हेर्ने खबर/मलेसिया नेपाल मगर संघ मलेसिया क्षेत्रीय समिती पेनाङले नेपालीहरुको पर्ब तथा मगर समुदायको मौलिक पर्व ‘माघ्या सकराटी’को बिशेष शुभ अबसर पारेर यहि जनवरी २९ तारिखका दिन मलेसियाको पेनाङ राज्य स्थित सनसाइन मार्केटको सभाहलमा ‘माघ्या सकराटी’ विशेष साङ्गेतिक कार्यक्रम-२०२५ आयोजना गर्ने भएको छ।

कार्यक्रममा नेपालबाट अतिथी कलाकारहरु पनि बोलाइएको छ। जसमा द भ्वाइस अफ नेपाल-सिजन ५ का लोकप्रिय गायिका कन्चन पुनमगर र सुल्पा ग्रुपमा संचालीका तथा चर्चिल लोकदोहोरी गायिका रुचा पुनमगरको मुख्य प्रस्तुती रहने छ भने स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने संघका अध्यक्ष श्री बिरश पुनमगरले बताउनु भएको छ।

उक्त कार्यक्रममा मगर पोसाक प्रदर्शन, मगर भाषा तथा सास्कृतिक नाचगान, मगर परिकार खानपान र लाइभ दोहोरी प्रस्तुति पनि रहने भएकोले मलेसियामा संचालित विभिन्न संघसंस्था,व्यापारी,बुद्धिजीवी,भातृ संगठन,श्रमिक साथै समष्ट नेपाली दाजुभाई दिदीबहिनीहरुलाई कार्यक्रम उपस्थितिको लागि आह्वान गरिएको छ।