काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका जारी गरिएकाे निषेधाज्ञा केही खुकुलाे पार्ने तयारी भइरेकाे छ । काठमाडौं उपत्यकाका तीनै जिल्लामा जारी निषेधाज्ञा केही समय थप गरिने तर खुकुलो पार्दै जाने विषयमा छलफल गरिँदै छ ।
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरू आज (मंगलबार) छलफलमा बस्न लागेकाे जनाइएको छ । सीडीओहरुले बैठकबाट निषेधाज्ञा केही खुकुलो बनाउने तयारी गरेका छन् ।
पछिल्लो समय कोरोना संक्रमण दरमा केही कमी आएपछि जारी निषेधाज्ञालाई खुकुलो पार्न सकिनेबारे छलफल हुन लागेको हो । पछिल्लाे समय काेराेना संक्रमित घट्दै जान थालेपछि निषेधाज्ञा केही खुकुलाे पार्ने तयारी भएकाे हाे । तर पूर्ण रूपमा भने निषेधाज्ञा खाेलिने छैन, केही साताका लागि थप्दै जाने र विस्तारै खुकुलाे पार्दै जाने माेडालिटी तय हुने अड्कल गरिएकाे छ ।
यसअघि उपत्यकामा थपिएको निषेधाज्ञा बिहीबार (जेठ २०) गते सकिँदैछ । अहिले भने निषेधाज्ञा कडा पारिएकाे अवस्था छ, खाद्यान्न तथा किराना पसल समेत खाेल्न दिइएकाे छैन ।