बरिष्ठ लाेक तथा दाेहाेरी गायिका बिमा कुमारी दुराकाे सम्मानार्थ अमेरिकामा ” बिमा कुमारी दुरा सम्मान साँझ – २०२२ ‘ आयाेजना गरिएकाे छ । आगामी जुन २६ तारिखको दिन बाल्टिमोर मेरिल्याण्डमा कार्यक्रम आयोजना हुने निश्‍चित भएकाे छ । “नेपाल र नेपालीकाे शान, कला, संस्कृती हाम्राे पहिचान” भन्ने मूल नाराका साथ बिमा कुमारी दुरा सम्मान साँझकाे आयाेजना गरिएकाे कार्यक्रम संयाेजक बरिष्ठ सर्जक एवं गायिका सृजना विरही थापाले जानकारी दिनुभयाे । नेपाली लाेक दाेहाेरी गीत संगीत जगतमा लामाे समदेखि याेगदान पुर्याउदै आउनु भएका बरिष्ठ लाेक गायिका दुराकाे सम्मानार्थ कार्यक्रमकाे आयाेजना र संयाेजन गर्न पाउँदा आफू हर्षविभाेर भएकाे संयाेजक सृजना विरही थापाले बताउनुभयाे ।

गायिका दुराले हजाराैं कालजयी गीतमा आफ्नाे आवाज दिएर नेपाली गीत संगीत प्रेमी दर्शक श्राेताकाे माझमा उच्च स्थान बनाइसक्नु भएकाे छ । ” बिमा कुमारी दुरा सम्मान साँझ – २०२२ ‘ लाई सभ्य भव्य र विशेष रुपमा सम्पन्न गर्नका निम्ति आयाेजकले विभन्न जिम्मेवारीहरुकाे बाँडफाड समेत गरेकाे छ । कार्यक्रम संयाेजकमा सर्जक एवं गायिका सृजना विरही थापा, कार्यक्रम उद्घाेष तथा कलाकार संयाेजकमा लाेकप्रिय गायक राजन ठकुरी र आर्थिक संयाेजककाे जिम्मेवारी सुमित्रा लामालाई प्रदान गरेकाे छ । कार्यक्रमका लागि तयारी तिव्ररुपमा भइरहेकाे संयाेजक थापाले जानकारी दिनुभयाे । साथै उहाँले याे उच्च स्तरीय कार्यक्रमलाई सफल पार्नका सहयाेगका निम्ति सबैलाई अपिल गर्नुभएकाे छ । कार्यक्रम सभ्य एवं भव्य रहाेस् हाम्राे तर्फबाट धेरै धेरै शुभकामना । साथै सम्मानित हुदै गर्नुभएका वरिष्ठ गायिका बिमा कुमारी दुरालाई अग्रिम बधाई ।