ऐनामा आफूलाई हेर्छ
मुसुक्क हाँस्छ
कर्खे हेर्दै आफैंलाई
मिलाउँदै कोल्टे सिउँदो
लरक्क लर्काउँछ
फरक्क फर्काउँछ
यस्सो हेर्छ ऐनामा
आँखि भौं ऊचाल्दै
मुसुक्क हाँस्छ
खै के सोच्छ
छटपटाउँछ
एक्लै एक्लै गुनगुनाउँछ
देख्छ सपना
गर्छ कल्पना
मीठो मीठो
भोलीको
पर्सीको
सारा सारा जिन्दगीको
उसले सपना देखिसक्यो
उसले कल्पना गरिसक्यो
उसलाई छुनु छैन चन्द्रमा
टिप्नु छैन जुन तारा
केवल टप्प टिप्नु छ
फूल्दै फूल्दै
फक्रिएकी
गुलाफ रूपी
उहीँ प्रेमिका…….!