सेयर बजार नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको पहिलो दिन आइतबार नेप्से २५.७१ अंकले वृद्धि भई २६५७.६१ विन्दुमा पुगेर रोकियो ।
आइतबार नेप्से परिसूचक वृद्धि हुँदा बैंक, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूहका परिसूचक वृद्धि भयो । होटेल र पर्यटन, व्यापार, निर्माण तथा उत्पादन, म्यूचल फण्ड र लगानी समूहका लगानीकर्ताले भने आज गुमाएका छन् । यसअघि नेप्से परिसूचक ९ फागुनमा २६४०.३५ विन्दुसम्म पुगेर रोकिएको थियो । आज कारोबार रकममा समेत उल्लेख्य वृद्धि देखिएको छ । आज ९ अर्ब ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल १ करोड ८१ लाख ७३ हजार ३ सय ७८ कित्ता कारोबार भएको छ ।