चेपाङ समुदायको बाहुल्य रहेको बेनीघाट रोराङ गाँउपालिकामा गरिवी र अशिक्षा कुपोषणको मुख्य कारण रहेको छ।

गाँउपलिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)का अनुसार ५९ महिनासम्मका बालवालिकामा कुपोषण अन्त्य अर्थात शुन्यमा झार्न पोषण सुधार केन्द्र सञ्चालनमा ल्याइएको छ। गरिवीका कारण आमाले पर्याप्त पोशिलो खानेकुरा नपाउदाँ वालवालिका कुपोषित भएका हुँन्। आमालाई र वच्चालाई पोषणयुक्त खाना खुवाएर सुपोषित बनाउने उद्देश्यले पोषण सुधार केन्द्र सञ्चालनमा ल्याएको हो। पोषण सुधार केन्द्र अबको आर्थिक वर्षमा २० जनाको क्षमतामा सञ्चालन गछौ। हाम्रो पालिका बाहेकका वालवालिका पनि राख्ने योजना बनाएकाछौ। यसरी गाँउमै सपोषण सुधार केन्द्र सञ्चालन गर्दा काठमाण्डौसम्म जान लाग्ने खर्चले यहि पोषण सुधार गर्न सकिने अध्यक्ष थपलियाले बताए।

पाँच वर्षमूनीकाको संख्या दुई सय आठ रहेको छ। शिघ्र कुपोषण भएका वालवालिका ५० को हाराहारीमा छन्। कुपोषण भएको वालवालिकाको संख्या ७५ को वरिपरि रहेको छ भने सामान्य कुपोषण भएको वालवालिकाको संख्या दुई सय पचासको हाराहारीमा रहेको बेनीघाट रोराङ गाँउपालिका स्वास्थ्य शाखा प्रमुख शंकरबावु ढुवाडीले बताए। कुषोषण भएका वालवालिकालाई लिटो पिठोको दिइरहेकाछौ। यस गाँउपालिकामा कुपोषण हुनुको कारणहरु धेरै छन्। जनसंख्याको ३८ प्रतिशत चेपाङ समुदायको संख्या छ। यस समुदायमा गरिवी, अशिक्षा, सचेतनामा कमी रहेको छ। यी कारणले गर्दा बहुविवाह, वालविवाह गर्नेको संख्या धेरै छ र जन्मान्तरलाई ध्यान दिदैनन्। वालवालिकाको संख्या धेरै हुन्छ। पोषणयुक्त खाना खुवाउन सक्दैनन्। खानेपानी , सरसफाई राम्रो छैन। कृषि तथा पशुपक्षी उत्पादन निकै कमी छ। खानपान व्यवस्थापन छैन। हुदाँ धेरै खाने नहुदाँ नखाने अवस्था छ। खानी आनी वानीमा सुधार आएन। आफ्नै उत्पादन भएको अवस्थामा कुपोषण हुने दर निकै तल आँउछ। तर जव खानेपानी र खाद्यन्न अभाव बढ्दै जान्छ तव कुपोषणको संख्या थपिदै जान्छ स्वास्थ्य शाखा प्रमुख ढुवाडीले बताए ।

सोमवारबाट सञ्चालनमा ल्याएको पोषण सुधार केन्द्रमा दुई वालक चार वालिका गरी छ जना वालवालिकाका पाँच जना आमा रहेका छन्। बेनीघाट रोराङ गाँउपालिका वडा नं. २ की सानुकान्छी चेपाङको १७ महिनाकी छोरी समिता, वडा नं. ५ की सिता चेपाङको १५ महिनाको छोरा शुशिल, वडा नं. २ की जालीमाया चेपाङको ३२ महिनाको छोरी रेखा, वडा नं. छ की गिता चेपाङको ३६ महिनाको छोरी कविता र १२ महिनाको छोरी वविता, वडा नं. ६ की सम्झना चेपाङको १२ महिनाको छोरा सक्षमलाई पोषण सुधार केन्द्र चरौदमा राखिएको अहेव रविन थपलियाले बताए। वच्चाको पोषण सुधारका लागि तयारी पोषणयुक्त खाना खुवाउनुका साथै आमाहरुलाई नुहाइधुवाई, नङ काट्ने, घरआँगन सरसफाई गर्ने, करेसावारी, भान्छाको सरसफाइ गर्न सिकाउने र पोषण शिक्षाको ज्ञान दिन अहेव थपलियाले बताए ।

स्वास्थ्य शाखा प्रमुख ढुवाडीका अनुसार अहिले गाँउपालिकामा पोषण सुधारमा काम गर्न संस्थाहरु शान्ति नेपाल, हिमालय हेल्थ केयर, सुआहारा, पोषण सुधार आयोजना र गाँउपालिकाले काम गरिरहेका छन्। विगत १० वर्षको तुलनामा निकै सुधार भए पनि कुपोषित संख्या शून्य बनाउन सकिएको छैन।
फागुनदेखि असारसम्म कुपोषणको संख्या बढ्छ। साउनबाट घट्दै गएर अशोज तिर शुन्य हुन्छ। शून्य कायमा गर्न स्वास्थ्य शाखाले मात्र काम गरेर हुदैन। यसका लागि त स्वास्थ्य, शिक्षा, महिला तथा वालवालिका, खानेपानी तथा सरसफाई, कृषि,पशुपंक्षी शाखाहरुको एकिकृत प्रयास हुन आवश्यक छ। साथै गैरसरकार संघसंस्थाहरुको समेत सहभागितामा एकिकृत कार्यक्रम निर्माण गरी संयुक्त रुपमा कार्यान्वयन गरेर मात्र कुपोषण शून्य बनाउन सकिने स्वास्थ्य शाखा प्रमुख ढुवाडीले बताए।