हेर्ने खबर/काठमाण्डौ नेकपा एमाले रैनादेवी छहरा गाउँपालिका पाल्पा कमिटिले स्थानीय निर्वाचन २०७९ का सन्दर्भमा पालिकास्तरीय प्रतिवद्धतापत्र  जारी गरेको छ। उक्त पालिकास्तरीय प्रतिवद्धतापत्र यस्तो रहेको छ।

नेकपा एमाले रैनादेवी छहरा गाउँपालिका कमिटिले स्थानीय निर्वाचन २०७९ का सन्दर्भमा जारी गरेको पालिकास्तरीय प्रतिवद्धतापत्र
आदरणीय दिदीबहिनी दाजुभाइहरू !
नववर्ष २०७९ तपाईँ सबैको दिग्विजयको वर्ष बनोस्, फलिफाप होस्, हार्दिक मंगलमय शुभकामना । पाँच पाँच वर्षको अन्तरालमा सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन गर्ने नेपालको संविधानले व्यवस्था गरेअनुसार यही आउँदो २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन भब्य महोत्सवका रूपमा आयोजना हुन गइरहेको सहर्ष जानकारी गराउँछौँ । यस निर्वाचनमा सक्रियतामा साथ सहभागी भई आफ्नो विजयको सुनिश्चितता गर्न सबैलाई हार्दिक आह्वान गर्दछौँ ।
तपाईंले मलजल गरेको, तपाईंले हुर्काएको, आम देशभक्त गरिखाने जनताको हृदयको धुकधुकी बनेको र जनताले अत्यधिक मन पराएको लोकप्रिय पार्टी नेकपा एमाले स्वभाविक रूपमा विजयको निशानी उज्यालोको प्रतीक सूर्य झण्डा फर्फराउँदै स्थानीय निर्वाचनमा उत्रिएको सहर्ष घोषणा गर्दछौँ ।
वृद्ध आमाबुवालाई सम्मान गर्दै भत्ताको व्यवस्था गर्ने, एकल महिलालाई सम्मान गर्दै भत्ताको व्यवस्था गर्ने, दलित जनसमुदायलगायत अल्पसंख्यक जनसमुदायलाई सम्मान गर्ने, अपाङगता समुदायलाई भत्ता र सम्मान, जीवनको आशा सञ्चार गर्ने एवम् समग्र देशको विकास र समृद्धिको आधार भनेकै गाउँबस्तीको विकास हो भन्ने ठहरका साथ आफ्नो गाउँ आफै बनाऔँ भन्ने आह्वान गर्दै योजना र बजेटको सर्वप्रथम थालनी गरेर बाटाघाटा, पुलपुलेसा विद्यालय कलेज निर्माणको राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने एक मात्र पार्टी नेकपा एमाले नै हो । यो कुरा तपाईंको मनमन्दिरमा ताजैछ, सम्झना गराइरहन पर्दैन ।
पार्टी स्थापना सन् १९४९ अप्रिल २२ देखि राष्ट्रियता, जनवाद, जनजीविकाका निमित्त हुकुमी शासनहरु राणातन्त्र, राजतन्त्र र उसको कथित निर्दलीय पञ्चायती प्रजातन्त्रको समूल अन्त्य र लोकतान्त्रिक गणतन्त्रको निम्ति गरिएका हरेक आन्दोलनहरू, २०४६ सालको आन्दोलन, २०६२÷०६३ को आन्दोलनसमेतमा अग्रिम पङ्तिमा खटेर ज्यूज्यानको परवाह नगरी निर्णायक आन्दोलनको नेतृत्व हाँक्ने पनि नेकपा एमाले नै हो । यसरी सात दशकसम्म सञ्चालित आन्दोलनको उपलब्धिको रूपमा समावेशिता, सङ्घीयतासहितको लोकतान्त्रिक गणतन्त्रको संविधान संविधानसभाबाट संविधान निर्माण र त्यसलाई घोषणा र लागू गर्ने क्रममा पनि नेकपा एमाले पार्टीको अगुवाइ रहेको जगजाहेर छ ।
नेकपाका संस्थापक महासचिव पुष्पलालको माक्र्सवादी दर्शन, सिद्धान्त र निष्ठा, युगनायक मनमोहन अधिकारीको लोकतन्त्रप्रतिको प्रतिवद्धता अनुकरणीय जीवनशैली, जननेता मदन भण्डारीको वाम आन्दोलनलाई लोकतान्त्रिकीकरण गर्न जवज दर्शन र सिद्धान्त त्यसको युगान्तकारी प्रभाव नेपाली समाजमा गहिरोसँग परेको छ । त्यसरी इतिहासको विरासत र अग्रज नेताहरूको दर्शन, सिद्धान्तलाई सिर्जनात्मक ढंङ्गले व्यवहारिक जीवनमा लागू गर्न अहम् भूमिका निर्वाह गर्न सक्षम ऊर्जावान राजनेता अध्यक्ष कमरेड केपी ओलीको नेतृत्वले हाम्रो पार्टी र नेपाली समाज अकल्पनीय रूपमा परिचालित र प्रभावित भएको दिउँसोको घाम झैं छर्लङ्ग छ । नेपाली जनता र राष्ट्रको हितको पक्षमा संविधान जारी भएपछि असन्तुष्ट बनेको भारतले नेपाल र नेपाली जनताका बिरुद्ध लगाएको अघोषित नाकाबन्दीको विरुद्ध डटेर सामना गर्दै उत्तरी छिमेकी देश चीनसँग व्यापार तथा पारवहन सन्धी गरी विश्वव्यापी पहुँचका अवसरहरू सिर्जना गर्दै भारतीय नाकाबन्दीलाई सदासदाका लागि निस्तेज र अन्त्य गर्ने आन्दोलनको नेतृत्व पनि नेकपा एमाले र यही पार्टीको सरकार सफल भएको स्मरणीय छ ।
