काठमान्डौ परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले हिजो बैशाख १४ गत्ते चितवनको भरतपुरमा बृहत रुपमा रक्तदान गरेको हो। उक्त रक्तदान कार्यक्रम ‘नेपालको भरतपुर परमेश्वरको मण्डली’ले आयोजना गरेको थियो। जस्मा मण्डलीका विश्वासीहरूसँगै उनीहरूका परिवार तथा साथीभाइहरू गरी करीब २४० को सहभागी थिए भने १३९ जना सदस्यहरूले ५०,६५० मिलिलिटर रक्तदान गरेका हुन। नेपालमा लगातार रक्तदान गर्ने संगठनहरुमा परमेश्वरको मण्डली पहिलो संगठन हो भन्दा फरक नपर्ला, उक्त परमेश्वरको मण्डलीले यसै महिनामा मात्रै काठमान्डौ, ईटहरी र भरतपुरमा रक्तदान गरेको हो भने बिगतका समयहरुमा नेपालको काठमाण्डौ, पोखरा, ललितपुर, भक्तपुर जस्ता क्षेत्रहरूमा निरन्तर रक्तादान कार्यक्रम गर्दै रक्त आपूर्तिलाई सहयोग गर्दै आएको छ।
परमेश्वरको मण्डलीका एक अधिकारीका अनुसार “अपरेसन, ब्लड ट्रान्सफ्युजन जस्ता आपतकालीन अवस्थामा रगत अभावका कारण कोही पनि जोखिममा नपरून् भन्ने चाहनाका साथ सबै सन्तहरू एउटै चित्तका भएर रक्तदानमा सहभागी भएका छन् । उनले भने रगतको अभाव भएका व्यक्तिहरूको स्वास्थ्यमा शीघ्र सुधार आएर खुशीसाथ दैनिक जीवनमा फर्कन सकून् भनी कामना गर्दछौ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथी भरतपूर महानगरपालिका वडा नं-२ का वडा अध्यक्ष मनोज रानाभाटले परमेश्वरको मण्डलीले रक्त अभाव भइरहेको समाजमा रक्तदानको कार्यक्रम गरेको कार्य अत्यन्तै हृदयस्पर्सी रहेको र यसले अत्यन्तै उत्कृष्ट उदाहरण छोडेको कुरा बताउनुभयो। परमेश्वरकोमण्डलीले २०७२ सालको भुकम्पमा गरेको कार्यको समेत प्रशंशा गर्नुहुँदै, देश विकाशको निम्ति यस्तै मानिसहरूको खाँचो रहेको कुरा बताउनु भयो। आउँदा दिनहरूमा पनि यस संगठनसँग सहकार्य गर्दै
भरतपुरलाई एक उदाहरणीय शहर बनाउने इच्छा व्यक्त गर्नुभएको थियो।
परमेश्वरको मण्डलीले नेपाल लगायत विश्वभर किन लगातार रक्तदान गर्दछ?
परमेश्वरको मण्डलीका एक अधिकारीका अनुसार ‘परमेश्वरको मण्डली’ले ‘निस्तार-चाड’को प्रेम, जीवन बचाउने प्रेम, ‘रक्तदान कार्यक्रम’को आयोजना गर्दै रक्तदानको संस्कृति फैलाउनमा अग्रसर रहेको हो उनले भने, परमेश्वरको मण्डलीले ख्रीष्टको बलिदान र प्रेम समाविष्ट ‘नयाँ करार निस्तार-चाड’को सम्झनामा विश्वका ठाउँ-ठाउँमा रक्तदान कार्यक्रमको आयोजना गर्ने गर्दछ। ‘निस्तार चाड(Passover)’चाहिँ ‘विपत्ति पार’ भन्ने अर्थ रहेको परमेश्वरको चाड हो। जुन चाडको प्रेम अत्यन्तै गहिरो र रहस्यमय रहेको बताउदै भन्छन विद्यमान परिस्थितीमा कोभिड-१९ले निम्त्याएको रगत अभावको समस्या न्यूनीकरण गर्नुका साथै ख्रीष्टको बलिदान र प्रेमलाई सारा संसारमा बाड्नु हाम्रो मुख्य उदेश्य हो उनले भने।
परमेश्वरको मण्डलीले नेपालमा के कस्ता कार्य गर्दै आएको छ?
१७५ वटा देशहरूमा स्थापित परमेश्वरको मण्डलीको संगठनमा कुल ३५ लाख संख्या भएको एक विश्वव्यापी मण्डली संगठनले नेपालमा थुप्रै परोपकारी कार्य गर्दै आएको देखिन्छ जसमध्य देशमा २०७२ सालमा गएको महाभुकम्प समयमा मण्डलीबाट ७१० वटा क्षेत्रका १५,००० जनाभन्दा बढी सदस्यहरूले मर्मत-सम्भार कार्य तथा पीडितहरूका लागि राहत कार्यहरू गरे । मण्डलीद्वारा पीडितहरूका लागि आपत्कालीन राहत सामग्री र अनुदान पनि प्रदान गरेको थियो। यातायातको सुविधा नभएको धादिङको हिमाली गाउँ सेर्तुङ र तिप्लिङका १,००० घरधुरीलाई हेलिकप्टरबाट १४ पटक ओहोरदोहोर गर्दै खाद्यान्न वितरणमा अहोरत्र खटेको थियो भने भूकम्पले गर्दा भत्किएको सिन्धुपाल्चोकको श्री प्राथमिक विद्यालय र काभ्रेको श्री भवानी माध्यमिक विद्यालय पुनर्निर्माण जस्ता विभिन्न सहयोगद्वारा मण्डलीले मानिसहरूमाझ उपहारस्वरूप आशा प्रदान गरेको थियो। श्री आशापूरी प्राथमिक विद्यालय भक्तपुरकोका विद्यार्थीहरूको उज्ज्वल भविष्यको निम्ति झोला, कपडा र शैक्षिक सामग्रीहरू हस्तान्तरण गर्नुको साथै काठमाण्डौको वृद्धाश्रममा भोजन सेवा गर्नुको साथै जाडोका लुगा र ताप उपकरण सामाग्री प्रदान गरेको थियो। काठमाण्डौको मित्र पार्क, मेडिकल कलेज, ललितपुरको मुनलाइट उच्च माध्यमिक विद्यालय र लोक स्मृति माध्यमिक विद्यालय, र पोखराको पृथ्वी नारायण क्याम्पस परिसर लगायतका स्थानहरूमा सरसफाइ गर्दै स्थानीय वातावरण संरक्षणमा मण्डलीले प्रयत्न गर्दै आएको छ।