राजु ढुङ्गाना- प्रनिल नेपाली साङ्गितिक रंगमञ्चमा हालै सार्वजनिक भएको तत्कालिन माओवादी जनयुद्धमा आधारित गायक “प्रकाश सपूत को “पिर” नामक एल्बमले यतिखेर राष्ट्रिय चर्चा सङ्गै राजनीतिक छेत्रमा समेत ठूलो बहस ल्यायो!
“पिर” नाम दिएको उक्त भिडियोमा देखाइएको दृश्यलाई लिएर साँस्कृतिक र राजनीतिक दुवै रंगमञ्चमा घनिभुत बहस भैरहेको छ, उक्त बहस वा विवाद खासगरी नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता तहबाटै सिर्जित भएको छ!
माओवादी साथिहरुले “पिर” विरुद्ध जस्तो प्रकारको तर्कहरु राखिरहेका छन उक्त तर्कहरु खाओवाद वा खाओवादी कोणबाट गरिरहनु भएको छ! किनकी जनयुद्ध पश्चात् भनौ वा शान्तिप्रकृया ;प्रारंभ यताको समयलाइ प्रकाश सपूतले “पिर” भिडियो दृश्यमा बडो कलात्मक तवरले वर्तमान यथार्थको चित्रणलाई माओवादी साथिहरुले जनयुद्धको र जनयुद्धमा सहभागी महिला योद्धाहरुको अपमान भएको तर्क पेश गरिरहनु भएको देखिन्छ! वाहाहरुबाट आयका तर्क वा बिरोधका शब्दजालहरु खाओवाद/खाओवादी प्रवृत्ति वा दृस्ठिकोणनै हो भन्ने मेरो बुझाइ हो!
खाओवाद/खाओवादी दृस्ठिकोण कसरी?
उक्त “पिर” भिडियोको प्रारम्भ मै भनिएको छ;
“दर्शकबृन्द तत्कालिन माओवादीको नेतृत्वमा नेपालमा दश बर्ष सशस्त्र युद्ध भयो! जसको बलमा मुलुकमा गणतन्त्र, संघियता, धर्म निरपेक्ष, समावेशी लगायतका ऐतिहासिक परिवर्तन भए! व्यवस्था बदलिय पनि परिवर्तनका लागि लडेका योद्धा र आम नागरिकको अवस्थामा भने अपेक्षित परिवर्तन आउन सकेन! बरु व्यवस्था बदलिय सङ्गै देश बदल्न र संसदमा गएकाहरु आफैं बदलिय र दस बर्ष युद्धको नेतृत्व गरेकाहरु विभिन्न स्वार्थ र बिचारमा बिभाजित भए! आज नेकपा माओवादी त्यो बेलाको माओवादी रहेन”!
“पिर” भिडियोको प्रारम्भ मै यसरी उल्लेख गरिएको विषय र उक्त भिडियो गितमा प्रयोग गरिएका शब्दहरु वर्तमान यथार्थ होइन भनेर भन्न सक्ने के आधार छ? कसरी जनयुद्धको अपमान हुनसक्छ? नामको व्यवस्था परिवर्तन बाहेक योद्धा र आम नागरिकको जिवनमा के परिवर्तन आयो? “पिर”ले कहाँ कसरी अपमान गर्यो ? आफुलाइ सक्कली माओवादी भन्नेहरुले यसको यथेष्ट जवाफ दिन सक्नुपर्छ नत्र जनयुद्धको अपमान शब्दको पर्दाले यथार्थलाई छोप्ने नियतको तर्क वा बिरोध भनेको खाओवाद/खाओवादी दृस्ठिकोण नभए के हो?
“पिर”मा प्रयोग भएको :- देश भन्नू के नै रैछ चार किल्लाको माटो त्यही माटो नि उस्कै रैछ जो छन टाठोबाठो” यो शब्द भित्रको यथार्थ नेपाली राजनीतिको चरित्र होइन भनेर भन्ने ठोस परिभाषा कसैसङ्ग छैन! जसले आज तोडमतोड जवाफ दिरहेका छन तिनिहरुमा खाओवाद हावी छ भन्ने तथ्य यहीँनेर भेटिन्छ!
