हेर्नेखबर/काठमाण्डौ सर्लाहीको बागमती नगरपालिका-१ मिलनचोककी रुपा थापा मगर २२ बर्षकी भाईन। मानसिक असन्तुलन साथै छारे रोगको कारण उनी अझैसम्म राम्ररी बोल्न वा कुराकानी गर्न सक्दिनन। लामो समय उपचार गरेपनी स्वास्थ्य अवस्था सामान्य नभएपछी उनलाई बिगत पाच बर्षदेखी बाख्रा राखिने खोर जस्तो ठाउमा थुनिएर राखिएको छ।
रुपा दैनिकी आफ्नै घरको खोरमा ५ बर्षदेखी थुनिएर रहेकी छिन्। मानसिक असन्तुनन साथै छारे रोगका कारण उनी खोरमा थुनिएर बस्न वाध्य छिन्। २०५८ साल बैशाख ७ गते जेठि छोरीको रुपमा जन्मेकी रुपा १६ महिनामा बिरामी परीन। त्यसपछी उनको स्वास्थ सुधार हुन सकेन। रुपाको आमा खिममाया थापाले धेरै धामी झाँक्रीकोमा पुर्याएको र अस्पताल धाउँदा पनि निको नभएको बताउँछिन्। ५ बर्षदेखी एक्लै खोरमा थुनेर हिंडेको बताउछिन उनी।
१२ बर्ष पहिले तनहुँको घिरिङ्ग सुन्धारा गाउपालिका-६ ग्याझाबाट सर्लाही झरेको थापा परिवारकी जेठि छोरी रुपालाई पाच बर्षदेखी बाख्राको खोर जस्तो ठाउमा थुनिएर बसेकी छु भने कत्ती पनि पत्तो छैन। कुनै कुराको प्रतिक्रिया दिन नसक्ने उनी कसैसँग दोहोरो कुराकानी नै गर्दैनन्। छोरीलाई खोरमा थुन्नु रहर होइन बाध्यता बनेको छ, थापाको परिवारलाई।
आफ्ना छोराछोरीलाई बाख्राको खोर जस्तो ठाउमा थुनेर राख्ने रहर कसलाई पो होला? एकातिर ब्यस्त सडक अर्कोतिर शहरको भिडभाड छाडिदिउँ हराउने डर, बाध्यताको भुमरिले च्यापेपछी छोरीलाई बाहिर निकाल्नै सक्दिन, आमा खिममाया गहभरी आसु झार्दै दुखेसो पोख्छिन् । घरमा कोही हेर्ने मान्छे हुँदैन, अबोध किशोरि रुपा थापा अधिकांश समय खोरमै हुन्छिन। मेलापात नजाम कसरी परिवार पालौँ भन्ने चिन्ता, जाउँ घर छोडेर जाँदा बाख्राको खोर जस्तै ठाउमा थुनेर जानुपर्ने बाध्यता ।
उपचारका लागि परिवारले सक्दो प्रयास पनि नगरेका होइनन्। ऋण गरेर पनि उपचार गरेका थापाको परिवार सबै विकल्प सकिएपछि चिन्तामा छन्। छोराछोरीको भबिष्यको दियो खोज्न, रुपाको बाबा बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरवमा छन, बिदेशेसमा कमाएको पैसाले उपचार गर्दा पनि नभएको र छोरीको उपचारको लागि बिभिन्न ब्यक्ती साथै संघ सस्थालाई रुपाको आमा खिममाया सहयोगको अपेक्षा राख्छिन।
घरमै थुनेर राख्नुभन्दा बरु बालबच्चाहरू राख्ने ठाउँ भए त्यही लगेर राख्ने मनसायमा छन्, अहिले खिममायाको परिवार। तर उनीहरुले त्यस्तो संस्था र सहयोगी मनको साथ पाएका छैनन।
रुपाको आमासँग गरेको कुराकानी हेर्नुस्