हेर्ने खबर/काठमान्डौ हरेक बर्ष डिसेम्बर २५ अर्थात पौष १० गतेलाई संसारभरका इसाइहरुले ख्रीष्टमस पर्बका रुपमा मनाउने गर्छन्। ख्रीष्टमस इसाईहरुको एक महान् पर्वको रुपमा मानियता पनि ख्रीष्टमसको वास्तविकता भने यस्तो छ।
येशु ख्रिष्टको जन्मदिन भनेर मानिने यो पर्व, न येशु ख्रिष्टले पालन गरे न त येशु ख्रिष्टलाई पछ्याउने प्रेरितहरुले नै। खिष्टियानहरुलाई सोध्ने हो भने, नि:सन्देह येशु ख्रीष्टको जन्मदिन हो भन्ने गर्छन्। तर आश्चर्यको कुरा, ख्रिष्टमस संसारमा भनिए जस्तै येशु ख्रिष्टको जन्मदिन हुँदै होइन।
ख्रीष्टमस बारे बाइबल, ख्रिष्टियान ईतिहास साथै विश्व घटनाको जानकारी दिने प्रतिष्ठित पुस्तक ब्रिटानिका विश्वकोश (Encylopedia) के भन्छ?
येशु ख्रिष्टको जन्मबारे विश्व घटनाको जानकारी दिने एक प्रतिष्ठित पुस्तक ब्रिटानिका विश्वकोशमा (Encylopedia) पनि उल्लेख गरिएको छैन बरु “डिसेम्बर २५ येशु ख्रीष्टको जन्मदिन होइन, सुर्य देवताको जन्मदिन हो, क्रीसमस प्राचीन गैरईसाई धर्मको सुर्यको पर्वबाट सुरु भएको हो भनेर प्रष्ट लेखिएको छ। त्यसैगरि बाइबलमा येशु ख्रीष्ट जन्मनु भएको ठ्याक्कै मिति उल्लेख गरिएको छैन। तर बाइबलमा (लुका २:६-८) लेखिएका केही प्रमाणहरुद्वारा येशु ख्रीष्ट हिउदमा नभएर ‘बसन्त’ ॠतुतिर जन्मनु भएको थियो भन्ने कुरालाई बाइबलविद्हरुले पनि स्विकार्छन् भने उता “ख्रीष्टियान धर्मको इतिहास”मा भनिएको छ “ख्रीष्टियान मण्डलीहरुले विभिन्न गैरईसाई विचार र प्रतिमाहरु भित्र्याए, उदाहरणको लागि डिसेम्बर २५ तारिखको दिनमा ख्रीष्टको जन्मदिन मनाउने चलन सुर्यको जन्मदिन मनाउने पर्वबाट आएको हो”।
येशु ख्रिष्टसँग कुनै सरोकार नभएको सुर्य देवताको जन्मदिन ख्रिष्टमस कसरी येशु ख्रिष्टको जन्मदिन बन्न पुग्यो?
ख्रिष्टमसको उत्पत्ती इस्रायलबाट नभई सन् ३५४ बाट रोमी साम्राज्यबाट सुरु भएको हो। ख्रीष्टमस डिसेम्बर २५ को दिन आधिकारिक रुपमा मनाइएको चाँही पोप जुलियस पहिलोको समयमा थियो। त्यो दिन पुरै रोमी साम्राज्यमा ख्रीष्टमस मनाइएको थियो। ख्रीष्टमस उत्पत्ती भएको रोमी साम्राज्यमा खिष्टियान धर्म अनुसरण गर्नुअघी मिथ्रालाई सुर्य देवताको रुपमा विश्वास गर्ने मिथ्रा धर्म मान्ने गर्दथे। रोममा मिथ्रा धर्म इ.पु. पहिलो शताव्दीतिर फारसको जोरोआस्थ धर्मबाट भित्रिएको हो। तिनिहरुले पुज्ने सुर्य देवता मिथ्रालाई “अजेय देवता अपराजित लडाका” भन्ने गर्थे। त्यसबेला रोमी साम्राज्यमा कुलिन र राजाकिय परिवारमाझ सुर्य देवता धेरै लोकप्रिय बनेको थियो। साम्राज्य र सम्राटहरुको रक्षक देवताको रुपमा एकदमै चर्चा थियो। हरेक डिसेम्बर २५ मा सुर्य देवताको जन्मदिनका रुपमा मनाउथे। येशु ख्रिष्टको सुसमचार प्रचार हुँदै जादा रोमीहरु र रोमी सासक आँफैले पनि खिष्टियान धर्म अनुसरण गरे। तर ख्रिष्टियानहरु कुनै पनि ग्रह नक्षेत्रको पूजा गर्ने नभई अमुर्त रुपमा रहेका इश्वरलाई मात्र मान्ने हुँदा रोमी सासक आफुले मान्दै आइरहेको हरेक डिसेम्बर २५ लाई सुर्य देवताको जन्मदिन नभई येशु ख्रिष्टको जन्मदिनको रुपमा मनाउन रोमी जनताका नाममा उर्दी जारी गरे त्यसपछी ख्रीष्टमस मनाउन सुरु गरिएको उक्त गैरईसाई विचार र परम्पराले विश्वव्यापी रुप लिएको हो।
सान्ता क्लज (Santa Claus) को हुन र उसको ख्रीष्टमससँग के सम्बन्ध छ ?
