हेर्ने खबर ४ भाद्र । नेपाली काँग्रेस क्रियासील सदस्य एवंम नेपाल निजामती कर्मचारी युनियन संघमा आवद्ध, सेवा निवृद्ध कर्मचारी समाजसेवी सुनिल स्मृति गाउँपालिकाका पहिलो निमित्त प्रमुख प्रसाशकिय अधिकृत लुङग्री गाउँपालिका वडा नं. ६ गुम्चाल निवासी केशर बहादुर विष्टको बिहिबार १३ औँ दिनको पुन्यतिथीमा श्रद्धान्जली सभा सम्पन भएको छ । नेपाली काँग्रेस लुङग्री गाउँपालिकाका वडा नं. ६ को आयोजनामा उक्त श्रद्धान्जली कार्यक्रम सम्पन्न भएको हो । महासमिती सदस्य एवं नेपाली काँग्रेस १३ औ जिल्ला अधिवेसनका सभापतिका प्रत्यासी मान बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । नेपाली काँग्रेस क्षेत्र १ का निवर्तमान क्षेत्रिय सभापति एवं लुङग्री गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर खड्काको विशिष्ट आतिथ्यता रहेको थियो ।


श्रद्धान्जली सभामा मृतक बुवा चोम बहादुर विष्ट, मृतकका धर्मपत्नी धर्मा विष्ट, मृतकका छोरा माधव विष्ट, नेपाली काँग्रेस लुङग्री गाउँपालिका निवर्तमान इकाई सभापति निल वहादुर विष्ट नेपाली काँग्रेसका नेता एवं वडा नं. ६ का वडा अध्यक्षका प्रत्यासी लोकेन्द्र बहादुर वुढाथोकी, नेपाल तरुण दल रोल्पाका सचिव लिलाधर आचार्य, नेपाल प्रेस युनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्द, नेपाल शिक्षक संघ लुग्री गाउँपालिकाका अध्यक्ष हुमलाल विष्ट, नेविसंघका केन्द्रिय पार्षद सदस्य चोम बहादुर वुढाथोकी, नेपाली काँग्रेस प्रजातान्त्रिक संघका जिल्ला संयोजक झपेन्द्र, विष्ट, नेबिसंघ रोल्पाका सदस्य नरेश विक, नेपाल दरुण दल लुङग्री गाउँपालिकाका सदस्य डोर बहादुर खड्का लगायतको श्रद्धान्जली सभामा आतिथ्यता रहेको थियो ।


श्रद्धान्जली सभाका प्रमुख अतिथी तथा विशिष्ट अतिथिले विष्टको असायमीक दुखन निधनले नेपाली काँग्रेसको पार्टीले तथा सिंगो गाउँलाई नै ठुलो क्षेती पुर्यायको बताउनु भएको छ । मृतक विष्टका सपनालाई पुरा गर्न पार्टी घर परिवार, आम गाउँवासी लागेर पुरा गर्न सकेमा मृतकको आत्माले शान्ती पाउने बताएका छन् । यस दुखको घडीमा सोकलाई शक्तीमा बदलेर अगाडी बढ्न समेत परिवारजनलाई साहनुभुति व्यक्त गरेका छन् । नेपाली काँग्रेस लुङग्री गाउँपालिका वडा नं. ६ का इकाइ सभापति बिग बहादुर विष्टको अध्यक्षतामा रहेको कार्यक्रमको संचालन इकाइ समिति सचिव उदय रोकाले गर्नु भएको थियो । मृतक विष्ट लामो समय सम्म नेपाल सरकारको निजामति सेवा क्षेत्रमा रहेर काम गर्नु भएको थियो । मृतक विष्टको श्रीमती चार बहिनी छोरीहरु र दुई भाइ छोराहरु रहेको पारिवारिक स्रोत जानकारी दिएको छ । चार बहिनी छोरीहरु सबै नेपाल सरकारको स्थिायी सेवामा सरकारीमा सेवा गरी रहेको समेत बताइएको छ ।
श्रोत:- मालाश्री अनलाइन