ओसाका/जापान। नेपाली राजदुतावास जापान,गैरआवसीय नेपाली संघ (एनआरएनए) जापान लगाएत बिभिन्न संघ संस्थाको सहकार्य तथा एन आर एन ए जापान कान्साइ क्षेत्रीय समितिको आयोजनामा ओसाकामा सन्चालन भएको चार दिने विद्युतीय राहदानी तथा अन्य कन्सुलर कार्यका लागि घुम्ती सेवामाको पहिलो दिन एक सय अठार जानालाई सेवा प्रदान गरिएको एनआरएनए कान्साइका संयोजक दिलिप शर्मा गैरेले जानकारी दिनुभयो।
एनआरएन कान्साइका संयोजक दिलिप शर्माको सभापतित्वमा सन्चालन भएको उक्त शिविरको जापानका लागि नेपाली राजदुत डाक्टर दुर्गा बहादुर सुबेदिले उद्घाटन गर्नु भएको थियो। उद्घाटनका सत्रलाई सम्बोधन गर्दै राजादुत सुबेदिले शिविरले जापानमा रहेका नेपालीको लागि ठुलो राहत पुग्नुका साथै परदेशमा रहेका नेपालीहरुलाई हरेक समस्या पर्दा सहयोग सहजीकरण गर्न आफू सदैव लागि रहने पनि बताउनु भयो।सोहि अवसरमा राजदुत सुवेदीले भाईचारा, सद्भाव, सहकार्य गर्दै खुशीसाथ रहन तथा राजदुतावास, नेपाल र नेपालीलाई चिनाउने काम गर्न सम्पुर्ण जापान बासी नेपाली लाई राजदुत डाक्टर सुवेदीले अनुरोध गर्नु भयो।
कार्यक्रममा जापान भरिनै यस्ता सेवा प्रवाह गर्न दूतावासको सहयोगमा सधै कार्यक्रम गरिरहने एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले बताउनु भयो।
घुम्ती शिविरमा राहदानी नविकरण, जापानमा जन्मिएका बच्चालाई पहिलो पटक राहादनी बनाउन, अधिकृत वारेसनामा प्रमाणीकरण, राष्ट्रियता प्रमाणीकरण गर्न, सवारी चालक अनुमतिपत्र प्रमाणीकरण तथा अन्य प्रमाणीकरण( जन्मदर्ता, अविवाहित, नाता सम्बन्ध ) गर्ने यात्रा अनुमति पत्र लगायतका अन्य परामर्श सेवा संचालन गरेको छ ।
घुम्ती शिविर साईतामा, गुन्मा, नागोया फुकुओका, इबाराकीमा सम्पन्न गरि सकेको एनाआरएनएका क्षेत्रीय समन्वय समिती संयोजक तथा उपाध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए । कार्यक्रममा एनाआरएनएका वरिष्ठ उपाध्यक्ष नविन निउरे, उपाध्यक्षहरु महेश कुमार कटुवाल, सगिता अधिकारी सुवेदी,महासचिव शिद्धार्थ श्रेष्ठ,एनआरएनएका निबर्तमान आइसिसी सदस्य तुल्सीराम खरेल,एनआरएन जापानका निबर्तमान सल्लाहकार नरेन्द्र बस्नेत दिनेश लगायतको सहभागिता रहेको थियो ।
शिविर बैशाख १६-१९ गते (अप्रील २९, ३० र मे १ र २ तारीख) सम्म चारदिन संचालन हुने दूतावासका उप-नियोग प्रमुख अम्बिका जोशीले बताउनु भयो ।