पाल्पाको माथागढी गाउँपालिका–१ चिदीपानीकी २४ वर्षीय सार्कीले कार्तिक ९ (मंगलबार ) गते दिउँसो भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा ४ छोरीलाई जन्म दिएकी हुन।
विवाह भएको सात वर्षमा पहिलो पटक सीता गर्भवती हुँदा उनी र उनका श्रीमान सन्तोष सार्की धेरै खुसी थिए। जब पहिलो पटक गर्भवती भइन उनको चेकअप भिडियो एक्सरेमा ३ वटा बच्चा देखिएको थियो ।
स्वास्थ्यमा अलि समस्या देखिए पछि चेकअपको लागि पाल्पा गएकी सिताको गत कार्तिक ९ गते महिला तथा प्रसूति विशेषज्ञ डा. तारा केसीको टीमले शल्यक्रिया गरी गर्भवती अवस्थाको सात महिना मै सुत्केरी गराएको थियो ।
पहिलो शिशुको तौल ११ सय ग्राम, दोस्रोको ११ सय १५ ग्राम, तेस्रोको १ हजार ६० ग्राम र चौथोको ११ सय ३० ग्राम रहेको छ । ४ शिशु मध्ये २ शिशुको मृत्यु भएको सिताका श्रीमान् सन्तोष सार्कीले बताए । अन्य २ शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।
सन्तोष गाउँमै जुत्ता सिलाउने काम गर्छन् आर्थिक अवस्था न्यून भएको कारण यति बेला उनलाई निकै समस्या परेको बत्ताउँछन् । अस्पताल भर्ना भए देखि ६० हजार सकिएको र उधारो बिल अस्पतालमा १ लाख भन्दा बढी आइसकेको छ । बच्चालाई आइसु र मेशिनमा राखेको छ अब बाँकी २ बच्चाको उपचारमा कति लाग्ने हो ? कतैबाट सहयोग आए यी बच्चा बचाउन सक्थे भनी सहयोगको अपिल गरेका छन् ।
सिता र सन्तोषसँग गरेको यो कुराकानी हेर्नुस् ।