हाम्रो त्यो सरकारले संविधान कार्यान्वयन गर्ने सिलसिलामा विकास र समृद्धिका अभियानलाई अगाडि बढायो । नेपाली जनताले आशा र विश्वासका नयाँ सपनाहरू मनमनमा बुन्न थाल्नु स्वभाविकै थियो । तत्कालीन शासकहरूको सत्ता स्वार्थका कारण हाम्रो सार्वभौम स्वामित्वको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समाविष्ट गरिएको नक्सा हाम्रो पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा संसदबाट पारित र प्रकाशित गरेपछि देशीविदेशीहरूको षडयन्त्रको चक्रब्यूहबाट जन्मिएको अराजक दक्षिणपन्थी ग्याङ गिरोहको पञ्चदलीय सेटिङका कारण प्रधानमन्त्री निर्वाचन गर्ने व्यवस्थापिकाको अधिकारमाथि धावा बोल्दै अदालती परमादेश जारी गरेर एमाले नेतृत्वको सरकारलाई हटाइयो । त्यो सरकारले अगाडि सारेको बजेट र योजनाहरू व्यापक रूपमा कटौती गरिंदा स्थानीय विकास र निर्माण कार्यमा गम्भीर असर परेको छ । यद्यपि स्थानीय जनताले समृद्ध नेपाल र खुशी नेपालीको सन्देशलाई भुलेका छैनन् । केन्द्रीय सन्देशलाई अनुकरण गरी पालिकाहरूले निर्माण गरेका आफ्ना सन्देशहरू समृद्ध पालिकाः सुखी÷खुशी पालिकाबासीलाई निरन्तरता दिइनै रहेका छन् । सूर्यध्वजाबाट विजयी भई स्थानीय सरकार सञ्चालन गरेका पाल्पाका नगर तथा गाउँपालिकाहरूले जनसेवा, विकास, समृद्धि, समाज रुपान्तरणका क्षेत्रमा गरेका काम अब्बल रहेको तथ्य दिउँसोको घाम जस्तै छर्लङ्ग छ । स्थानीय सरकारलाई सही दिशा प्रदान गर्ने र विकासको गति बढाउने नेकपा एमालेका सबै जनप्रतिनिधिहरूप्रति हाम्रो पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
२०७४ साल फागुन ३ गते हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको ऊर्जाशील नेतृत्व र समृद्ध नेपाल सुखी नेपालीको अभियानले अन्य पार्टीका नेता, कार्यकर्ता र जनताहरू आकृष्ट भई नेकपा एमालेमा प्रवेशको लहर चलिरहेको छ । वाम आन्दोलनको मूल प्रवाहको नेतृत्व नेकपा एमालेले नै गरिरहेको छ । दक्षिणपन्थी यथास्थितिवादी, अवसरवादी पार्टी र समूहसँग गठबन्धन गर्ने, सरकार बनाउने क्रियाकलापले समाजवाद र साम्यवादको लक्ष्य हासिल हुन सक्दैन । आफूलाई क्रान्तिकारी र कम्युनिष्ट भन्ने केही पार्टीहरू गलत बाटोमा लागेका छन् । दक्षिणपन्थी र यथास्थितिवादी पार्टीसँग गाँसिएर समाजवाद आउँदैन भन्ने हाम्रो ठहर हो ।
विकास जनताको अधिकार हो । जनताले निर्देशित गरेको विकास दीगोपनको आधार भएकोले हामीले जननिर्देशित विकासको मान्यतालाइ अगाडि बढाउनु पर्दछ । साढे तिन वर्षको अवधीमा नेकपा एमाले सरकारले निम्न काम सम्पादन गरेको छ ।
औसत आयु ६९.६ वर्षबाट ७१.७ वर्षमा पु¥याएको ।
प्रतिव्यक्ति आय अमेरिकी डलरमा १०३९ बाट १११५ पुगेको छ र २०२४ सम्म १४०० पु¥याउने लक्ष छ ।
सडकको क्षेत्रमा यो तिन वर्षमा ११ हजार किमि बाटो निर्माण भएको छ भने ३ हजार किमि बाटो कालोपत्रे गरिएको छ । (जसमा कर्णाली, हुलाकी, मदन भण्डारी र काठमाण्डौ निजगढ प्राथमिकतामा छन् ।)
५४० पक्की पुल र ७५० झोलुंगे पुल बनेका छन् र तुइन विस्थापित भएको छ ।
सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको छ भने काठमाण्डौ निजगढ फास्टट्र«याक र सिद्धबाबाको सुरुङमार्गको डिपिआर तयार भएर ठेक्का प्रक्रियामा अगाडि बढेको छ ।
२ वटा विमानस्थल निर्माण सम्पन्न हुने चरणमा छन् भने निजगड अब चाँडै नै निर्माण सुरु हुँदै छ ।
३४ वटा घरेलु विमानस्थल सुचारु गरिएको छ भने हजारौँको संख्यामा हेलिप्याड निर्माण गरिएको छ ।
मेलम्चीको खानेपानी काठमाण्डौमा आइपुगेको छ भने एक घर एक घाराको अभियान आगामी ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष बनेको छ । इन्टरनेट सेवा ६१ प्रतिशतबाट ७५ प्रतिशत पुगेको छ भने घन् बाट द्धन् सेवामा स्तरोन्नति भएको छ ।
विगत ३ वर्षअघि प्रतिव्यक्ति विद्युत् खपत १५४ किलोवाट थियो भने हाल २८० किलोवाट खपत गर्दछन् । उत्पादनका हिसाबले १०३१ मेघावाटबाट १४३० मेघावाट भएको छ भने ५वर्षभित्रमा ५००० मेघावाट उत्पादन गर्ने लक्षका साथ काम भइरहेको छ ।
