-हेर्ने खबर/ कान्साइ, जापान
कान्साइ क्षेत्रमा स्थापना भइ जापानका बिभिन्न स्थमा बिशेष गरी खेलकुद लगाएतका बिबिध गतिबिधी सन्चालन गर्दै आफ्नो छुट्टै परिचय बनाउन सफल स्टार ग्रुपको आयोजनामा सेप्टेम्बर १ तारिक बिहीबार जापानको ओसाकामा स्थित नाम्बामा रहेको मिसोनो युनिभर्समा राजु लामा संगीतिक साँझ भब्य रुपमा सम्पन्न भएको छ।
स्टार ग्रुपका संरक्षक दिलिप कंडेलको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रमलाई औपचारिक तथा अनौपचारिक गरेर दुई भागमा बिभजन गरिएको थियो। एन आर एन कान्साइका संयोजक दिलिप शर्मा गैरेको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष राजन न्यौपानेको सभापतीत्वमा सम्पन्न कार्यक्रमको औपचारिक सत्र संस्थाका सचिब लक्ष्मण गैरे सन्चालन गर्नु भएको थियो।।कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्टार ग्रुपका संरक्षक दिलिप कंडेलले स्वागत मन्तब्य ब्यक्तगर्नु भएको थियो।कार्यक्रममा कान्साइमा रहेका बिबिन्न सन्संस्थाका प्रतिनिधि हरुको उपस्थिती रहेको थियो।छोटो समय चलेको औपचारिक कार्यक्रममा कार्यक्रमलाई आर्थिक रुपमा सहयोग गर्ने सहयोग दाता हरुलाई प्रमाण पत्र बितरण गरी सम्मान गरिएको थियो।
लगत्तै सुरु भयो सांगीतिक कार्यक्रम। दर्शकदीर्घा खचाखच थियो।राजु लामाको आगमनको प्रतीक्षा गर्दै थिए उपस्थित दर्शक तर सोचे जस्तो भएन, राजु लामा स्टेजमा देखा परेनन। सुरुमा स्टेजमा देखिए मंगोलियन हार्टको तर्फ बाट ईश्वर गुरुङ ।उनको आगमन यस्तो थियो मानौ अब केहीबेरमा संगीतिक आधी आउने वालाछ।नभन्दै भयो पनि त्यस्तै। बेजोड प्रस्तुतीका साथ उपस्थित भए मरकरी ब्यान्डका कलाकारहरु । टोकियोमा आफ्नो छुट्टै पहिचान बनाएको मरकरी ब्यान्डको प्रस्तुतीले कार्यक्रमको रौनकतालाई अझै बढाउँदै गयो।
मरकरी ब्यान्डको प्रस्तुतीमा सम्पूर्ण दर्शक झुमीसकेका मात्र के थिए।केहीबेर बत्ती मधुर भयो,स्टेज सुन्सान भयो। केही बेरको मौनता छिचोल्दै एउटा सुमधुर आवाज आयो मेरो नेपाल,मेरो नेपाल ………नेपाली राष्ट्रिय झन्डा सँग स्टेज प्रबेस गरेका राजु लामालाई उपस्थित सम्पूर्ण दर्शकहरुले आत्मीय स्वागत गरे। यसपछी लामाले आफ्ना चर्चित गीत हरुले निरन्तर मनोरञ्जन प्रदान गरिरहे ।
प्रस्तुतीकै क्रममा उनले आफ्नो छोरीलाई फोन गरे र दर्शकसंगै पर्खाइ भिज्यो सिरानी……… गाएर सुनाए । माहोल केही भबुक भयो । आफ्ना हरेक प्रस्तुतीमा लामाले दर्शकलाई पूर्ण मनोरञ्जन दिन सफल भए। अन्त्यमा कती रात बिते बोलको गीत सँगै आफ्नो प्रस्तुती टुङ्ग्याए।सुरुवात देखी अन्त्य सम्म उपस्थित दर्शकले पूर्णरुपमा मनोरञ्जनको आनन्दलिए ।प्रस्तुतीकै बिचमा लामाले आफुलेवातावरण संरक्षणका लागि वृक्षारोपण अभियान चलाईरहेको र उक्त अभियानलाई सहयोग गरीदिन अनुरोध पनि गरे ।
कार्यक्रमको अन्त्यममा आयोजकले कलाकारलाई प्रमाण पत्रले सम्मान गरेको थियो ।तस्बिर:पुरुषोत्तम लामिछाने