हेर्ने खबर/काठमाण्डौ ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ गत श्रावन १ गतेदेखी यो महिनाभर विधिवत रुपमा सञ्चालन हुनेछ।
मानव सेवा फाउण्डेसनका संस्थापक तथा पशुपति श्री कोटिहोम महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ती जी महाराजको अध्यक्षतामा सुरु भएको उक्त कोटिहोम महायज्ञमा पशुपति मन्दिरमा भगवान शिवजीको प्रिय महिना श्रावनको दोस्रो सोमबार आज कोटिहोम महायज्ञमा नेपाल सरकारका उच्च पधादिकारी, विशिष्ट महानुभाव संगै नायक राजेश हमाल, निखिल उप्रेती, पल शाह, गायक रामकृष्ण ढकाल, नायिका केकी अधिकारी लगायतको सहभागि हुने भएको छ।
आज ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ गएर बिभिन्न ज्ञान साथमा ख्यातिप्राप्त कलाकारसँगको भेटघाट हुनुहुनेछ।
कोटिहोम महायज्ञबाट उठेको रकमले मानव सेवा फाउण्डेसनले के गर्छ?
पशुपतिमा सञ्चलान हुँदै आएको कोटिहोम महायज्ञबाट उठेको रकमले मामाघर अनाथालय आश्रम ललितपूर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम भवन निर्माण गर्ने मानव सेवा फाउण्डेसनको योजना छ।
मानवसेवा फाउण्डेशनले यसअघि पनि मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा सहयोग पुर्याइसकेको छ। मामाघर आश्रमले ७५ जना अनाथ बालबालिकालाई निःशुल्क रूपमा गास, बास, कपास, स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको छ। छोरीको घर ज्येष्ठ नागरिक आश्रमले करिब २० जना बेसहारा आमाबुबालाई आश्रय दिइरहेको छ। हाल दुवै आश्रम भाडाको घरमा सञ्चालन भइरहेका छन्।