पुनर्निर्माणका हकमा ५ लाख निजी घर, ३००० विद्यालय, ४७२० जोखिमयुक्त घरहरुलाई नयाँ घर बनाएर सारिएको छ । रानीपोखरी, धरहरा, काष्ठमाण्डप, दरबार हाइस्कुल, केशरमहल, बबरमहल, सिंहदरबार लगायतका सम्पदा निर्माण भइसकेका छन् ।
पेट्रोलियम पाइपलाइन निर्माण भई अमलेखगञ्जसम्म पाइपलाइनबाट तेल आउन सुरु भएको छ ।
शान्ति प्रक्रियालाई पूर्णता दिने, सिके राउत, नेत्रबिक्रम चन्द(विप्लव) जस्ता फरक तवरबाट आन्दोलन चलाइरहेका समूहलाई राजनीतिक मूल धारमा ल्याउन सफल ।
राष्ट्रियताको मुद्दामा कालापानी, लिम्पियाधुरा र लिपुलेक जस्ता भारतबाट अतिक्रमित भूभागलाई नेपालको दावा प्रस्ताव गरी नक्सा प्रकाशन गर्न सफल ।
सामाजिक सुरक्षा कोष मार्फत मजदुरको हित, प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम मार्फत रोजगारी सृजना, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत कृषिलाई व्यावसायिक बनाउन सफल ।
जेष्ठ नागरिकको सुरक्षा भत्ता वृद्धि गरि हाल ४००० पुराइएकोछ ।
रैनादेवी छहरा गाउँपालिकामा एमाले अध्यक्ष क. केपी शर्मा ओली नेतृत्व सरकारले गरेका काम
रैनादेवी छहराको गाउँपालिकाको प्रशासनिक भवन ।
कालिका खेलमैदानलाइ पटक पटक रकम विनियोजन ।
जसमा हाम्रो पालिकामा वेदवेदाङ मावि भवन, भगवती मावि, भगवती आविको भवन, भवन,जोगवाणी माविका भवनहरु, जोगवाणी आविको भवन, रैनादेवी माविका भवन, कालिका माविको भवन, जनप्रिय मावि डाडाँगाउको भवन गुहारथाना माविको भवन, गौरादेवी माविको भवन, सत्यवती माविको भवन, विभिन्न विद्यालयमा खानेपानी तथा शौचालय निर्माण जस्ता कामहरु र करिव ५०० घर पुननिर्माण भएकाछन ।
मराम्दी चिसापानीको लागि पटक पटक वजेट विनियोजन
सुनौला १००० दिनका आमाको लागि पोषण कार्यक्रमका लागि रु ५० लाख वजेट
प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम
प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना सुन्तलाजोन निर्माण
सुन्तला खेती प्रवद्र्धनका लागि बजेट विनियोजन
एमाले नेता शंकर पोखरेलले नेतृत्व गरेको प्रदेश सरकारले हाम्रो पालिकामा सम्पादन गरेका मुख्य कामहरु ः
सालझण्डी सुन्दरढुंगा मोटरवाटो कालोपत्रे गर्न ३८ करोड बजेट विनियोजन गरि कामको सुरुवात ।
बुढिदमार स्मार्ट कृषि गाउँ कार्यक्रम,
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम
मराम्दी चिसापानी खापाको लागि नियमित वजेट व्यवस्था
गोखुंगा लिफ्ट खानेपानी नियमित बजेट
छचुवा खानेपानी
अमलावास लिफ्ट खानेपानी
चहला काउले मोटर बाटो
गुहारथाना लिफ्ट खानेपानी
अमलावास गोखुंगा मोटरबाटो स्तरउन्नती
धजावान्ने सोमादी सिद्धेश्वर मोटरवाटो
कालिका खेल मैदान
छेउखान खानेपानी
अमलावास सभाहल
छहरा दह भञ्ज्याङ मोटरवाटो
सत्यवती लिफ्ट खानेपानी
बल्ढेङगढी नुवाकोट पदमार्ग
स्थानीय सरकारले पुरा गर्न नसकेका आधारभूत कुराहरु
जनतालाइ आधारभूत सेवा प्रदान गर्न नसकेको ।
कुनै एउटा मूर्त र ठोस काम गर्न नसकेको ।
हरेक आयोजना फास्र्यौटमा जनतालाइ दुख पुराएको ।
स्थानीय उद्योगी तथा व्यवसायीहरुलाइ प्रोत्साहित गर्न नसकेको ।
अपांगता भएका व्यक्तिहरुका सन्दर्भमा समेत पक्षपात गरि पाउने सुविधा काटेको ।
केन्द्र तथा प्रदेश सरकारले विनियोजन गरेका अयोजनालाइ कार्यान्वयन गर्न आलटाल गरेर वजेट फ्रिज गरेको
रैनादेवी छहराको विगत ५ वर्ष अगाडि कस्तो थियो आज के भयो ? आधारभूत तथ्यांक निकाल्न नसकेको ।
आगामी दिनमा हाम्रा कार्यभार ः
नीति,कानुन तथा योजना तर्जुमा एव ं कार्यान्वयन
गाउँपालिकाको वृहत्तर विकासका लागि तथा यो पालिकालाइ स्थानीय सरकारको रुपमा विकास गरि जनतालाइ सेवा प्रवाह गर्न र सरकारको रुपमा महसुस गराउनका लागि निम्न कानून निर्माण तथा भएका कानूनको आवस्यक शंसोधन गरिनेछ ।
सामाजिक बिकास ऐन तथा नियम
गाउँपालिका सेवा प्रवाह ऐन तथा नियम
स्थानीय व्यवसाय सञ्चालन सहजीकरण ऐन
निर्माण व्यवसायी इजाजतपत्र वितरण कार्यविधी
समृद्धिका लागि नागरिक समूह गठन तथा सञ्चालन कार्यविधी
स्थानीय तहमा प्राकृतिक श्रोत संरक्षण तथा उपयोग कार्यविधी
सहकारी ऐन तथा नियम
