हेर्ने खबर/काठमाण्डौ  विश्व सुसमाचार समाजले ७,१६८ “औँ” विश्वव्यापी सरसफाई अभियान अन्तर्गत बुधवार बिहान बौद्ध–जोरपाटी सडक भब्यरुपमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। परमेश्वरको मण्डली नेपाल गोकनेश्वरले आयोजना गरेको उक्त कार्यक्रममा गोकनेश्वर नगरपालिकाका मेयर दिपक रिसालको प्रमुख अथित्यता रहेको थियो।

सरसफाई कार्यक्रममा विशिष्ट अतिथी गोकर्णेश्वर नगरपालिकाका उपमेयर सान्नानी लामा, प्रहरी नायब हरि बहादुर बस्नेत, गोकर्णेश्वर नगरपालिका वडा नं.५ का वडा अध्यक्ष नारायण सुवेदी, पूर्व वडा अध्यक्ष मान बहादुर तामाङ लगायतका व्यक्तीहरुको गरिमामय उपस्थिती थियो भने परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका ५०० जना सदस्यहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथी गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले परमेश्वरको मण्डलीले बिगतमा गरेका बिभिन्न सामाजिक कार्यलाई सम्मान साथै हार्दिकता ब्यक्त गर्दै, त्यस क्षेत्रमा लामो समयदेखी परमेश्वरको मण्डलीले सरसफाइलाई अभियानको रुपमा संचालन गर्दै आएको कार्यक्रमको प्रसंसा गर्दै आगामी दिनहरुमा नगरपालिकाले परमेश्वरको मण्डलीसँग सहकार्य गर्ने प्रतिबद्दता जाहेर गर्नुका साथै यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिए मानिसहरुमा जनचेतना जगाउनुको साथै असल सन्देश जाने बताउनुभयो।

उक्त कार्यक्रममा विशिष्ट अतिथी गोकर्णेश्वर नगरपालिकाका उपमेयर सान्नानी लामाले ‘शिक्षित व्यक्ति भएर पनि सरसफाईमा ध्यान दिन सकिएन भने त्यो शिक्षाको महत्व रहदैन्’ त्यसैले परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले लगातार गर्दै आइरहेको यो कार्य सह्रायिन भएको बताउनुभयो।

यस्तै उक्त कार्यक्रमका विशिष्ट अतिथी गोकर्णेश्वर नगरपालिका वडा नं.५ का वडा अध्यक्ष नारायण सुवेदीले आफ्नो क्षेत्र स्वच्छ र सफा आफैले गर्नुपर्ने बताउदै यस्ता कार्यक्रमले समाजमा जनचेतनाको अभिवृद्धि हुनुका साथै स्वस्थ जिवनको लागि स्वच्छ वातावरण बन्ने धारणा राख्दै उच्च प्रसंसा गर्नु भयो।

कार्यक्रममा विशिष्ट अतिथी गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नवराज लामाले यो क्षेत्रलाई सफा र स्वच्छ पार्ने स्थानियवासी सबैको दायित्व भएकोले आ–आफ्नो क्षेत्रबाट पहल कदमि गर्नुपर्ने बताउदै परमेश्वरको मण्डलीले निरन्तर संचालन गरेको सरसफाइ अभियानमा समन्वय र सहकार्य गर्ने बताउनुभयो।

विगत लामो समयदेखि परमेश्वरको मण्डलीले विश्वव्यापी रुपमा सरसफाई गर्दै आइरहेको हो। नेपाल लगायत विश्वभर स्वच्छ र सफा वातावरण बनाउने उदेश्यले निरन्तर सरसफाइ मात्रै नभइ बिपद र संकष्ट पर्दा समाजमा विभिन्न समाज सेवाको कार्य गर्दै आइरहेको छ।

गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सदस्यहरुसगैं सरसफाईमा गर्दैं।

गोकर्णेश्वर नगरपालिकाका उपमेयर सान्नानी लामा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सदस्यहरुसगैं सरसफाईमा गर्दैं।

सरसफाई कार्यक्रममा सहभागी परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सदस्यहरु।