अस्तिभर्खर मात्रै “जीवन” नाम गरेका तत्कालिन माओवादी सेनाका कम्पनी कमान्डरले समयमै उपचार नपाएर मृत्यु वरण गर्नुपर्यो! निजको अवस्था बारे मेरै पहलकद्मीमा अन्नपूर्ण पोस्ट पत्रीकाले विषय बाहिर ल्याएपछि बल्ल माओवादी भनिने नेतृत्वले चाल पायो र हामी साथिहरु मिलेर चन्दा/सहयोग संकलन गर्दै बचाउने प्रयासमा जुट्यौं तर अन्तत मृत्यु भयो!
अर्का पिडित नुवाकोटमा प्यारालाइसेस अवस्थामा छन निजको देब्रे पाटो नचल्ने अवस्था छ तर माओवादी भनेर फुर्किने नेतृत्वलाई यो विषय पत्तो समेत छैन, यी त प्रतिनिधि घटना मात्रै उल्लेख गर्दैछु यस्ता थुप्रै समस्याबाट योद्धाहरु गुज्रनु परेको छ!
देशमा परिवर्तन/ गणतन्त्र ल्यायौं भनेर बुरुक्क हुने हामी कयौं योद्धाहरु जिवनयापन कै लागि वैदेशिक रोजगारीमा खाडी जान बाध्य भयौं, परिवर्तन ल्याएर जीवन चलाउन खाडी पस्नुपर्ने कस्तो परिवर्तन ल्यायौं? एकातर्फ गणतन्त्र ल्याएर देश परिवर्तन भयो पनि भन्छौं तर अर्कोतर्फ परिवर्तन भएको देश छोडेर जीवन चलाउन खाडी पस्न लाम लाग्छौँ कति बिरोधाभाष छ हामिले भन्ने गरेको परिवर्तन ! अनि आफैंमा हास्यास्पद र लज्जास्पद जस्तो अनुभिती हुनेगर्छ!
गणतन्त्र जास्ता परिवर्तन ल्याउने योद्धाहरु खाडी पस्दा जनयुद्धको अपमान नहुने, उपचार गर्न आर्थिक अभावमा जीवन मृत्यु हुदा जनयुद्धको अपमान नहुने, तर आज एउटा गायकले त्यही योद्धाहरुले भोग्नुपरेको जीवन र नेतृत्वको लापरबाहीलाई पर्दामा यथार्थ चित्रण गर्दा जनयुद्धको अपमान भयो भन्नेहरु सक्कली माओवादी होइनन् वा सक्कली माओवादीको नस-नसमा खाओवादले घर गरेको भनेर बुझ्दा आजको समयले बुझाएको बुझाइ हो!
परिवर्तन आएको पनि पन्ध्र बर्ष भैसक्यो, यो पन्ध्र बर्षमा न त एउटा राम्रो अस्पताल बन्यो, न त उद्योग कलकारखाना स्थापना भयो, जाबो एउटा मालपोत कार्यालयमा समेत सुधार आएन, वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या पनि घटेन , पहिले साहुमहाजनले जस्तो व्यवहार गर्थे आज पनि उस्तै व्यवहार छ, आजपनी हुनेखानेहरुकै हालिमुहाली छ, देशको शिक्षा मन्त्रीकै छोरी शिक्षा लिन अमेरिका जानुपरेको लज्जास्पद दृश्य त तपाइँ हामिले देखेकै हौँ ! आजपनी सामान्य उपचार गर्न नेताहरु आफैं बिदेश गैरहेको अर्को लज्जास्पद तथ्य हो,!