शिक्षा ऐन तथा नियम
न्यायीक समिति तथा मेलकिलाप केन्दको व्यवस्थापन कार्यविधी इजलाश निर्माण
त्यसको अतिरिक्त यस गाउँपालिकाको वर्तमानको वास्तविक अवस्था पत्ता लगाउनका लागि निर्वाचित भएको ३ महिना भित्र आधारभूत तथ्यांक संकलन गरि वास्तविक अवस्था पत्ता लगाइनेछ । त्यसका आधारमा क्रमशः निम्न योजनाहरु तर्जुमा गरिनेछ ः
५ वर्षे रणनीतिक योजना निर्माण
५ वर्षे आवधिक योजना
१० बर्षे मध्यावधी योजना
२० बर्षे रुपान्तरण योजना
पालिकाको आयश्रोत बृद्धिको योजना २०७९
बालमैत्री स्थानीय शासन स्थापनाकाका लागि योजना
बातावरणमैत्री स्थानीय शासन गाउँ स्थापनाकाका लागि योजना
सरसफाइ मैत्री गाउँपालिका स्थापनाकाका लागि योजना

विभिन्न मापदण्डहरूका तयारी कार्यान्वयन
रैनादेवी छहराका विभिन्न स्थानलाइ आवास तथा शहरी विकास क्षेत्र तोकि बस्ती विकासको मापदण्ड तयार गरिनेछ ।
भवन निर्माण मापदण्ड, सडक निर्माण गर्दा त्यसको मापदण्ड, विद्यालय सञ्चालन , स्यंसेवक परिचालन जस्ता विषयमा मापदण्ड निर्धारण गरिनेछ ।
सेवा प्रवाहलाइ सहज र जनमैत्री बनाइ सेवा उपलब्ध गराउन निम्न कार्यहरु गरिनेछः
गाउँपालिकाको वर्तमान सेवा प्रवाह जनमैत्री छैन । सिफरिस, घटना दर्ता, योजना फरफारक जस्ता कार्यहरु जनमैत्री छैनन । ति कार्यलाइ व्यवस्थित र जनमैत्री बनाउनका लागि निम्न कार्य गरिनेछ ।
सिफारिसलाइ सरल र सहज बनााउनका आवस्यक निर्देशिका बनाइ जनतालाइ सुविधा प्रदान गरिनेछ ।
५ लााख भन्दा कम बजेट भएका आयोजनाहरुको सम्झौता, खाता सञ्चालन सिफरिस, अनुगमन तथा फस्र्यौट वार्ड कार्यालयबाट गरिनेछ । भुक्तानी डिजिटल प्रविधिी मार्फत उपभोक्ताको खातामा जाने प्रबन्ध मिलाइनेछ ।
सामाजिक सुरक्षा भत्ताको लागि ३ महिनामा एक पटक टोल टोलमा पुराउने व्यवस्था मिलाइनेछ ।
सुशासनका लागि जनताको लागि सूचना एप्सको प्रयोग गरेर हरेक सुचनामा जनताको पहुँच विस्तार गरिनेछ ।
जनमैत्री सेवा प्रवाहका लागि कार्यालयमा सूचना तथा सहायता डेस्कको स्थापना स्थापना गरि कार्यालय बाहिर सहजकर्ताको व्यवस्था गरिनेछ ।
जनमैत्री प्राविधिक फाँटको स्थापना स्थापनाका लागि प्राविधिक जनशक्तीलाइ आवस्यक तालिमको व्यवस्था गरि कार्यसञ्चालन गरिनेछ ।
कुनै पनि योजनाको लागत अनुमान तयार गर्दा नेपाली भाषामा तयार गरि उपभोक्ताले बुझेर कार्यान्वयन गर्ने व्यवस्था गरिनेछ ।
योजना काार्यान्वयन माापदण्ड निर्माण गरि उपभोक्ताहरुलाइ पर्ने अनावस्यक भार कम गरिनेछ ।
गाउँपालिकाको डिजिटल प्रोफाइल तयार गरि घटना दर्ता लगायतका कार्यहरुलाइ त्यसमा जोडिनेछ ।

शिक्षा
रैनादेवी छहरामा एउटा महाविद्यालय स्थापना गरी यस क्षेत्रलाइ शैक्षिक केन्द्रको रुपमा विकास गर्ने ।
पालिकामा एक खेलकुद विषय पढाउने खेल विद्यालय स्थापना गर्ने ।
पालिकामा स्थानीय मौलिक ज्ञान सीप र प्रविधि प्रवर्धन गर्न प्राविधिक विद्यालय स्थापना गर्ने ।
आधारभूत तहमा मानवमुल्यमा आधारित नैतिक बिधा समेत समावेश गरि १०० पूर्णाड्ढको पाठयक्रम विकास गरि लागु गर्ने ।
वेद वेदाङ्ग माविमा सँस्कृत भाषामा आधाारित कक्षा सञ्चालन गर्ने ।
विद्यालयको शैक्षिक प्रशासन चुस्त दुरुस्त पार्न कार्यविधी बनाइ लागु गर्ने ।
वाल सहजकर्ता र विद्यालय सहयोगीलाइ मापदण्ड बनाइ सेवा सुविधा उपलब्ध गराउने ।
विषयगत दरबन्दी मिलान गरि बहुकक्षा शिक्षणको वर्तमान अवस्थाको अन्त्य गर्ने ।
वडापालिका स्तरीय प्रज्ञाप्रविण शिल्ड तथा रनिङशिल्ड सञ्चालन गर्ने ।
हरेक विद्यालयमा भएका पुस्तकालयको स्तरउन्नती गर्ने नभएको विद्यालयमा पुस्तकालय स्थापना गर्ने ।
सूचना प्रविधीमा हरेक शिक्षकलाइ तालिम उपलब्ध गराइ उपकरण समेत उपलब्ध गराउने ।
अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्ने
स्काउट कार्यक्रम सञ्चालन गर्ने ।
अपांगता भएका वालवालिकाको लागि छुट्टै विद्यालय स्थापना गर्ने ।
कानून,प्रशासन सेवा लगायतका विषयमा कक्षा ८–१२ कक्षा सञ्चालन गर्ने ।
पालिकास्तर अतिविपन्न विद्यार्थीको लागि छात्रवृत्तीको व्यवस्था गर्ने ।
