हेर्ने खबर। पाल्पा जिल्लाका विभिन्न स्थानमा भारी बर्षातका कारण बाढी, पहिरोबाट सडक लगायत विभिन्न पुर्वाधारहरुमा भएको क्षतिबारे स्थलगत अवलोकन भएको छ। पाल्पा संघीय निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मा. ठाकुर गैरेको बिशेष पहलमा पाल्पा -१ का प्रतिनिधि सभा सदस्य मा. नारायण प्रसाद आचार्य, जिल्ला समन्वय समिती प्रमुख टंक खनाल, तिनाउ गाउँपालिका प्रमुख प्रेम श्रेष्ठ, सिडियो, प्रहरी प्रमुख, सडक डिभिजन प्रमुख, राजनैतिक दलका प्रतिनिधिहरु, समाजसेवीहरु लगायत सरोकारवाला निकायका पदाधिकारीहरु र स्थानीय जनताहरुको साथमा स्थलगत अबलोकन गरिएको हो।

अबलोकनको क्रममा सिद्धबाबा सुरुङ्ग मार्गको प्रगति, सिद्दार्थ राजमार्गको अवस्था, विकास निर्माणका कार्य, विद्यालयहरुको अवस्था, स्थानीय वासिन्दाहरुको घरहरू र अन्य भौतिक संरचनाहरुमा प्राकृतिक प्रकोपबाट भएको क्षतीबारे स्थलगत अवलोकन भएको छ।

प्राकृतिक प्रकोपबाट उत्पन्न भौतिक क्षतीसंगै उत्पन्न विविध संकटबारे आवश्यक निकायहरुसंग छलफलगरि राहतको ब्यबस्थापन संगै समस्याको समाधान गर्न विशेष पहल गर्ने जनाईएको छ।

आर्थिक बर्षको अन्तिममा गरिने विकास निर्माणका कार्य र त्यसको गुणस्तरीयता एवं प्रभावको निगरानी पनि भएको छ ।