प्रकाश तामाङको नागरिकता बनाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयका सचिव एकनारायण अर्यालसँग छलफल गरेका छन् ।
सामाजिक सञ्जालमा गृहसचिव अर्यालसँगको फोटो राख्दै प्रधानमन्त्री ओलीले प्रकाश तामाङको नागरिकता बनाउनेबारे छलफल गरेको जानकारी दिएका हुन्।
‘प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ’ प्रधानमन्त्रीले लेखेका छन्।
प्रकाशको वास्तविक जीवनको कथा ‘हेर्ने कथा’ले सार्वजनिक गरेको छ।
गृहसचिव अर्यालले प्रकाशलाई दुई÷चार दिन भित्रै नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाएको प्रधानमन्त्री ओेलीले जानकारी दिए। प्रधानमन्त्री ओलीका अनुसार यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ।
प्रधानमन्त्रीले लेखेका छन् ‘नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ’।