प्रतिभा प्रोत्साहन कार्यक्रम मार्फत प्राविधिक विषयमा उच्च शिक्षा पढन चाहाने वालवालिकालाइ सहयोग कार्यक्रम सञ्चालन गर्ने ।
विभिन्न विश्वविद्यालयसंग समन्वय गरि शिक्षा स्वंयसेवक कार्यक्रम सञ्चालन गरि गुणस्तरीय तथा मानवमुल्यमा आधारित शिक्षा प्राप्त गर्ने केन्द्रको रुपमा रैनादेवी छहरालाइ विकास गर्ने ।त्यसका लागि हरेक महिना बिज्ञहरुबाट प्रशिक्षण उपलब्ध गराउने ।
हरेक विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउने ।
मालिका आवि चहला लगायत इच्छुुक विद्यालयमा कक्षा थपको स्विकृती दिने ।
स्वास्थ्य
पालिकास्तरीय अस्पताल निर्माण गरि जनतालाइ आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने ।
स्वास्थ्य स्वयंसेविकालाइ तालिम तथा सुविधा थप गरि स्वास्थ आमा को रुपमा विकास गर्ने ।
जुठापौवाको गुहारथााना, भुवनपोखरीको छचुवा, फोक्केआँप, सत्यवतीको राजापानीमा सामुदायीक स्वास्थ्य केन्द्र स्थापना गरी जनतालाइ स्वास्थ्य सेवामा पहँुच स्थापना गर्ने ।
रैनादेवी छहरामा रहेको एकमात्र आयुर्वेदिक स्वास्थ्य केन्द्रलाइ स्तरउन्नती गर्ने र स्थानीय स्तरमा वैद्यको आधारभूत तालिम सञ्चालन गरि हरेक वार्डमा आयुर्वेदिक सेवा विस्तार गर्ने ।
हरेक माध्यमिक विद्यालयमा योगअभ्यास सञ्चालन गर्न एकजना शिक्षकलाइ तालिम प्रदान गर्ने ।
७५ वर्ष माथीका जेष्ठ नागरिक,अशक्त र सुत्केरी महिलालाइ घरमै स्वास्थ परिक्षण सेवा उपलब्ध गराउने ।
जेष्ठ नागरिकलाइ निशुल्क स्वास्थ्य बिमा कार्यक्रममा प्रभावकारी बनाइने ।
निशुल्क स्वास्थ्य बिशेषज्ञ सेवा सञ्चालन गर्ने ।
अस्पतालबाट निशुल्क वितरण हुन औषधिका अनुगमन विपन्न तथा अपाङगता भएका व्यक्तिहरु निशुल्क औषधीउपचार प्रबन्ध गर्ने ।
स्वास्थ चौकी भवनहरु नभएका वार्डहरुमा स्वास्थ्य चौकी भवन निर्माण गर्ने ।

खानेपानी तथा ढल निकास
हरेक घरमा प्रयाप्त स्वच्छ खानेपानी उपलब्ध गराउनका लागि उपभोक्ताको रुचिमा आधारित एकघर एक धारा कार्यक्रम लागु गर्ने ।
ढुंग्रखोला लिफ्ट खानेपानी मार्फत खुर्सानेमा एकघर एकधारा कार्यक्रम सञ्चालन गर्ने ।
नेपाने लिफ्ट खोनपानी मार्फत नेपाने, लेकटोल, जुठापौवा, बल्ढेङगढी तथा पानीडाडा माथिल्लो भाग सत्यवती समेतलाइ एकघर एक धारा खोनपानी उपलब्ध गराउने ।
मराम्दी चिसापानी खानेपानी सम्पन्न गरि सिद्धेश्वरको खानेपानी समस्या समाधान गर्ने ।
निम्दी साउने खानेपानी आयोजना मर्मत गरी सेवा विस्तार गर्ने ।
बेओरेखोला दीग ध्वाघाट खानेपानी एक घर एक धारा खानेपानी आयोजना सम्पन्न गर्ने ।
ढाव काउले लिफ्ट खानेपानी सम्पन्न गर्ने ।
लौधापानी खानेपानी सम्पन्न गर्ने ।
चहलामा एकघर एकधारा खानेपानी आयोजना सञ्चालन गर्ने ।
विकसित वजारक्षेत्रमा ढलनिकासको आवस्यक योजना बनाइ लागु गर्ने ।
दलित तथा अति विपन्न बस्तीमा सञ्चालित लिफ्ट खानेपानीमा लाग्ने विद्युत महसुलमा सहुलियत कार्यक्रम लागु गर्ने ।
तालपोखरामा एकघर एक धारा खानेपानी आयोजना सम्पन्न गर्ने ।
फोहोर मैला व्यवस्थापन सरसफाइ
हरेक घरमा सरसफाइ अभियान सञ्चालन गरी मेरो घर सफा घर अभियान सञ्चालन गर्न विद्यालयमा मार्फत सचेतना अभियान सञ्चाालन गर्ने ।
हरेक शहरोन्मुख बस्तीमा समुदायमा आधारित सरसफाइ अभियान सञ्चालन गर्ने ।
छहरा, अमलावास, भालुफान, मेहलढाप तथा काफलबुट्टाको फोहर व्यवस्थापनका लागि सरसफाइ केन्द्र स्थापना गरि सञ्चालन गर्ने ।
हरेक वार्डका केन्द्रहरुमा तथा औद्योगिक क्षेत्र सर्देवामा समदायमा आधारित सरसफाइ अभियान सञ्चालन गर्ने ।
विद्युतीकरण आधुनिक ऊर्जा
बस्तीमा रहेका काठका पोलहरु विस्थापित गरि गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउनका लागि आवस्यक कार्यक्रम सञ्चालन गर्ने ।
किसानको उत्पादन सुरक्षित गर्न तथा गुणस्तरीय बनाइराख्न सोलारडायरहरु उपलब्ध गराउने ।
उज्यालो रैनादेवी निर्माणका लागि विभिन्न स्थानमा सौर्य बत्तीहरुको व्यवस्था गर्ने ।
जलस्रोत तथा सिँचाइ पूवाधार
चहला सिंचाइ आयोजनाको निरन्तरता
