ओसाका ,जापान

जापानको ओसाकामा रहेको कोको प्लाजामा नेपाली चलचित्र सिग्नेचर प्रदर्शन गरिएको छ। चलचित्र सिग्नेचर यही अप्रील १० तारिक प्रदर्शन गरिएको हो ।ओस्कार इन्टरनेसनल कलेज(कलेज अफ फिल्म स्टडिज),सभ्य सिर्जना प्रा.लि र स्कूल फाउन्डेसनका अध्यक्ष सागर उद्गमको अनुसन्धान, लेखन, निर्देशनमा बनेको चलचित्र सिग्नेचरलाई गीतकार प्रकाश सुवेदी र सागर उद्गमले निर्माण गरेका हुन् । गीतकार तथा निर्माता प्रकाश सुवेदी सभ्य सिर्जना प्रा .लि.का प्रवन्ध निर्देशक र स्कुल फाउन्डेसनका महासचिव हुन्।

चलचित्रमा विनोद पौडेल, सन्दिप क्षेत्री, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, जेविडिसी, सरिता गिरीको जीवन्त अभिनय रहेको छ। भने मुख्य सहायक निर्देशक तथा कस्ट्युम डिजाइन रमेशबाबा नेपाल, छायाङकन पुरुषोत्तम प्रधान, धिरजजंग शाह, शिवराम श्रेष्ठ र नवराज सुवेदीको रहेको छ । चलचित्रमा निशान घिमिरेको सम्पादन तथा रङ्ग संयोजन, अच्युत सिटौलाको गीत, सङगीत र गायन, जीवन थापाको ग्राफिक्स, विवश पौडेलको पाश्र्व संगीत, मुकेश शाहको मिक्सिङ, ललित सुब्बाको निर्माण संयोजन र कृष्ण थापाको निर्माण व्यवस्थापन रहेको छ ।

परिवारको सहि निगरानीको अभाव र खराब संगतका कारण युवाहरु कसरी दुर्व्यसनमा लाग्दछन् र उनीहरुको जीवन कसरी क्षतविक्षत हुन्छ भन्ने विषयलाई चलचित्रले समेटेको छ। वास्तविक जीवन कथा बोकेको चलचित्र सिग्नेचरमा समाजका विभिन्न तत्वहरुले पार्ने प्रभाव,व्यक्तिमा पैदा हुने नकरात्मक सोच र सोही बमोजिमको क्रियाकलापले उसको जीवन र समाजमा पर्न जाने असरलाई अत्यन्तै कलात्मक तरिकाले प्रस्तुत गरिएको भने समग्र चलचित्रको भाव सकरात्मक व्यवहारको विकास र आशावादी जीवन जिउन उत्प्रेरणा दिने खालको छ। चलचित्र हेरिसकेपछि प्रतिक्रिया दिने क्रममा १ जना दर्शकले भने “आफ्ना बालबच्चाहरु कोही आफन्तकोमा या होस्टलमा राखेर विदेशिएका बाबाआमालाई कतै हाम्रा बच्चाहरुले पनि गलत बाटो त रोजेका छैनन् भनेर झक्झक्याउने रहेछ”