हेर्ने खबर/काठमाण्डौ युट्युब च्यानलमा महिलाको चरित्रहत्या गर्ने भिडियो तथा अन्तर्वार्ता प्रसारण गरेको आरोपमा प्रहरीद्वारा प’क्राउ परेका पत्रकार रोधन तामाङ, प्रदिप भण्डारी, शिशिर अधिकारी र पिंकला कार्कीलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान गरिरहेको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिएका छन् ।
प्रहरीले बुधबार उनीहरूलाई प’क्राउ गरेको थियो। उनीहरु बिरुद्ध चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्याई घृणा फैलाउने सामग्रीहरू प्रसारण गरी विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसुर गरेको आरोपमा प’क्राउ गरी मुद्दा दायर गरिएको ब्यूरोले जनाएको छ ।
यसैबीच पत्रकारलाई प्रहरीले प’क्राउ गरेको विषयमा नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ। बिहिबार एक विज्ञप्ति जारी गर्दै महासंघले ‘प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर उजुरी गर्ने तथा त्यसको निरुपण गर्ने अधिकार प्रेस काउन्सिल नेपालको हो ।’ महासंघले जारी गरेका विज्ञप्तिमा लेखिएको छ- ‘काउन्सिलको निर्णयमा चित्त नबुझे अदालत जाने बाटो सुनिश्चित छ । त्यसलाई बेवास्ता गर्दै प्रहरीले पत्रकारलाई प’क्राउ गरिनु आपत्तिजनक छ । ‘
महासंघका महासचिव रोशन पुरीद्वारा जारी गरिएको विज्ञप्तिमा ‘पत्रकारको संवैधानिक अधिकारको सम्मान गरी यस किसिमका घटना नदोहो¥याउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउदछ ।’ भनि लेखिएको छ । साथै पत्रकारलाई व्यक्तिको गोपनियतालगायतका विभिन्न हक प्रतिकूल नहुने गरी पत्रकार आचारसंहिताको पूर्ण पालना गरी आफ्ना सामग्री सार्वजनिक गर्न आहृवान समेत गरि विज्ञप्ति जारि गरेको छ ।
नेपाल पत्रकार महासंघले जारि गरेको विज्ञप्ति