-ओसाका, जापान
एनआरएन जापान र उदयपुर समाज जापानको सहयोगमा उदयपुर क्षेत्रको बिपन्न विद्यार्थीहरुलाई न्यानो कपडा बितरण
सम्पन्न भएको छ।
एनआरएन जापानका उपाध्यक्ष महेश कुमार कटवालको संयोजकत्वमा आफ्नो ब्यक्तिगत ३०,००० यन सहित गरि १५०,००० यन त्यस्तै उदयपुर समाज जापानको तर्फबाट रोहित थापाको संयोजकत्वमा जापानी एन नगद ३०,००० समेत गरेर साहीखोला आधारभूत स्कुल र भान्टाबारी आधारभूत स्कुलका विद्यार्थी भाई,बैनिहरुलाइ २०० जोर न्यानो कपडा वितरण सम्पन्न भएको छ।
त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख आतिथ्यता सहित एनआरएन जापान र उदयपुर समाज जापानको तर्फबाट एनआरएन जापान नागोया क्षेत्रिय समितिको सहसचिब तथा उदयपुर समाज जापानको प्रतिनिधि निलम राउत सहितको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको हो ।
कपडा वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले बिपन्न बर्गका विद्यार्थीहरुको सैक्षिक प्रबर्दनमा हौसला पुगोस भन्ने हेतुले हामीले गरेको अनुरोध लाई मध्यनजर गर्दै सहयोगको पहलकदमी गर्नुहुने एनआरएन जापानको संरक्षक अनिता गुरुङ, एन आर एन जापानका निबर्तमान सल्लाह्कार नरेन्द्र बस्नेत (दिनेश)यसलाई मुर्तता दिन बिशेष सहयोग तथा योगदान दिनुहुने एनआरएन जापानको उपाध्यक्ष महेश कटवाल लगाएत जापानमा रहेर यो कर्ममा सहयोग गर्ने उदयपुरे साथी हरु एनआरएन जापान र उदयपुर समाज जापान परिवार प्रति धन्यवाद को साथमा कृतज्ञता प्रकट गर्नु भयो।