयाँ गरी निर्माण गर्न सहयोग र कोभिड-१९ महामारीलाई पराजित गर्न क्वारेन्टिन सामग्री वितरण इत्यादि राष्ट्रिय विपद्‌का बेलामा पनि यो संस्था सक्रियतापूर्वक सरिक हुँदैआएको छ भने यो संस्था भावी पुस्ताको शैक्षिक सहयोगमा पनि केन्द्रित छ। बागमती प्रदेशको भक्तपुर मध्यपुर ठिमीस्थित श्री सरस्वती विद्यालयको लागि साइनबोर्ड जडान, घेराबार मर्मत तथा पंखा सहयोग, कोशी प्रदेशस्थित श्री सेतो गुराँस नमूना बालवाटिका आधारभूत विद्यालयमा खैल मैदानको लागि जग्गा खरिद रकम हस्तान्तरण जस्ता कार्यहरूमार्फत वीलभयूले शैक्षिक वातावरण सुधारका लागि पनि पहल गरेको थियो।

वीलभयूले आफ्ना छिमेकीहरूलाई दिगो जीवनको आधार उपहारस्वरूप प्रदान गर्न वातावरणीय कल्याणकारी गतिविधि, ‘क्लिक वर्ल्ड अभियान’ आयोजना गर्नुका साथै विश्वव्यापी तापमान वृद्धिको मुख्य कारण रहेको हरितगृह ग्याँसलाई कम गर्न ‘आमाको उद्यान (Mom’s Garden)’ प्रोजेक्टमार्फत वृक्षारोपण पनि गर्दछ। वीलभयूले बागमती प्रदेशको चन्द्रागिरी र कागेश्वरी मनोहरा नगरपालिकामा ४४० वटा वृक्षहरू रोप्नुका साथै वरिपरिको वातावरण सरसफाइ पनि गरेको हो।

अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनचाहिँ संयुक्त राष्ट्रसंघको विश्वव्यापी सञ्चार विभाग(UNDGC)सँग सहकार्य गर्ने गैरसरकारी संस्था हो। ७९ वटा देशका १,५५,००० जना सदस्यहरूले ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत वातावरण संरक्षण, आपत्‌कालीन राहत, पानी तथा सरसफाइ, गरिबी तथा भोकमरी उन्मूलन, स्वास्थ्य कल्याण, समाज कल्याण र शैक्षिक सहयोग जस्ता विभिन्न गतिविधिहरू ४,५०० पटकभन्दा बढी सञ्चालन गरिसकेका छन्। यसको सम्मानस्वरूप, वीलभयूले कोरियाली सम्मान पदक, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, इक्वेडोरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता थुप्रै अवार्डहरू विश्वभरिबाट प्राप्त गरेको छ। नेपालमा पनि वीलभयूले नेपाल पर्यटन बोर्डबाट प्रशंसा-पत्र, इटहरीका मेयरबाट प्रशंसा-पत्र, कीर्तिपुरका मेयरबाट प्रशंसा-पत्र र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट कदर-पत्र समेत प्राप्त गरेको छ।