यो पन्ध्र बर्षमा खाली निर्वाचन, यो गठबन्धन र त्यो गठबन्धन तथा सरकार गिराउने र बनाउने भन्दा तुलनात्मक अरु केही भएन यस्ता यावत घटना दृश्यहरुको कारण जनयुद्धको अपमान भयो भनेर कसैबाट बेतोड बिरोध भएन तर आज एउटा गायकले यहि र यस्तै यथार्थहरुलाइ साङ्गितिक पर्दामार्फत दृश्य देखाइदेपछी तथाकथितहरु जनयुद्धको अपमान भनेर चिच्याउनु भनेको खाइपाइ आएको खुराकमा क्षती पुग्ने हुदा हतोत्साहित भएका छन् यो भनेको खाओवाद नै हो! नत्र त कमजोरी स्वीकार गरेर समाधान तर्फका तर्कहरु आउनुपर्ने हो!
माओवादी आन्दोलनका पुर्णकालिन योद्धाहरु मध्य प्रत्यक्ष युद्धमा सहभाही माओवादी सेनाका लाडाकुहरुको तथाकथित समायोजनको नाउँमा अभद्र र अपमानपुर्ण व्यवस्थापन गरियो जसमा अपमानपुर्ण मापदण्ड राखेर पैसामा एक किसिमले बेचे सरह व्यवस्थापन गरिएपनी आज उक्त व्यवस्थापन न्यायपुर्ण थिएन भन्ने तथ्य त योद्धाहरुले बाध्यात्मक भोग्नुपरेको जिवनयापनको प्रतिनिधि घटनाहरुले पुष्ठि गरिरहेकै छ!
आजपनी कमसेकम अपवाद बाहेक जिल्ला प्रमुख देखि माथिल्लो ओहदाका नेतृत्वहरुको जीवन शैली र सम्पती हेर्ने हो भने पनि तल्लो तहका पुर्णकालिन योद्धाहरु प्रती पो अपमान भएको देखिन्छ तर “पिर” दृश्यमा योद्धाहरु यसरी पनि जीवन जिउँन बाध्य छन है वा बाध्य हुन सक्छन है भन्ने आसययुक्त ऐना प्रस्तुत गर्दा जनयुद्धलाई अपमान भयो भन्ने नेतृत्वको वरिपरि खाइपाइ आएकाहरुको तर्क अन्यायपुर्ण तर्क हो!
उसो त अर्को तर्क पनि छ, देश परिवर्तनमा लडेका योद्धाहरु बरु मर्छन तर शरीर बेचेर बाच्दैनन” यस्तो आदर्शवादी तर्क व्यवहारिक रुपमा कतिहद सम्म कायम रहन्छ? यो गम्भीर सैद्धान्तिक प्रश्न हो जस्तो लाग्छ! अभाव र पिडाको सिमा कतिसम्म तय हुन्छ? भोकले मानिसलाइ कतिहदसम्म स्वाभिमानी राख्न सक्छ? देश बेच्न पछि नपर्ने नेतृत्व भएको देशका नागरिकले आफ्नो निजि शरीर बेचेर जिवनयापन गर्नुपर्ने बाध्यता नियत हो या नियती ? याता कयौं प्रश्न छन् !
विवादको विषय र सकारात्मक पक्ष :-
प्रकाश सपूत को “पिर” भिडोयो दृश्यमा देखाइएको योद्धाहरुले भोग्नु परेको अभाव, अभावले निम्त्याएको बाध्यता र बाध्यताले डोर्याएको बाटो नै प्रमुख विषय हो!
दृश्यमा माओवादी एक महिला सेना अभाव कै कारण देह पेशामा लागेको दृश्यलाई लिएर माओवादी बृत्तबाट बिरोध भएको देखिन्छ, उक्त दृश्यले महिला योद्धाहरुको अपमान भएको माओवादी साथिहरिको तर्क छ! यो तर्कपनी खाओवादी तर्क नै हो, किनकी देह पेशा गरेर बाध्यात्मक जीवन बाची रहेका कयौं आम महिलाहरु नेपालमा छन् यो हिसाबले त पुरै देशको अपमान भएको भन्ने बिन्दुमा पुग्नुपर्छ तर समाधान अहिले सम्म कस्ले दियो? बरु नेताहरु नै त्यसकिसिमका हर्कतहरुमा आफैं संलग्न रहेको घटनाहरु त सार्वजनिक रुपमा आएकै छ!
