काठमाडौं। पशुपति क्षेत्र, (वनकाली) हंसमण्डप, काठमाडौंमा मानव सेवा फाउण्डेसन, नेपाललगायतका संस्थाद्वारा आयोजना गरिएको कोटीहोम महात्म्य तथा महायज्ञ गत साउन १ गतेबाट सुरु भएको कोटीहोम नेपाल माहात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ जारी छ। महायज्ञ आगामी साउन ३२ गतेसम्म जारी रहने छ।

कोटिहोम महायज्ञमा साउन १९ (भोलि) शनिबार भारतबाट विश्व चर्चित अन्तर्राष्ट्रिय कथा वाचक अनिरुद्धाचार्य महाराजको आगमन हुने मानव सेवा फाउण्डेसनले जानकारी दिएको छ।