काठमाडौँ नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। मंगलबार निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको हो।

निगमले पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य यथावत् राखिएको छ। नयाँ मूल्य सूची मंगलबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

ईण्डियन आयल कर्पोरेशन लिमिटेडले मंगलबार पेट्रोल र डिजेलको मूल्यमा घटाएर नयाँ मूल्य सूची पठाएको थियो। घटेको मूल्य अनुसार डिजेल र मट्टितेलको प्रतिलिटर १५५ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।