दृश्य वा “पिर” जनयुद्धमा आधारित भएको कारण उक्त दृश्यमा लडाकु पात्रलाइ नै प्रस्तुत गरिएको भएतापनी त्यसकिसिमको बाध्यात्मक जिवनयापन गर्न माओवादी योद्धा मात्रै नभएर आम महिला पनि उक्त पेशामा बाध्यात्मक संलग्न छन जुन देशको ठूलो समस्या हो भनेर बुझ्नु नै उपयुक्त हुन्छ,!
फेरि माओवादी महिला योद्धाहरु मध्य केही सङ्ख्यामा देह पेशामा जीवन गुजारिरहेका छैनन् भन्ने ग्यारेन्टी पनि त छैन, तर त्यसकिसिमको जिवनयापन गर्न बाध्य छन भन्ने ग्यारेन्टी चै अवस्य छ! प्रकाश सपूत ले रिसर्च नगरिकन यत्रो आंट गरे भन्ने मलाइ लाग्दैन! उक्त दृश्यले जनयुद्ध वा महिला योद्धाहरुको अपमान होइन बरु जनयुद्धका योद्धाहरुको जिवन/ दैनिकी यस्तो छ है भनेर देशलाइ देखाइएको ऐना हो जुन ऐनामा यथार्थ जीवन भोगाइका दैनिकिहरु छन् , जुन र जस्तो दैनिकीहरिको दृश्य नेतृत्वहरुको मोटा मोटा चस्मा भित्रबाट उनिहरुको आँखा को नानी सम्म पुग्न सफल भएको छ!
प्रकाश सपूत को “पिर” मार्फत देशको कुना-कुनासम्म र हरेकको आँखा र कान सम्म योद्धाहरुको बाध्यात्मक दैनिकी र चरम पिडायुक्त जीवन पुर्याएर राज्यलाइ स्मरण भनौं वा चेतावनी भनौं वा जानकारी भएको छ ! यश कार्यबाट योद्धाहरुको अपमान होइन बरु सम्मान भएको महसुस मिल्छ, किनकी जनयुद्धमा संलग्न योद्धाहरुको गरिमा बारे देशको एउटा हिस्सा बेखबर जस्तै र अर्को हिस्साले आतंककारी नाम दिएर अपमान गरिरहेको स्थितिमा “पिर” सार्वजनिक भएपछि बेखबर बस्ने हिस्सा र अपमान गर्ने हिस्साले दृश्यमा देखाइएको यथार्थ भाव र देखाइएको पीडा प्रती सकारात्मक दृस्ठिकोण र योद्धाहरुमा आशा पलाएको आभास मिलेको छ! “पिर”को यो सकारात्मक पक्ष हो!
जनयुद्धको अपमान भयो भन्दै गर्दा जनयुद्धले सम्मान पाएको यथार्थ चित्रण केछ? सजिलो जवाफ दिदा तपाइँ हाम्रो मुखमा गणतन्त्र , संघियता शब्द झुन्डिएकै छ!त्यही शब्द बाहेक अरु केछ? छैन! रास्ट्रपति पद बाहेक अरु सबै त्यही छ, उस्तै छ, जस्तो थ्यो झन बिग्रेको छ, बिग्रदै छ !
अन्तमा:
प्रकाश सपुतको “पिर”ले माओवादी बृत्तलाइ झस्काइदिएको छ, बिउँझाइदिएको छ, पिडित योद्धाको आवाज बोलेको छ , स्मरण गराएको छ, जानकारी दिएको छ, चेतावनी पनि दिएको छ, र माओवादी जनयुद्ध र योद्धाहरु सम्बन्धमा गैर माओवादी बृत्तमा पनि एउटा सकारात्मक बुझाइ स्थापना गराउने छ भन्ने पहल वा आशा दिएको छ! यस प्रती प्रकाश सपूत र “पिर” समुहलाइ धेरै धेरै धन्यवाद !