परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले “रक्तदानद्वारा ‘निस्तार–चाडको प्रेम’ कार्यान्वयन” भन्ने मुल नाराका साथ आज बुधवार बिर्तामोडमा बृहत रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १,६१४ औं विश्वव्यापी रक्तदान अभियानमा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र, झापाले प्राविधिक सहयोग गरेको हो।
कर्यक्रममा परमेश्वरको मण्डलीका एक सदस्यले भन्नुभयो “रगतको अभावका कारण ज्यान जोखिममा परेकाहरूलाई सहयोग गर्न सन्तहरू एकजूट भएका छन्। हामी येशू ख्रीष्टको बलिदान र प्रेमको अभ्यास गर्न चाहन्छौं, जसले ‘नयाँ करार निस्तार’मार्फत मानव-जातिलाई मुक्ति प्रदान गर्नुभयो ।” रगतलाई कृत्रिम रूपमा बनाउन वा अन्य पदार्थहरूद्वारा प्रतिस्थापन गर्न सकिँदैन। रगतको तत्काल आवश्यकता परेका बिरामीलाई बचाउने एक मात्र तरिका भनेको रक्तदान गर्नु हो।
परमेश्वरको मण्डलीका अनुसार ‘निस्तार-चाड’ भनेको ‘विपत्ति पार हुने’ अर्थ समावेश रहेको परमेश्वरको चाड हो। योचाहिँ येशू ख्रीष्ट क्रूसमा बलिदान हुनुअघि, आफ्नो देह र रगतलाई संकेत गर्ने रोटी र दाखमद्यद्वारा उहाँले नयाँ करार स्थापना गर्नुभएर पाप-क्षमा र अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको दिन हो। परमेश्वरको मण्डलीले हरेक वर्ष निस्तार-चाडको सम्झनामा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ।
‘बिर्तामोड परमेश्वरको मण्डली’मा आयोजना गरिएको कार्यक्रममा मण्डलीका विश्वासीहरू, परिवारहरू, छिमेकीहरू गरी करीब २ सय ५० जनाको सहभागीता रहेको थिए भने नेपाल रेडक्रस सोसाईटीले रक्तदान गर्न आवश्यक सबै चिकित्सा सामग्रीहरू सहयोग गरेको थियो।
परमेश्वरको मण्डलीले आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका खानेपानी शिचाइँ तथा उर्जामन्त्री एकराज कार्कीले “समाजमा गरिने सेवा मध्ये सबै भन्दा महत्वपुर्ण कार्य नै धेरै जनाको जिवन बचाउने कार्य रक्तदान हो परमेश्वरको मण्डलीको यो सम्मानयोग्य कार्य साच्चै प्रसंसायोग्य छ, म यहाहरुलाइ हार्दिक धन्यवाद ” दिन चाहान्छु भन्दै आभार व्यक्त गर्नुभएको थियो।
बिहान ९ बजे सुरु भएको कार्यक्रम ४ घण्टासम्म जारी रहेको थियो भने कुल ८३ जनाले रक्तादान गरेका थिए ४१,५०० मि.लि. रगत संकलन गरी रेडक्रसलाई हस्तान्तरण गरिएको हो। रक्तदानमा सहभागी अमरले “रक्तदान कार्यमा सहभागी भएर समाजमा योगदान गर्न पाउदा धेरै खुसि र गर्व लागेको बताउनुभयो । अर्का सदस्य निर्मलाले भन्नुभयो “रगतको अभावको कमीले गाह्रो हुने मानिसहरूलाई सहयोग गर्न पाउदा खुसि लागेको छ ”।
सन् २००५ मा कोरियाबाट सुरु भएको ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम रक्तदान अभियान’ गत २० वर्षको अन्तरालमा विश्वव्यापी गाउँका विभिन्न ठाउँमा १,५०० चोटि भन्दा बढी आयोजना भइसकेको छ । जसमा लगभग २,८३,९०० जना सहभागी भएका छन् र १,२२,१०० जनाले रक्तदान गरेका छन् । १ जनाको रक्तदानले ३ जनाको जीवन बचाउन सक्ने कुरालाई विचार गर्दा, योचाहिँ करीब ३,६६,४०० जनाको अमूल्य जीवन बचाउन सफल उपलब्धि हो ।
“आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर” भन्ने ख्रीष्टको शिक्षाअनुरूप, यस मण्डलीले रक्तदान मात्र नभई वातावरण संरक्षण, वृद्धाश्रमको सान्त्वनादायक भ्रमण र विद्यालयहरूलाई शैक्षिक सामग्री सहयोग जस्ता कार्यहरूद्वारा स्थानीय समुदायमा स्वयंसेवा पनि गर्दैआएको छ । यस्ता अनवरत मानव कल्याणका गतिविधिका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूले प्रशंसा-पत्र, कदर-पत्र जस्ता पुरस्कारहरू प्रदान गर्दै समर्थन जनाएको छ ।
मण्डलीले यो वर्षको सुरुवातमा संयुक्त राष्ट्रसंघको विश्व सामाजिक न्याय दिवस फेब्रुअरी २० को सम्झनामा ‘ज्यमि ज्यउभ१’ क्याम्पेन गर्दै काठमाडौंको टोखा नगरपालिकालाई १६ घरपरिवारका लागि खाद्यान्न सामग्री अनुदान गरेको थियो । यो अभियानको उद्देश्य विश्वभरका सरकारी कार्यालयहरूमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीहरू अनुदान गर्नु हो, जसले गर्दा प्रत्येक देशका आर्थिक र सामाजिक रूपमा कमजोर वर्गलाई गरिबी निवारण गर्न र सामुदायिक मूल्यमान्यताहरू जगाउन मद्दत मिल्छ । यो भारत, युक्रेन, भेनेजुएला, इथियोपिया, हाइटी र म्यानमार लगायत लगभग ३० देशहरूमा आयोजना गरिएको थियो । यसको अतिरिक्त परमेश्वरको मण्डलीले कोशी प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेशका विभिन्न क्षेत्रहरूमा वृक्षारोपण, वन संरक्षण जस्ता गतिविधिमार्फत कार्बन न्यूनीकरण र हरियाली सिर्जना गर्न योगदान पुर्याउने ‘आशाको वन’ अभियान र ‘प्लास्टिक फुटप्रिन्ट मेटाउने’ अभियान पनि जारी गर्दैआएको छ । ‘प्लास्टिक फुटप्रिन्ट’ भन्नाले मानव–जातिले प्रयोग गर्ने र विसर्जन गर्ने प्लास्टिकको कुल मात्रालाई जनाउँछ ।
१७५ वटा देशका ७,८०० ठाउँहरूमा ३७ लाख सदस्यहरू भएको परमेश्वरको मण्डलीले वातावरण संरक्षण, रक्तदान अभियान, प्रकोप राहत र शैक्षिक सहयोग जस्ता ३०,००० वटा स्वयंसेवाका गतिविधिहरू आयोजना गरिसकेको छ । यसको कदरस्वरूप परमेश्वरको मण्डलीले तीन कोरियाली सरकारहरूबाट राष्ट्रपति अवार्ड, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरु राष्ट्रिय सभाबाट सम्मान पदक र ब्राजिल विधायिकी पदक जस्ता विभिन्न देशका सरकार तथा संस्थाहरूबाट ५,००० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ । गत जनवरी महिनामा पेरुका राष्ट्रपतिले मण्डलीलाई देशकै उत्कृष्ट राष्ट्रिय वातावरण अवार्ड प्रदान गरिएको थियो ।