चन्दनवास कुलो, सर्देवाको माझको कुलो, घेल सिंचाइ, टारी सिंचाइ चनौटे सिंचाइ
सडक तथा यातायात
रैनादेवी छहरा पाालिकास्तरीय सडक गुरुयोजना निर्माण निर्माण गरि सडकको प्राथमिकिकरण गर्ने ।
हार्थोक छहरा मोटरबाटोलाइ डेडिकेटेड डवलल्याण्ड मोटरबाटो निर्माण गर्न पहल गर्ने ।
सालझण्डी सुन्दरढुंगा सडकलाइ सातमुरे सम्म जोडि पालिकाको मुख्य सडकको रुपमा विकास गर्ने ।
अमलावास गाोखुंगा मोटरवाटो स्तरोन्नती
पेलावास बल्घा पाणिनी मोटरबाटो स्तरोन्नती
धजावान्ने जौखर्क बल्घा माोटरबाटोे स्तरोन्नती
काफलबुटा अमिले बेतेनी जुठाखोला चहला मोटरबाटो ट्रयाक ओपन
मेहलढाप गुहारथाना चहलीछेडा चहला मोटरवाटो ट्रयाक ओपन
चहला काउले सुकादमार, बुढीदमार केवरेछेंडा कृषि सडक निर्माण तथा स्तरोन्नती ।
बुढीचौर बुढीदमार जोगदमार मोटरबाटो स्तरोननती
केवरेछेंडा रोकाहा मोटरबाटो ट्रयाक ओपन
नेपाने पटुवाचौर पानीडाडा जुठापौवा मोटरवाटो स्तरोन्नती
धजावान्ने दिग सोमादी सिद्धेश्वर मोटरबाटो स्तरोन्नती
धजावान्ने तान्सिंगल सोमादी मोटरबाटो स्तरोन्नती
सोमादी पलाँसपाटा आरुखोला मो बा स्तरोन्नती
मुझुङ ठाटी भैसीखोला सर्देवा मोटरबाटो ट्रयाक ओपन
सेतीढुंगा छेउफान सर्देवा मोटरवाटो स्तरोन्नती
मनभाग ढुकुरखोला छचुवा अमिले मो बा स्तरोन्नती
पेलावास अर्धाइ डाडाँगाउ अमिले तालपोखरा मोबा स्तरोन्नती
सोमादी कोकलधारा ठडुवा मोबा स्तरोन्नती
सोमादी निम्दी सर्देवा मोबा ट्रयाक ओपन
सातमुरे मोटरपुल निर्माण
धुले सडक ५० कि.मी
ग्राभेल सडक २० कि.मि
कालोपत्रे पक्की सडक १० कि.मी.
गोरेटो, घोडेटो, सडक पेटी, पैदलमार्ग आदि १००.कि.मि निमाण र पर्ने प्रभाव
सङघ तथा प्रदेश एव विभिन्न दातृनिकाय तथा सङघ संस्थाहरूसँगको पहलकदमी
संघ प्रदेश तथा विभिन्न दातृनिकायसंग समन्वय गरेर विभिन्न आयमूलक सीपमूलक तथा भौतिक पूर्वाधार विकास कार्यक्रमहरु अगाडि बढाइनेछ ।
जेष्ठ नागरिक बालबालिका अपाङगता भएका अशक्त पछाडि परेको वर्ग तथा समुदायका उत्थान तथा सामाजिक सुरक्षा
जेष्ठ नागरिकका निमित्त स्वास्थबिमा कार्यक्रम प्रभावकारी बनाइनेछ ।
नियमित स्वास्थ परिक्षण सेवा घरमै उपलब्ध गराइनेछ ।
सामाजिक सुरक्षा भत्ता टोलमै गएर उपलब्ध गराइनेछ ।
हरेक वार्डमा जेष्ठ नागरिकहरु जम्मा भएर रमाइलो गर्नका लागि जेष्ठ नागरिक मनोरञ्जन गृह निर्माण गरिनेछ ।
पालिकामा भएका सबै अपांगता भएका व्यक्तिहरुको लागत संकलन, वर्गिकरण तथा अवस्था विश्लेषण गरिनेछ ।
अपांगता भएका व्यक्तिहरुलाइ सीपमूलक तालिम प्रदान गरिनेछ ।
अपांगता भएका व्यक्तिहरुलाइ उद्यमशिल बनाउन कार्यक्रम सञ्चालन गरिनेछ ।
अपांग भत्तालाइ व्यवस्थित रुपमा वितरण गरिनेछ ।
यो पालिकामा पछाडि परेको वर्ग कुमाल जाती तथा अति विपन्न दलितहरुको निमित्त विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
वालवालिकाको लागि विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गरिनेछ ।
कृषि तथा पशुपञ्छी
कृषि क्षेत्रको विकासका लागि यो गाँउपालिकामा सिद्धेश्वरमा रहेका खेतीयोग्य फाँट, सोमादीको सर्देवा, मुझुङको छेउफान, भैसीखोला, अधेरीखोला,छहराको धुवााघाट, मगाल,दागीलको हरिआँप, भुवनपोखरीको विभिन्न फाँट, जुठापौवाका चहला फाँट, बल्ढेङगढीको जोगदमार, ढाव, हात्तीपाइले, नरकटे, विन्दमार,लौधापानी, सत्यवतीको इटिया, बुडीदमार, खुर्साने आदि ठाउँको माटो परिक्षण गरि तरकारी तथा नगदेवाली खेती गर्नका लागि पकेटक्षेत्रको रुपमा अगाडि बढाइनेछ ।
पालिकालाइ अकबरे खुर्सानीको हवको रुपमा विकास गरिनेछ ।
फलफूलका लागि अमलावास, मुझुङ, सल्लेधारा तिनधारे, दीग, तान्सिंगल, लगायतका स्थानहरु सुन्तलाजात फलफुलको खेती भएको र सुन्तलाजोन कार्यक्रम सञ्चालन भएकोमा अन्य क्षेत्रमा कागती, जुनारखेती समेतलाइ प्राोत्साहन गरिनेछ ।
खुर्साने, बुढीदमार, सुकादमार, गहते काउले, चहला, राजापानी,चिदीपानी, लौधापानीलाइ कफी पकेटक्षेत्रको रुपमा विकास गरिनेछ ।
जुठा बल्ढेङ र सत्यवतीमा पाइने दालचिनी खेतीलाइ प्रोत्साहित गर्दै दालचिनी प्रशोधन केन्द्र स्थापना गरिनेछ ।
