काठमाडौं। ब्लड डोनर्स एशोशिएशन नेपाल ब्लोदानको आयोजनामा विश्व रक्तदान दिवस समारोह (२०८१) सम्पन्न गरेको छ।

ब्लड डोनर्स एशोशिएशन नेपाल (ब्लोदान) का अध्यक्ष सानु बाबु प्रजापतिले २०२३ सालमा रेड्क्रस सोसाईटिबाट ब्लड बैंकको स्थापना भएको बताउदैं संघ संस्थाहरुले रक्तदान कार्यक्रममा प्रतिनिधित्व गर्दै ब्लोदानले निरन्तर कार्य गर्दै आएको बताउनुभयो।विभिन्न संस्थाहरुसंग समन्वय गर्दै महाननगरको सहयोगले रक्तदानका कार्यक्रमहरु गर्दै आएको छ। दुई दशकदेखी ब्लोदानले निरन्तर रुपमा कार्यक्रम गर्दै विभिन्न विधामा संघसंस्थालाई पुरस्कार वितरण गर्दै आएको जानकारी गराउनुभयो।

कार्यक्रममा धेरै पटक रक्तदान गर्र्ने २७ जना रक्तदातालाई सिल्भर, गोल्डेन र डायमण्ड पीन वितरण गरिएको थियो । यस्तै नेपालमा रक्तदान गर्ने धेरै सघंसंस्थाहरु मध्ये १२ वटा संस्थाहरुलाई रनिङ सिल्ड अवार्ड र प्रमाण-पत्र हस्तान्तरण गरिएको थियो । रनिङ सिल्ड अवार्ड र प्रमाण-पत्र प्राप्त गर्नेहरुमा संकटा क्लब तेबाहाल, पशुपति मारवाडी सेवा सघं, गणेशमा सिङ अध्ययन प्रथिस्थान, लायन्स क्लब अफ काठमाडौं चाबहिल, नेपाल इलेक्ट्रीसिटि अथोरिटि, नेपाल एकेडमी फर टुरिजम एण्ड होटल म्यानेजमेन्ट, एन.आर.सि.एस चितवन जिल्ला, भद्रवती साकोस, ट्रिनिटि कलेज र परमेश्वरको मण्डली विश्व सुसमाचार समाजलाई हस्तान्तरण गरिएको थियो।

नेपाः वेक्वट खुसिबु काठमाडौंमा आयोजना भएको उक्त कार्यक्रममा प्रमुख अतिथी ब्लोदानका संरक्षक एवं वरिष्ठ संचारकर्मी भाष्कर राजकर्णिकारले प्रत्येक वर्ष यस दिन रक्तदान दिवसको रुपमा आयोजना हुने यस कार्यक्रमको मुख्य उदेश्य रक्तदान जीवन दान हो । रक्तदान भित्रि भावनाबाट गर्ने कार्य हो । रक्तदान गर्नु, संकलन गर्नु र लक्षित समुहसम्म पुर्याउने कार्य महत्वपुर्ण भएको बताउनुभयो । साथै रगत मानिसलाई नचाहिदा त्यसको महत्व हुदैन तर जब रगतको आवश्यकता पर्दछ तब मात्र त्यसको महत्व थाहा हुने बताउनुभयो । प्रविधिको समयमा अब अनलाइनबाट रगत प्राप्त गर्न सकिने भएकोले यो कार्यलाई अगि बढाउनु पर्ने बताउनुभयो । यस किसिमको कार्यक्रमले रगतको आवश्यकता पर्ने व्यक्तिहरूमाझ छिट्टै रगत पुर्याउन सक्ने वातावरणको सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।