सान्ता क्लजको शुरुवात माइरा ( Myra ) अहिलेको र्टर्की का विशप सन्त निकोलस ( St. Nicholas) बाट भएको मानिन्छ। उनी करिब चौथो शताब्दी अथवा सन् (२७० – ३१०) का ४० बर्ष थिए जो प्रायः रातको समयमा दुःखी र गरिब केटाकेटीहरूलाई उपहारहरू बाड्थे। उनको मृत्यु पछि उनलाई माइरा, टर्कीमा गाडियो। तर सन् १०८७ मा उनको अस्तु इटालीबाट व्यापारीहरूले माइराबाट चोरेर इटालीमा ल्याए, जसले गर्दा उनको ख्याती युरोप भरी फैलियो। युरोपका धेरै क्याथोलिक मण्डलीहरूले उनलाई सन्तको आदर दिई उनकै नाउमा कैयौ मण्डलीहरू स्थापना गरे। यसैक्रममा सन्त निकोलस सम्वन्धि कयौ दन्त्य कथाहरू प्नि सिर्जना गरे। सन्त निकोलस जो सबैभन्दा कम १७ बर्षके उमेरमा विशप बनेका थिए। १६ औ शताब्दीको सुधारको समयपछि सबै प्रोटेस्टेन्ट मण्डली भएको देशहरूबाट सन्त निकोलसको कथा हराएर गए पनि होल्याण्डमा भने सिन्टरक्लास (Sinterklaas) को नाममा कायम नै रहयो। सन्त निकोलसलाई डचहरूले १७ औ शताब्दीमा कथा आफ्नो नयाँ उपनिवेश न्यू आम्र्सर्टडम New Amsterdam अहिलको न्यू योर्क ( New York) मा पनि सँगै लिएर गए। सन् १८७० मा अमेरिकी चित्रकार (कार्टुनिुष्ट) थोमस नाष्टले पहिलो पटक ख्रीष्टमस बाजेको नक्सा उतारेका थिए। ख्रीष्टमस बाजेलाई बेलायतमा फादर ख्रीष्टमस, अमेरिकामा सान्ता क्लज र फ्रान्समा पेरे नोएल भनिन्छ। त्यहाँ सिन्टरक्लास का कथालाई खराब बालकलाई दण्ड र असल बालकलाई उपहार दिने व्यक्तिको दन्त्यकथामा परिणत गरे। परिणाम स्वरुप अमेरिकामा सिन्टरक्लास सान्ता क्लजको नाममा परिणत भई प्रख्यात भयो र अहिले त्यहाँबाट अरु देशहरूतिर फैलिदै नेपालमा समेत आइपुगिसकेको छ। ख्रिष्टियानहरु येशूको भूमिकालाई चर्चापरिचर्चा गर्न छोडेर ऐतिहासिक रुपले आधिकारिक पुष्टि नभएका सान्ता क्लजलाई बढवा दिएको देखिन्छ।
ख्रीष्टमस रुख ( Christmas Tree) को चलन कहाँ र कहिले भयो ?
ख्रीष्टमस रुखको सुरुवात जर्मनी देशबाट भएको हो। मध्यकालमा ख्रीष्टमस रुखमा स्याउ झुण्ड्याएर आदम र हव्वाको नाटक देखाउँथे। सनोवर रुख (Fir tree) सधै हरियो हुने भएकाले स्वर्गको रुख ( Paradise tree) पनि भनिन्थ्यो, जुन अदनको बगैचाको चिन्हको रुपमा लिइन्थ्यो। जर्मनीहरूले डिसेम्बर २४ को दिन आदम र हव्वाको चाड स्वरुप आ-आफ्नो घरमा सनोवर रुख सजाउँथे। ख्रीष्टमसको समयमा उनीहरूले काठको तीनकुने पिरामिड आकार बनाइ ख्रीष्टमसका वस्तुहरू जस्तै ताराहरू, चकलेट आदिले सजाउँथे। १६ औ शताब्दीमा ख्रीष्टमसको पिरामिड आकार र सनोवर रुख एकै ठाउँमा मिसाएर ख्रीष्टमस रुख ( Christmas tree) बनाइ सजाउने चलन आयो। यो चलन जर्मनीहरूको बीचमा निकै प्रख्यात भयो। १९ औ शताब्दीको शुरुमा क्रिसमस रुख को चलन बेलायतमा पनि फैलियो र साथै अमेरिकामा पनि फैलियो। १९ औ शताब्दीको अन्त्य देखि २० औ शताब्दीको शुरुमा पश्चिमी मिशिनेरीहरूद्धारा चीन र जापानमा पनि ख्रीष्टमस रुखको चलन भित्र्याइयो र अहिले २१ औ शताब्दीमा आएर नेपालमा भित्री सकेको छ। यि यावत कुराहरुलाई हेर्ने हो भने ख्रिष्टमस मानिनु र ख्रिष्टमसमा प्रयोग गरिएका यावत कुराहरुलाई हेर्ने हो भने ख्रिष्टको इच्छा भन्दा मान्छेका विचार र प्रतिमाहरु भित्र्याएको पाईन्छ।