व्यवसायीक बाख्रापालन, गाइपालन, बंगुरपालन, भैसी पालनलाइ बिशेष प्याकेज कार्यक्रम सञ्चालन गरिनेछ ।
गुहारथाना, अमिले बेतेनीलाइ फापरखेतीको हवको रुपमा विकास गरिनेछ भने माटो परिक्षण गरि बदाम खेतीको लागि समेत उत्पादन क्षेत्र तोकिनेछ ।
व्यवसायी लोकल कुखुरा फार्मलाइ प्रोत्साहित गरिनेछ ।
ढाव, इटिया राजापानी,धरमपानी,तारेपहरा लौधापानी लगायतको क्षेत्रमा व्यवसायी केराखेती गर्नका लागि बिशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
सहकारी क्षेत्रका विकास
एक वडा एक व्यवस्थित सहकारी कार्यक्रम सञ्चालन गरि पालिकास्तरीय सहकारी विकास वोर्ड गठन गरिने छ ।
हरेक घर सहकारीको शेयर सदस्य भन्ने अभियान सञ्चालन गगरिनेछ भने हरेक उत्पादन सहकारी मार्फत खरिद गरिनेछ र हरेक शेयर सदस्यलाइ अनिवार्य वचत कार्यक्रम सञ्चालन गरिनेछ ।
सहकारी सञ्चालन डिजिटलाइजेशन प्रकृयाबाट गरिनेछ ।

समृद्धिका लागि गाउँ विकास कार्यक्रम
हरेक बस्तीमा बिकासको समान वितरण तथा मानवीय तथा सामाजिक पक्षको विकासका लागि समृद्धिका लागि गाउँविकास कार्यक्रम लागु गरिनेछ ।
जसमा निम्न कुरा हुनेछन ः
युवा, महिला, बालवालिका, दलित जनजातीहरुको सञ्जाल निर्माण हुनेछ भने उनिहरुको अध्यक्ष तथा सचिवहरुको साझा परिषद गठन गरिनेछ ।
मानवीय तथा सामाजिक विकासका लागि उनिहरुलाइ योजना तर्जुमा, त्यसको कार्यान्वयन, तथा उपभोगमा सकृय सहभागिता गराइनेछ ।
यहि कार्यक्रम मार्फत १२०० युवाहरुलाइ उद्यमशिलतामा जोडिनेछ भने महिला, दलित जनजातीलाइ सीपमूलक तालिम प्रदान गरि आयआर्जन जोडनका लागि तालिम उद्यमका लागि अभियान सञ्चालन गरिनेछ ।
स्थानीय संस्कृतिको संरक्षण, बृद्धपन व्यवस्थापन, बाल मञ्च गठन तथा सञ्चालन , युवा परिषद गठन तथा सञ्चालन आदि कार्य सञ्चालन गरिनेछ ।

भूमि व्यवस्थापन, शहरी विकास तथा बस्ती विकास
भु उपयोग योजना तयार गरिनेछ ।
बर्षैांदेखि बसोवास गरिआएका तर हालसम्म पनि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्न नसकेको रोकाहा, राजापानी, तारेपहरा, तथा धरमपानी क्षेत्रका जग्गाधनीलाइ प्रकया मिलाइ प्रमाणपुर्जा उपलब्ध गराइनेछ ।
अव्यवस्थित बसोवास गरेका क्षेत्रमा प्रकृया पु¥याइ पुर्जा उपलब्ध गराइनेछ ।
अतिविपन्न बसोवास नभएका परिवारका लागि सुरक्षित आवास कार्यक्रम सञ्चालन गरिनेछ ।
छहरा, अमलावास, भालुफान, पेलावास गोखुंगा, इटिया, केवरेछेडा, टारी, खुर्साने जुठापौवा, तिनगिरे,सर्देवा तान्सिंगल, सोमादी, अर्चले र बल्ढेङगढीलाइ पर्यटकीय तथा व्यापारिक केन्द्रको रुपमा विकास गर्न योजना तर्जुमा गरिनेछ । सो क्षेत्रलाइ बस्ती बिकास गरि शहरीकरण प्रकृया अगाडि बढाइनेछ ।
सोमादीको दहलाइ नया बस्तीको रुपमा विकास गरिनेछ ।
पर्यटन पूर्वाधार विकास तथा प्रर्वद्धन
पालिका स्तरीय पर्याटन विकास गुरुयोजना निर्माण गरिनेछ ।
सो योजना अनुरुप पदमार्ग निर्माण, बल्ढेङगढी देखि बेलवास सम्म, देलुंगा देखि सर्देवा सम्म, तिलकथान देखि मगााल सम्म प्यााराग्लाइडिङको सम्भाव्यता अध्ययन गरिनेछ ।
बल्ढेङगढी पर्यटन क्षेत्र प्रबद्र्धन, सिद्धेश्वरधाम, पाणिनी तपोभूमि क्षेत्र तिनगिरे पर्यटन पूर्वाधार विकास कार्यक्रम, रैनादेवी तथा मच्छेन्द्रादेवीको गुरुयोजना कार्यान्वयन गरिनेछ ।
मगालखोलामा बाँध निर्माण गरि जलाशय निर्माण गरि बोटिङ सञ्चालन गरिनेछ ।
सिद्धेश्वरको साउनेको डाँडामा ढुंगेबगैचा निर्माण गरिनेछ ।
सत्यवती तथा बल्ढेङगढीका विभिन्न बस्तीमा होमस्टे सञ्चालन गर्न कार्यक्रम सञ्चालन गरिनेछ ।
कला कृति तथा पुरातात्विक सम्पदा
यस गाँउपालिकामा प्रचलित सोरठी, तिज गित, मालश्री,मावल असारे गीत, फागु, भजन,स्थानीय सालेजो लगायत झ्याउरे गीतहरुको संरक्षण, सम्बद्र्धन र विकासका लागि गाँउपालिकाले कार्ययोजना बनाएर काम गरिनेछ ।
बल्ढेङगढी एतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण रैनादेवी तथा मच्छेन्द्रादेवीको ऐतिहासिक क्षेत्रको संरक्षण गरिनेछ ।
