नमुछे आमा दहिम टिका जस्ताे कालजय गीतका गायक कृष्णभक्त राइकाे नयाँ गीत बेसाहारा जीवन युटुबमा सार्वजनिक भएकाे छ ।
रियल पिक्चर इन्टरटेन्मेन्ट नामक युटुब च्यानल मार्फत उक्त गीत सार्वजनिक भएकाे हाे ।
म्यजिक भिडियाे बालबालिकाकाे अपहरण कथालाइ आधार मानेर बनाइएकाे छ । भाेजेन्द्र अधिकारीकाे शब्द स‌गितमा सजिएकाे उक्त गीतकाे म्यजिक भिडियाे निर्देशन राम बास्ताेला ले गरेका हुन भने सहनिर्देशन सन्ताेष पाैडेलले गरेका हुन। अभिनयमा प्रज्वल भित्रीकाेटी, बज्रराज अधिकारी, अभिराज बिसी, पुष्पा लाेहनी, दिपेश लामिछाने,अग्नी सुनार, प्रसंसा भित्रकोटी, अर्जुन र गाेविन बिसीकाे रहेकाे छ ।
रियल पिक्चर इन्टरटेन्मेन्टले आफ्नाे च्यानल मार्फत सर्ट मुभि सिरिज – हल्का टुच्च लगाएत पाेखरामा रहेर विभिन्न म्युजिक भिडीयाे निर्माण, डकुमेन्ट्री लगायत सबै प्रकारका अडियाे भिडीयाे सेवा दिदै आएकाे छ ।
भिडीयाे हेर्नुस् ।