हेर्ने खबर/दाङ बैदेशिक रोजगारमा रहेका युवाहरुद्वारा आर्थिक अवस्था कमजोर भएकी लुङग्री गाउँपालिका-६ तल्लो गुम्चालकी झुकमता रोकालाई उपचारको लागि आर्थिक सहयोग गरेका छन।
रोल्पा जिल्ला लुङग्री गाउँपालिका-६ तल्लो गुम्चालकी झुकमता रोका बिगत लामो समयदेखि मुटु र फोक्सोको समस्याबाट पीडित थीइन, उक्त रोगको महँगो उपचार गर्न सक्ने अवस्था नभएकी रोकालाई बैदेशिक रोजगारमा रहेका युवाहरुले झुकमता रोका उपचारको लागि आर्थिक संकलन अभियान चलाएका थिए, प्रदेशमा रहदा पनि, आर्थिक अभियानको उध्घोष गरेर, अवस्था कमजोर भएकी झुकमताको सारथी बन्दै जीवन रक्षाको लागि अहोरात्र खटिनु आँफैमा अत्यन्तै उदाहरणिय कार्य हो, जस्ले एउटा सुन्दर समाजको जीवनको पारीकल्पना गर्दछ भन्ने गतिलो नजिर बसल्न सफल युवाद्वय मलेसियामा कार्यरत गणेश बिष्ट र क्रोएसियामा कार्यरत हिर बहादुर बिष्ट।मलेसियामा कार्यरत गणेश बिष्ट र क्रोएसियामा कार्यरत हिर बहादुर बिष्ट युवाद्वय सोही गाउँका स्थानिय हुन।
झुकमता उपचारका लागि बैदेशिक रोजगारबाटै अभियान चलाऊदा केही समय भित्रै दुई लाख पैचालिस हजार आठ सय तिन रुपैया जम्मा भएको र उक्त रकम दाङको घोराहिमा हस्तान्तरण गरिएको हो। सहयोग हस्तान्तरण गर्नकै लागि रोल्पादेखी नवराज रोका, गणेश बिष्ट, माधव बिष्ट र राजु बिष्ट दाङ आएका थिए भने हस्तान्तरण कार्यक्रममा नरेश रोका, सरद बिष्ट, चक्र बहादुर बिष्ट, बालु रोका, खिमा बुढाथोकी. यमुना बिष्ट, निशा बिष्ट, रिदम बिष्ट, निरीक्षा बुढाथोकी, प्रेमकला बिष्ट, सुनिता बिष्ट, यादव रोका, ज्ञानेन्द्र बुढाथोकी, रेशम बिष्ट, चन्द्र बिष्ट, केशम बिष्ट र सक्कुर बिष्टहरुको बाक्लो उपस्थिती थियो।
झुकमता रोका उपचारको लागि आर्थिक संकलन अभियानमा सहयोग गर्ने संस्थाहरु।
१. संवाद समूह (खोलापार)
२. योङ्ग स्टार समूह (खोलापार, बाहुनथान)
३. जनप्रिय युवा समूह (निम्डाडा)
४. नव जागरण युवा क्लब (बेरी)
झुकमता रोका उपचारको लागि आर्थिक संकलन अभियानमा सहयोग गर्ने दाताहरु।