पालिका भित्रका कला कृति तथा पुरातात्विक सम्पदा संरक्षण गरिनेछ ।
युवाको क्षमता विकास, खेलकूद रोजगारी सिर्जना उद्यमशिलता विकास
१२०० युवालाइ क्षमता विकासका लागि उद्यमशिल विकास तालिम सञ्चालन गरिनेछ ।
पालिका भित्र आवस्यक पर्ने विभिन्न क्षेत्रका मिस्त्री लेवलको तालिम सञ्चालन गरिनेछ ।
पालिका भित्र कृषि तथा जडिवुटिजन्य बस्तुमा आधारित उद्योग स्थापना गरिनेछ । जसवाट प्रयाप्त रोजगारीको सृजना हुनेछ ।
कृषि, पशुपालन, डेरी, मासु जस्ता बस्तु उत्पादन विक्रि बितरण जस्ता कार्यमा युवाहरुको लागि उद्यमशिलतामा जोडिनेछ ।
पालिकास्तरमा रनिङशिल्ड, वार्डस्तरीय रनिङशिल्ड, पालिकास्तरीय प्रज्ञाप्रविण शिल्ड सञ्चालन गरिनेछ ।
पालिकास्तरमा एक खेलस्कूल स्थापना गरिनेछ ।
महिला समानता र शक्तीकरण
हरेक क्षेत्रमा महिला सहभागिता बढाइनेछ ।
हरेक उपभोक्ता समितिमा ५० प्रतिशत महिलाको सहभागिता सुरक्षित गरिनेछ ।
हरेक विद्यालयमा सेनेटरी प्याड उपलब्ध हुने व्यवस्था मिलाइनेछ ।
सुनौलो १००० दिनका सुत्केरी आमाहरुको स्याहार कार्यक्रम सञ्चालन गरिनेछ ।
हरेक उद्यमशिल कार्यक्रममा महिलालाइ पहिलो प्राथमिकता तोक्नेछ ।
एकल महिलालाइ सीपमूलक तालिम प्रदान गरि उद्यमशिल बनाउन ।
समुदायका उत्थान तथा सामाजिक सुरक्षा
अल्पसंख्यक कुमालजातीको उत्थानका सन्दर्भमा बिशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
कुमालहरुको भाषा र सीपको संरक्षण सम्बद्र्धन र विकासको कार्यक्रम सञ्चालन गरिनेछ ।
जेष्ठपन व्यवस्थापनका लागि बिशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
वन तथा वातावरण एव विपद जोखिम व्यवस्थापन वन्यजन्तुसंगको द्वन्द न्यूनिकरण
बन्यजन्तु बाँदर बनेल तथा दुम्सीलाइ नियन्त्रण गर्न संघीय तथा प्रदेश सरकारसंग समन्वय गरि कार्यविधी बनाइ कार्यक्रम सञ्चालन गरिनेछ ।
सामुदायीक वनमा सामुदायीक चिडियाखाना स्थापनाका लागि प्रोत्साहन गरिनेछ ।
हरेक वर्ष अनिवार्य रुपमा लाभदायी, आम्दानीदायक वृक्षहरुको रोपण गरिनेछ ।
सामुदायीक वनहरुमा विभिन्न जातका फलफूलका विरुवाहरुको रोपण तथा संरक्षण गरिनेछ ।
हरेक सामुदायीक वनको क्षमता अभिवृद्धिमा जोड दिइनेछ ।
डढेलो नियन्त्रणका लागि आावस्यक योजना निर्माण गर्न सामुदायीक बन,सरकारी बन तथा निजी बनलाइ बर्गिकरण गरि कार्यक्रम सञ्चालन गरिनेछ ।
बाढी पहिरो तथा प्राकृतिक प्रकोप नियन्त्रणका लागि योजना बनाइ लागु गरिनेछ ।
लघु उद्योग एव स्थानीय बजार व्यवस्थापन
कृषिमा आधारित लघुउद्योग स्थापना गर्न सहजीकरण गरिनेछ ।
सत्यवतीमा दालचिनी प्रशोधन उद्योग स्थापनाका लागि पहल गरिनेछ ।
छहरामा डेरी उद्योग स्थापना गर्न पहल गरिनेछ ।
तरकारी उत्पादन क्षेत्रमा तरकारी तथा फलफूल संकलन केन्द्र स्थापना गरिनेछ ।
कफि उत्पादनलाइ व्यवस्थित गर्न पल्पिङ गर्ने व्यवस्था मिलाइनेछ ।
छहरामा हाटबजार व्यवस्थापन तथा सञ्चालन गरिनेछ ।
छेउफान, जोगदमार,तालपोखरा देउलेमा सालको टपरी उद्योगको सुरुवात गरिनेछ ।
सर्देवालाइ बाणिज्यकेन्द्रको रुपमा विकास गरिनेछ ।
कुखुरापालकहरुको लागि दाना उत्पादन उद्योग स्थापनाका लागि सहजीकरण गरिनेछ ।
स्थानीय स्रोत साधन तथा राजस्व परिचालन
स्थानीय तहमा पाइने श्रोत साधनको उच्चतम उपयोग गरिने छ ।
प्राकृतिक श्रोत संरक्षण तथा उपयोगका लागि कार्यविधी बनाइ काम गर्ने ।
बस्तु निर्यातलाइ प्राथमिकता प्रदान गरिनेछ ।
खानी खनिजमा हुनसक्ने रोयल्टी चुहावटलाइ रोकिनेछ ।
राजश्व संकलनमा सहजीकरण गरिनेछ ।
उद्योगमैत्री वातावरण सृजना गरि उद्योग स्थापनामा प्रोत्साहन गरिनेछ ।
न्यायिक समिति एव मेलमिलाप केन्द्र व्यवस्थापन ः
न्यायीक समितिको क्षमता अभिवृद्धि गरिनेछ ।
पालिकामा व्यवस्थित इजलाश स्थापना गरिनेछ ।
मेलमिलाप केन्द्रहरुको सवलीकरण गरि विवादहरुलाइ स्थानीय स्तरमै समाधान गर्ने गरी मेलमिलापकर्ताको क्षमता अभिबृद्धि गरिनेछ ।
जिल्लामा पर्नसक्ने कानूनी अप्ठयारा पनि पालिकामै सहजीकरण गर्ने व्यवस्था मिलाइनेछ ।
पालिकामा कानूनी सहायता कक्ष स्थापना गरिनेछ ।