चितवन भरतपुर/हेर्ने खबर अन्तर्राष्ट्रिय वीलभयू, फाउन्डेसन भरतपुर शाखाद्वारा हिजो भाद्र १४ गत्ते आइतबार ‘९४२औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ बृहतरुपले सम्पन्न गरेको हो।
बागमती प्रदेशको चितवन भरतपुर महानगरपालिकाको प्रशासकीय भवनमा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रम, किशोर साम्सोहाङको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने, कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका मेयर चित्रसेन अधिकारीको आतिथ्यतामा सम्पन्न भएको हो।
स्थानीय समुदायमा स्वैच्छिक रक्तदानको संस्कृति फैलाउनुका साथै रगतको आपूर्तिमा सहयोग पुऱ्याउनु थियो। एक व्यक्तिको रक्तदानले जीवन बचाउन सहयोग होस् भन्ने उद्देश्यले वीलभयूले ‘विश्वव्यापी रक्तदान कार्यक्रम’ सञ्चालन गर्दै आएको छ।
वीलभयूका एक प्रतिनिधिले भने, “रक्तदानका लागि आफ्नो अमूल्य समय निकालेर सहभागी हुनुभएका सबैप्रति हामी आभारी छौं। धेरै नागरिकहरू एउटै उद्देश्यका लागि एकजुट हुनुभएकोले यो कार्यक्रम स्थानीय समुदायका लागि न्यानो शक्ति बनोस् भन्ने आशा गर्दछौं। अनि अहिले नेपालमा आएको आकस्मिक, कहालीलाग्दो बाढीमा परि ज्यान गुमाएकाहरू प्रति समावेदना व्यक्त गर्नुका साथै शोकमा डुबेका परिवारहरूप्रति दुःख व्यक्त गरे। घाइते अवस्थामा रहेकाहरूको सहज उपचार हुन भन्ने उद्देश्यका साथ यो रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । साथै विपतमा परेकाहरूलाई आवश्यकता अनुसार स्वयंसेवा गर्न तयार रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका मेयर चित्रसेन अधिकारीले “बाढीको विपतको बेला, राष्ट्र रोइरहेको बेला, असंख्य घाइतेहरूलाई उपचार सहज हुने गरी यहाँहरूले महान र पवित्र कार्य गर्नुभएको छ। रक्तदान भनेको दान मध्येको उच्च दान, रक्तदान हो। किनकी यसले एउटा जोखिमा परेको जीवन बचाउँछ। आगामि दिनहरूमा पनि यस्तै महान कार्य गर्दै सहयोग गर्नुहोला’ भन्दै सहभागीहरूलाई प्रोत्साहन दिए।
रक्तदान सम्पन्न गरेका निशा बगाले ले “रक्तदान धेरै पटक गरेको भए पनि यो पटकको रक्तदान विशेष लाग्यो । कारण भरतपुर महानगरपालिकाले आकस्मिक आएको रसुवाको बाढिका कारण, देश विषम परिस्थितिमा रहेको बेला धेरैले ज्यान गुमाइकेको र धेरैलाइ रगत चाहिने भएकोले मैले दिएको रगतले कोही न कोही एकजनाको जीवन बाँच्नेछ भन्ने लागेको छ भन्दै आफ्नो अनुभव सुनाइन्।
‘यसै महिनामा वीलभयूका रक्तदान कार्यक्रमहरू १९ तारिख किर्तिपुरमा, २० तारिख टीकापुरमा, २३ तारिख काठमाडौं र नेपालगन्जमा, २६ तारिख पोखराको लेखनाथमा, २७ तारिख भक्तपुरको चाँगुनारायणमा पनि आयोजना गरेकोछ।
